1 Samuel 25

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 शमूएलको मृत्यु भयो, र सारा इस्राएल भेला भएर तिनका निम्ति शोक गरे। तिनीहरूले तिनलाई तिनकै घर रामामा गाडे। तब दावीद पारानको मरुभूमिमा झरे।
1 Samuel morreu. Todo o Israel se juntou para chorá-lo. Sepultaram-no na sua propriedade em Ramá. E Davi retirou-se para o deserto de Farã.
2 माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए।
2 Havia um homem em Maon cujas propriedades estavam em Carmelo. Era um homem muito rico: possuía três mil ovelhas e mil cabras. Ele encontrava-se então em Carmelo para a tosquia de suas ovelhas.
3 तिनको नाम नाबाल थियो, र तिनकी पत्नीको नाम अबीगेल थियो। तिनी बुद्धिमती र अति सुन्दरी स्त्री थिइन्; तर तिनको पति एक रुखो र नीच स्वभाव भएका मानिस थिए। तिनी कालेबका वंशका थिए।
3 Chamava-se Nabal, e sua esposa Abigail, mulher de grande inteligência e formosura. Ele, porém, era grosseiro e mau; descendia de Caleb.
4 दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्‍ने कुरा सुने।
4 Davi, no deserto, sabendo que Nabal tosquiava o seu rebanho,
5 यसकारण दावीदले दश जना जवान मानिसहरूलाई पठाएर भने, “कर्मेलमा नाबालकहाँ जाओ, र तिनलाई मेरो नाममा अभिवादन गर।
5 mandou-lhe dez homens com esta ordem: Subi a Carmelo e dirigi-vos a Nabal,
6 तिनलाई भन; ‘तपाईं दीर्घायु हुनुहोस्! तपाईं र तपाईंको घरानामा सु-स्वास्थ्य रहोस्! तपाईंका परिवार र अरू सबैमा शान्ति रहोस्!
6 saudando-o em meu nome e dizendo-lhe: Pela vida! A paz seja contigo! Paz à tua casa e paz a todos os teus bens!
7 “ ‘यो समय भेडाको ऊन कत्रने समय हो भनी मैले सुनेको छु। जब तपाईंका गोठालाहरू हामीसँग थिए, तब हामीले तिनीहरूसँग कहिल्यै नराम्रो व्यवहार गरेनौँ। अनि तिनीहरू कर्मेलमा रहुन्जेल तिनीहरूका कुनै पनि थोक हराएन।
7 Soube que há tosquia em tua casa. Ora, os teus pastores estiveram perto de nós e nunca lhes fizemos mal algum. Nada lhes faltou durante todo o tempo que ficaram em Carmelo.
8 तपाईंका आफ्नै सेवकहरूलाई सोध्नुहोस्, र तिनीहरूले पनि तपाईंलाई भन्‍नेछन्। यसकारण मेरा यी जवान मानिसहरूप्रति कृपालु भइदिनुहोस्। किनकि हामी उत्सवको समयमा आएका छौँ। दया गरेर तपाईंका सेवकहरू र तपाईंको छोरा दावीदका निम्ति जे सक्नुहुन्छ, त्यो दिनुहोस्।’ ”
8 Pergunta-o aos teus servos e eles to dirão. Que os meus encontrem agora graça aos teus olhos, porque chegamos em um dia de festa. Rogo-te que dês aos teus servos e ao teu filho Davi o que tiveres à mão.
9 दावीदका मानिसहरू नाबालकहाँ आइपुगे। तिनीहरूले नाबाललाई दावीदको नाममा यो समाचार दिए। त्यसपछि तिनीहरू जवाफको लागि पर्खिए।
9 Os homens de Davi foram e repetiram a Nabal todas estas palavras em nome de Davi, e ficaram esperando.
10 नाबालले दावीदका सेवकहरूलाई जवाफ दिए, “दावीद को हो, र यो यिशैको छोरा को हो? हिजोआज धेरै सेवकहरूले आफ्ना मालिकहरूलाई छोडेर भाग्छन्।
10 Nabal, porém, respondeu-lhes: Quem é Davi? E quem é o filho de Isaí? Há hoje muitos escravos que fogem da casa de seus senhores!
