1 इयोबले आफ्नो बहस जारी राखेर भने:
2 “अहो, म मेरा बितेका महिनाहरूको कत्ति धेरै चाहना गर्दछु,
3 जब उहाँको बत्ती मेरो शिरमाथि चम्कन्थ्यो,
4 अहो, सुखका ती मेरा दिनहरू,
5 जब सर्वशक्तिमान् मसँगै हुनुहुन्थ्यो,
6 जब मेरा पाइलाहरू नौनीले भिजेका हुन्थे,
7 “जब म सहरको मूलढोकामा जान्थेँ,
8 जवान मानिसहरू मलाई देखेर बाटो छोड्थे,
9 सहरका प्रमुख मानिसहरू बोल्न छोड्थे,
10 शासकहरूका आवाज मन्द हुन्थ्यो,
11 मलाई सुन्नेहरूले मेरो विषयमा राम्रो कुरा गर्थे,
12 किनकि सहायताको लागि गरिबहरूले पुकार्दा म तिनीहरूलाई सहायता गर्न तत्पर रहन्थेँ,
13 मर्न आँटेको मानिसले मलाई आशिष् दिन्थ्यो;
14 मैले धार्मिकतालाई मेरो लुगाझैँ पहिरने गर्दथेँ;
15 म अन्धाका निम्ति आँखा,
16 खाँचोमा परेकाहरूका निम्ति म बुबा थिएँ;
17 मैले दुष्ट मनिसहरूका बङ्गारा तोडिदिएँ,
18 “मैले सोच्ने गर्थेँ, ‘म मेरो आफ्नै घरमा मर्नेछु,
19 मेरा जराहरू पानीसम्म पुग्नेछन्;
20 मेरो गौरव कहिल्यै घट्नेछैन;
21 “मानिसहरू आशावादी भएर मेरो कुरा सुन्थे,
22 मैले बोलिसकेपछि तिनीहरूले भन्ने कुरा रहँदैनथ्यो;
23 तिनीहरूले झरीलाई झैँ मलाई पर्खन्थे;
24 मैले तिनीहरूसँग मुस्कुराउँदा तिनीहरूलाई पत्यार लाग्दैनथ्यो;
25 तिनीहरूका निम्ति म मार्ग छनौट गरिदिन्थेँ, र तिनीहरूका प्रमुखझैँ भएर बस्थेँ;