Jó 32

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 त्यसपछि अय्यूबका तीनैजना साथीहरूले अय्यूबलाई जवाफ दिन छाडे। तिनीहरूले जवाफ दिन छाडे किनभने अय्यूब निर्दोष थिएँ भनी विश्वास्त थियो।

2 तर त्यहाँ बारकेलका छोरो एलीहू भन्ने एक जवान केटो थियो। बारकेल बज नाउँका एउटा मानिसका वंशका थिए। एलीहू रामका परिवारका थियो। एलीहू अय्यूबसंग अत्यन्त क्रोधित भयो। किनभने अय्यूबले स्वयं परमेश्वर भन्दा अझ धार्मिक हुँ भन्दै थियो।

3 एलीहू अय्यूबका तीनजना साथीहरूसँग पनि क्रोधित थियो। किनभने अय्यूबका साथीहरूले अय्यूबका प्रश्नहरूको ठीक जवाफ दिन सकेनन्। तिनीहरूले अय्यूब गल्ती थियो भनेर प्रमाण गर्न सकेनन्।

4 अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुञ्जेल उसले पर्ख्यो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो।

5 अनि जब एलीहूले देखे कि अय्यूबका साथीहरूले उनलाई उत्तर दिनु असमर्थ थिए, त्यो रिसायो।

6 यसकारण उसले भन्न थाल्यो। उसले भन्योः

7 म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ।

8 तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ।

9 बृद्ध मानिसहरू मात्र ज्ञानी हुँदैनन्।

10 “यसकारण दया गरेर मेरो कुरामा ध्यान देऊ।

11 जब तिमीहरू बोल्यौ मैले खुब धीरजसाथ पर्खें।

12 तिमीहरूले भनेका कुराहरू मैले होशियारी साथ सुने।

13 तिमीहरू तीनजना मानिसहरूले भन्न सकेनौ कि तिमीहरूले ज्ञान प्राप्त गरेका छौ।

14 अय्यूबले मलाई आफ्नो तर्कहरू प्रस्तुत गरेन,

15 “अय्यूब, ती मानिसहरूले साहस हराए।

16 अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें,

17 यसैले अब तिमीलाई म जवाफ दिनेछु।

18 म कुरै कुराहरूले भरिएकोछु कि

19 म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन।

20 यसकारण म बोल्नै पर्छ तब मात्र म शान्तिको सास फेर्ने छु।

21 मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें।

22 म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 32, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.