Salmos 37

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 दुष्ट मानिसहरूप्रति उदास न होऊ।

2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन्

3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने,

4 आनन्दसित परमप्रभुको सेवा गर

5 परमप्रभुमाथि भरोसा गर।

6 तिमीहरूका असल कार्यहरू र निर्मलता,

7 परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं।

8 नरिसाऊ! बौलाहा न होऊ! त्यति उदास न होऊ जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्छौ।

9 किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्

10 चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्।

11 नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन्

12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्।

13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ।

14 दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्।

15 तर तिनीहरूको धनुहरू भाँचिने छन्

16 दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा,

17 किनभने दुष्ट मानिसहरू ध्वंश हुनेछन्,

18 परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ,

19 जब संकटहरू आउँछन्,

20 तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्,

21 दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्,

22 यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्।

23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ।

24 यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ,

25 म जावन थिएँ तर अब वृद्ध भएको छु,

26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन्

27 यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने

28 परमप्रभुले न्याय मन पराउनु हुन्छ,

29 धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्।

30 धर्मी मानिसले उत्तम सल्लाह दिंदछ।

31 उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ।

32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्।

33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन् परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न।

34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख।

35 मैले एक बलवान कपटी मान्छे देखें।

36 तर ऊ हिंडी सकेको थियो।

37 शुद्ध र ईमान्दार बन।

38 तर जुन मानिसले नियम मान्दैन पूर्ण रूपले ध्वंश हुनेछन्।

39 धर्मी मानिसहरूलाई परमप्रभुले बचाउनु हुन्छ।

40 परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउनु हुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 37, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.