Salmos 89

npioncb (NPIONCB)

1 म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु;

2 तपाईंको अचुक प्रेम सदाको निम्ति दृढ रहिरहनेछ;

3 तपाईंले भन्‍नुभयो, “मैले आफ्नो चुनेको मानिससित करार बाँधेको छु;

4 ‘म तेरो वंशलाई सदाको निम्ति स्थापित गर्नेछु,

5 हे याहवेह, स्वर्गले तपाईंको अद्‌भुत कार्यहरूको प्रशंसा गर्दछ,

6 किनकि सारा ब्रह्‍माण्डमा नै याहवेहको तुलना कोसँग गर्न सकिन्छ र?

7 पवित्र जनहरूको सभाघरमा परमेश्‍वर अधिक श्रद्धायोग्य हुनुहुन्छ;

8 हे सेनाहरूका याहवेह परमेश्‍वर, तपाईंजस्तो अरू को छ र?

9 उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ;

10 तपाईंले मारिएकाहरूलाई झैँ राहाबलाई नष्‍ट पार्नुभयो;

11 स्वर्गहरू तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो;

12 उत्तर र दक्षिण तपाईंले नै सृष्‍टि गर्नुभएको हो;

13 तपाईंको पाखुरा शक्तिशाली छ;

14 धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्;

15 हे याहवेह, ती मानिसहरू धन्य हुन्,

16 तिनीहरू दिनभरि तपाईंको नाममा रमाउँछन्;

17 किनकि तपाईं नै तिनीहरूका महिमा र बल हुनुहुन्छ,

18 वास्तवमा याहवेह नै हाम्रो ढाल हुनुहुन्छ;

19 तपाईंले एक पटक दर्शनमा बोल्नुभयो,

20 मैले मेरो सेवक दावीदलाई भेट्टाएको छु;

21 मेरो हातले त्यसलाई थाम्नेछ;

22 शत्रुले त्यसबाट तिरो असुल्ने छैन;

23 त्यसका वैरीलाई म त्यसकै सामु चूर्ण पार्नेछु,

24 मेरो विश्‍वासयोग्यता र अचुक प्रेम त्यससँग रहनेछ,

25 म त्यसको हातलाई समुद्रमाथि,

26 त्यसले मलाई यसो भनेर पुकार्नेछ, ‘तपाईं मेरा पिता,

27 म त्यसलाई मेरो पहिले जन्मेको, जेठो छोरा हुन नियुक्त गर्नेछु,

28 म त्यसको निम्ति मेरो अचुक प्रेम सदासर्वदा कायम राख्नेछु,

29 म त्यसको वंश सदाको निम्ति स्थापना गर्नेछु,

30 “त्यसका सन्तानले मेरो व्यवस्था त्यागे,

31 यदि तिनीहरूले मेरा उर्दीहरू भङ्ग गरे भने

32 म तिनीहरूका पापको दण्ड छडीले,

33 तर म मेरो अचुक प्रेम त्यसबाट हटाउनेछैनँ,

34 म मेरो करार भङ्ग गर्नेछैनँ,

35 मैले मेरो पवित्रताद्वारा एक पटक सधैँको निम्ति शपथ खाएको छु—

36 त्यसको वंश सदासर्वदाको निम्ति रहनेछ

37 आकाशमा रहेको विश्‍वासयोग्य साक्षी चन्द्रमाझैँ,

38 तर तपाईंले आफ्नो अभिषिक्त जनलाई त्याग्नुभएको छ, र तुच्छ ठान्‍नुभएको छ;

39 तपाईंले आफ्नो सेवकसितको करार रद्द गर्नुभएको छ;

40 तपाईंले तिनका सबै सुरक्षित पर्खालहरू भत्काइदिनुभएको छ;

41 त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्;

42 तिनका वैरीहरूका दाहिने हात तपाईंले उच्‍च पार्नुभएको छ;

43 तपाईंले तिनको तरवारको धारलाई काम नलाग्ने बनाउनुभएको छ,

44 तपाईंले तिनको वैभव समाप्‍त गरिदिनुभएको छ,

45 तिनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ;

46 हे याहवेह, कहिलेसम्म यस्तो गर्नुहुन्छ?

47 स्मरण गर्नुहोस्; मेरो आयु कति क्षणिक छ।

48 यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन,

49 हे प्रभु, तपाईंको अगिको अचुक प्रेम कहाँ छ?

50 हे प्रभु, स्मरण गर्नुहोस्; तपाईंको सेवकको कसरी उपहास भएको छ,

51 हे याहवेह, जसले मेरो उपहास गरेका छन्, ती तपाईंका शत्रुहरू हुन्,

52 सदासर्वदा याहवेहको प्रशंसा होस्!

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 89, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.