Números 25

npioncb (NPIONCB)

1 जब इस्राएलीहरू शित्तीमको बेँसीमा बसे, तब मोआबी स्त्रीहरूसँग अनैतिक यौन सम्बन्ध राख्न थाले।

2 ती स्त्रीहरूले आफ्ना देवताहरूका निम्ति बलि चढाउनलाई तिनीहरूलाई निम्तो दिए। ती पुरुषहरूले ती देवताहरूलाई चढाइएको खानेकुरा खाए। अनि ती देवताहरूको सामु दण्डवत् गरे।

3 यसरी इस्राएलीहरूले आफैँलाई पोरको बाल-देवताको पूजामा सहभागी गराए। अनि याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो।

4 याहवेहले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूका सबै अगुवाहरूलाई लगेर मार्नू, र दिउँसोको घाममा याहवेहको सामु झुण्ड्याउनू; ताकि याहवेहको भयानक क्रोध इस्राएलीहरूबाट हटेर जाओस्।”

5 अनि मोशाले इस्राएलका न्यायकर्ताहरूलाई भने, “तिमीहरू हरेकले तिमीहरूका मानिसहरू, जसले आफूलाई पोरको बाल-देवताको पूजामा सहभागी गराएका छन्, तिनीहरूलाई मार्नू।”

6 तब इस्राएलीहरू भेट हुने पालको प्रवेशद्वारमा रोइरहेका अवस्थामा एक जना इस्राएली पुरुषले मोशा र सारा इस्राएली समुदायको आँखाकै सामु एउटी मिद्यानी स्त्रीलाई आफ्नो पालमा ल्याए।

7 जब एलाजारका छोरा, पुजारी हारूनका नाति पीनहासले त्यो देखे, तब तिनी समुदायको माझबाट उठे, र आफ्नो हातमा भाला लिए।

8 अनि त्यसपछि तिनी इस्राएली पुरुषलाई पछ्याउँदै पालभित्र पसे। तिनले ती दुवै इस्राएली पुरुष र त्यस स्त्रीको भुँडीमा वारपार हुने गरी भाला रोपिदिए। तब इस्राएलीहरूको विरुद्धमा आएको विपत्ति थामियो।

9 तर त्यस विपत्तिबाट मर्नेहरूको संख्या 24,000 थियो।

10 याहवेहले मोशालाई भन्‍नुभयो,

11 “पुजारी हारूनको नाति, एलाजारका छोरा पीनहासले इस्राएलीहरूबाट मेरो क्रोध हटाइदियो। किनकि तिनीहरूबीच मेरो आदरका निम्ति त्यो मजस्तै जोशिलो भयो। यसैकारण मैले आफ्नो रिसमा तिनीहरूलाई सर्वनाश गरिनँ।

12 यसकारण त्यसलाई भन्, म मेरो शान्तिको करार त्यससँग बाँध्दछु।

13 त्यो र त्यसका सन्तानहरू अनन्तसम्म पुजारीगिरीको करारमा हुनेछन्। किनकि त्यो आफ्नो परमेश्‍वरको आदरका निम्ति जोशिलो भयो र त्यसले इस्राएलीहरूका लागि प्रायश्‍चित गर्‍यो।”

14 मिद्यानी स्त्रीसँग मारिने इस्राएली पुरुषको नाम जिम्री थियो, जसको पिताका नाम सालू थियो। त्यो शिमियोनीहरूका घरानाका अगुवा थियो।

15 अनि त्यो मारिने मिद्यानी स्त्रीको नाम कोज्बी थियो, जो सूरकी छोरी थिई। सूरचाहिँ मिद्यानी घरानाका मुखिया थिए।

16 याहवेहले मोशालाई भन्‍नुभयो,

17 “मिद्यानीहरूलाई शत्रुलाई झैँ आक्रमण गर्, र तिनीहरूलाई मार्।

18 किनभने तिनीहरूले तिमीहरूलाई शत्रुझैँ ठानी छल गरेर पोरमा मिद्यानी अगुवाकी छोरी कोज्बीलाई चलाएर तिमीहरूलाई फसाए। अनि जसको परिणाम स्वरूप विपत्ति आइपर्दा त्यो स्त्रीको मृत्यु भयो।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.