Números 26

npioncb (NPIONCB)

1 विपत्तिपछि याहवेहले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो,

2 “सारा इस्राएली समुदायलाई तिनीहरूका परिवारअनुसार, बीस वर्ष र त्यसभन्दा बढी उमेरका इस्राएलका सेनामा सेवा गर्न सक्नेहरूको जनगणना गर्नू।”

3 यसकारण यरीहोदेखि पारिपट्टि यर्दन नदीको छेउमा भएको मोआबको मैदानमा मोशा र पुजारी एलाजारले तिनीहरूसँग कुरा गरेर यसो भने,

4 “याहवेहले मोशालाई आज्ञा दिनुभएझैँ बीस वर्ष र त्यसभन्दा बढी उमेरका मानिसहरूको जनगणना गर्नू।”

5 इस्राएलका जेठा छोरा रूबेनका सन्तानहरू यिनै हुन्:

6 हेस्रोनबाट हेस्रोनीहरूको वंश;

7 यिनीहरू नै रूबेनी वंशबाट थिए। गन्ती गरिएको संख्या 43,730 थियो।

8 पल्‍लूका छोरा एलिआब थिए।

9 अनि एलिआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन्, जो समुदायका अधिकारीहरू थिए; जसले कोरहको पछि लागेर याहवेहको विरुद्धमा खडा हुँदै, मोशा र हारूनको विरोध गरेका थिए।

10 तिनीहरूलाई कोरहसँगै धर्तीले आफ्नो मुख खोलेर निलेको थियो, कोरहको पछि लाग्ने 250 मानिसहरूलाई आगोले भस्म पारेको थियो। अनि त्यो घटना सारा इस्राएलमा चेतावनीको चिन्ह भयो।

11 तरै पनि कोरहको पूरै वंशचाहिँ लोप भएर गएन।

12 शिमियोनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

13 जेरहबाट जेरहीको वंश;

14 शिमियोनका घरानाहरू यिनै हुन्: तिनीहरूको संख्या 22,200 थियो।

15 गादका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

16 ओज्नीबाट ओज्नीहरूको वंश;

17 अरोदीबाट अरोदीहरूको वंश;

18 गादका वंशहरू यिनै हुन्; तिनीहरू संख्या 40,500 थियो।

19 एर र ओनान यहूदाका छोराहरू थिए, तर तिनीहरू कनानमै मरे।

20 यहूदाका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

21 पेरेसका सन्तानहरू यिनै हुन्:

22 यहूदाका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 76,500 थियो।

23 इस्साखारका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

24 याशूबबाट याशूबीहरूको वंश;

25 इस्साखारका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 64,300 थियो।

26 जबूलूनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

27 जबूलूनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 60,500 थियो।

28 योसेफका कुलबाट मनश्शे र एफ्राइम थिए। तिनीहरूका वंशअनुसार यिनै हुन्:

29 मनश्शेका सन्तानहरू:

30 गिलादका सन्तानहरू यिनै थिए:

31 अस्रीएलबाट अस्रीएलीहरूको वंश;

32 शमीदाबाट शमीदीहरूको वंश;

33 (हेपेरको छोरो सलोफादका कुनै छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। तिनीहरूका नाम महला, नोआ, होग्ला, मिल्का र तिर्सा थिए।)

34 मनश्शेका वंशका सन्तानहरू यिनै थिए; तिनीहरूको संख्या 52,700 थियो।

35 एफ्राइमका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

36 शूतेलहका सन्तानहरू यिनै थिए:

37 एफ्राइमका वंशहरू यिनै थिए; तिनीहरूको संख्या 32,500 थियो।

38 बेन्यामीनका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

39 शूपामबाट शू्पामीहरूको वंश;

40 आर्द र नामानबाट बेलाका सन्तानहरू यिनै थिए:

41 बेन्यामीनका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 45,600 थियो।

42 दानका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

43 तिनीहरू सबै शूहामी वंशहरू थिए; र तिनीहरूको संख्या 64,400 थियो।

44 आशेरका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

45 अनि बेरियाहका सन्तानहरूबाट:

46 आशेरकी सेरह नाम भएकी एउटी छोरी थिइन्।

47 आशेरका वंशहरू यिनै हुन्, तिनीहरूको संख्या 53,400 थियो।

48 नप्‍तालीका सन्तानहरू तिनीहरूका वंशअनुसार यिनै थिए:

49 येसेरबाट येसेरीहरूको वंश;

50 नप्‍तालीका वंशहरू यिनै हुन्; तिनीहरूको संख्या 45,400 थियो।

51 इस्राएलका सम्पूर्ण मानिसहरूको संख्या 6,01,730 थियो।

52 याहवेहले मोशालाई भन्‍नुभयो,

53 “देशचाहिँ पैतृक सम्पत्तिको रूपमा तिनीहरूको नामको संख्याको आधारमा तिनीहरूलाई बाँडिदिनू।

54 ठूलो दल हुनेलाई ठूलो भाग र सानो दल हुनेलाई सानै भाग दिनू। सूचीमा भएका संख्याअनुसार हरेकले आफ्नो पैतृक सम्पत्तिको भाग पाओस्।

55 जमिन निश्‍चित रूपमा चिट्ठा हालेर मात्र बाँड्नू। हरेक दलले पाउने भाग तिनीहरूको पैतृक कुलको नामअनुसार हुनेछ।

56 हरेक भाग ठूला र साना दलअनुसार चिट्ठा हालेर बाँडिदिनू।”

57 तिनीहरूका वंशअनुसार गनिएका लेवीहरू यिनै थिए:

58 यिनीहरू पनि लेवी वंशका नै थिए:

59 अम्रामकी पत्नीको नाम योकेबेद थियो, जोचाहिँ लेवीकी छोरी, इजिप्टमा लेवीका घरानामा जन्मेकी थिइन्। तिनले अम्रामबाट हारून, मोशा र तिनीहरूकी दिदी मिरियमलाई जन्माइन्।

60 हारूनचाहिँ नादाब, अबीहू, एलाजार र ईतामारका पिता थिए।

61 तर नादाब र अबीहूको मृत्यु भयो। किनकि तिनीहरूले याहवेहको सामु आज्ञा नगरिएको आगोमा भेटी चढाएका थिए।)

62 एक महिना र त्यसभन्दा बढी उमेरका लेवी पुरुषहरूको संख्या 23,000 थियो। तिनीहरू अरू इस्राएलीहरूसँग गनिएनन्। किनकि लेवीहरूले अरू इस्राएलीहरूसँग कुनै पैतृक सम्पत्ति पाएनन्।

63 मोशा र पुजारी एलाजारले, यरीहोको पारिपट्टि यर्दन नदीको छेउमा पर्ने मोआबको मैदानमा गन्ती गरेका इस्राएलीहरू यिनीहरू नै हुन्।

64 यहाँ गन्ती भएकाहरूमा मोशा र पुजारी हारूनले सीनैको उजाडस्थानमा गन्ती गरेका इस्राएलीहरूमध्येका एउटै पनि त्यहाँ थिएनन्।

65 किनकि याहवेहले ती इस्राएलीहरूलाई भन्‍नुभएको थियो: तिनीहरू निश्‍चय नै उजाडस्थानमा मर्नेछन्। अनि तिनीहरूमध्ये यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक एकै जना पनि जीवित रहेनन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.