Salmos 136

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हामी परमप्रभुको प्रशंसा गरौ! किनभने उहाँ भलो हुनुहुन्छ।

2 देवहरूका परमेश्वरलाई प्रशंसा गरौ!

3 परमप्रभुहरूका पनि महा-परमप्रभुलाई प्रशंसा गरौ!

4 परमेश्वरको प्रशंसा गरौं! जसले एक्लैले नै आश्चर्यकामहरू गर्नुभयो।

5 परमेश्वरको प्रशंसा गरौ! जसले आकाश बनाउन बुद्धि लगाउनु भयो।

6 परमेश्वरले सुक्खा जमीन समुद्रमा राख्नु भयो,

7 परमेश्वरले ठूला-ठूला ज्योतिहरू बनाउनु भयो,

8 दिनमा शासन गर्न परमेश्वरले घाम बनाउनु भयो।

9 परमेश्वरले रातमा शासन गर्नलाई जून र तारहरू बनाउनु भयो।

10 परमेश्वरले मिश्रमा सबै भन्दा पहिला जन्मेका पुरूषहरू र पशुहरू मार्नु भयो।

11 परमेश्वरले मिश्रबाट इस्राएल लाई लानु भयो,

12 परमेश्वरले आफ्नो महान् शक्ति र बल देखाउनु भयो।

13 परमेश्वरले लाल समुद्रलाई दुइ भागमा बाँड्नु भयो।

14 परमेश्वरले इस्राएल लाई समुद्र तार्नु भयो।

15 परमेश्वरले फिरऊन र उनका सैन्यहरू लाल समुद्रमा डुबाई दिनु भयो।

16 परमेश्वरले आफ्नो मानिसहरूलाई मरूभूमि भएर डोर्याउनु भयो।

17 परमेश्वरले शक्तिशाली राजाहरूलाई हराउनु भयो।

18 परमेश्वरले बलवान राजाहरूलाई पनि हराउनु भयो।

19 परमेश्वरले अमोरीहरूका राजा सीहोनलाई हराउनु भयो।

20 परमेश्वरले बाशानका राजा ओग्‌लाई हराउनु भयो।

21 परमेश्वरले तिनीहरूका जग्गा इस्राएल लाई दिनुभयो।

22 परमेश्वरले त्यो जग्गा उपहारको रूपमा इस्राएल लाई दिनुभयो।

23 परमेश्वरले हामी हारेको बेलामा संम्झनु भयो।

24 परमेश्वरले शत्रुहरूबाट हामीलाई बचाउनु भयो।

25 परमेश्वरले प्रत्येकलाई खाना दिनुभयो।

26 स्वर्गका परमेश्वरको प्रशंसा गरौ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 136, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.