1 तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,
2 “यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ।
3 अय्यूब के तिमी सम्झन्छौ
4 अय्यूब तिमीले परमेश्वरलाई भन्छौ,
5 अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ
6 परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो।
7 “अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं?
8 माथि स्वर्गमा के छ
9 परमेश्वर पृथ्वी भन्दा महान
10 “यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने,
11 साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ।
12 जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन्
13 तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख
14 तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ।
15 तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ।
16 तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ।
17 जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ,
18 तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ
19 तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन।
20 नराम्रा मानिसहरूले सहयोग खोज्लान,