Jó 27

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब अय्यूबले आफ्नो वृतान्त कहि रह्यो। अय्यूबले भन्यो:

2 “परमेश्वर जीवित हुनु भए झैं, कसले मबाट न्याय खोसेको छ!

3 तर जबसम्म जीवन म भित्र रहन्छ

4 तब मेरो ओठहरूले परमेश्वर विषयमा गल्ती कुराहरू भन्नेछैन,

5 म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी

6 मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु म ठीकसंग बाच्नँलाई कहिल्यै चुक्ने छैन।

7 मेरो शत्रुहरू दुष्ट मानिसहरू मानिउन।

8 जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन।

9 त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ।

10 त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो।

11 “म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु।

12 तिमीहरूले परमेश्वरको शक्ति आफ्नै आँखाले देख्यौ।

13 “परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो।

14 दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ।

15 उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन्

16 दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउँन सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ।

17 तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ

18 दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन।

19 दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ।

20 ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ।

21 पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ,

22 दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला

23 जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 27, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.