Jó 18

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः

2 “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ?

3 किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ?

4 अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ।

5 “हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ।

6 उसको घरको प्रकाश अन्धयारो हुनेछ।

7 उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्।

8 उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ

9 पासोले उसको एढी पक्रने छ।

10 भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ।

11 आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ।

12 भोकले उसको शक्ति दुर्बल पार्छ।

13 डरलाग्दो रोगले उसको छाला खाई दिनेछ।

14 दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ।

15 उसले आफ्नो घरमा केही पनि छाडने छैन।

16 उसको मुनिका जराहरू सुकेर जानेछन्

17 पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्।

18 मानिसहरूले उसलाई

19 उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू

20 पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा,

21 त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.