11 मैले आफ्नो खानेकुरा, पानी र मेरा ऊन कत्रनेहरूका लागि जुटाएको मासु अनजान मानिसहरूलाई किन दिनु?”
11 Irei eu tomar meu pão, minha água e a carne que preparei para os meus tosquiadores, e dá-los a homens que vêm não se sabe de onde?
12 तब दावीदका मानिसहरू फर्केर आफ्नो बाटो लागे। अनि तिनीहरू पुगेर यी सबै कुरा दावीदलाई बताइदिए।
12 Os servos de Davi retomaram o caminho e voltaram. Ao chegarem, contaram tudo ao seu senhor.
13 दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे।
13 Então disse Davi aos seus homens: Cinja cada um a sua espada! Todos o fizeram, inclusive Davi. Cerca de quatrocentos homens seguiram Davi, ficando duzentos com as bagagens.
14 सेवकहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दावीदले हाम्रा मालिकलाई अभिवादन गर्नू भनी उजाडस्थानबाट आफ्ना दूतहरू पठाएका थिए; तर उहाँले तिनीहरूको घोर अपमान गरेर पठाइदिनुभयो।
14 Mas Abigail, mulher de Nabal, fora informada por um dos servos de seu marido: Davi mandou, do deserto, mensageiros para saudar o nosso amo, mas ele os recebeu mal.
15 तर ती मानिसहरूले भने हामीप्रति असल व्यवहार गरेका थिए। तिनीहरूले हामीसँग कहिल्यै नराम्रो व्यवहार गरेनन्। अनि हामी तिनीहरूको नजिक मैदानमा हुँदा हाम्रो केही पनि हराएन।
15 No entanto, esses homens nos trataram sempre muito bem, e jamais nos fizeram mal algum, nem nos causaram prejuízo durante todo o tempo que estivemos com eles no campo.
16 हामीले तिनीहरूको नजिक आफ्ना भेडाहरू चराउँदाको अवधिभरि तिनीहरू दिनरात हाम्रा चारैतिर पर्खालजस्तै थिए।
16 Pelo contrário, serviram-nos de defesa, dia e noite, durante todo o tempo em que estivemos com eles apascentando os rebanhos.
17 यसकारण अब यस बारेमा तपाईंले के गर्नुपर्ने हो, सो विचार गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँका सारा घरानामाथि विपत्ति आइरहेको छ। उहाँ यत्ति दुष्‍ट मानिस हुनुहुन्छ, कसैले उहाँसँग कुरै गर्न सक्दैन।”
17 Vê, pois, o que tens a fazer, porque nosso amo e toda a sua casa está ameaçada de ruína, e ele é um malvado com quem não se pode falar.
18 तब अबीगेल हतारसाथ तुरुन्तै तयार भइन्। तिनले दुई सय वटा रोटी, दुई मसक दाखमद्य, काटकुट पारी तयार पारिएका पाँच वटा भेडा, पाँच सिया चिउरा, एक सय झुप्पा किसमिस, र दुई सय सुकेका नेभाराका डल्‍लाहरू गधाहरूमा लदाइन् र लिएर गइन्।
18 Apressou-se então Abigail, e tomou duzentos pães, dois odres de vinho, cinco cordeiros preparados, cinco medidas de grão torrado, cem tortas de uvas secas, duzentas de figos secos, colocando tudo em cima de jumentos.
19 तब तिनले आफ्ना सेवकहरूलाई भनिन्, “तिमीहरू अगि-अगि जाओ; अनि मचाहिँ म तिमीहरूको पछि-पछि आउनेछु।” तर यस बारेमा तिनले आफ्ना पति नाबाललाई केही भनिनन्।
19 E disse aos seus servos: Ide adiante de mim; eu vos seguirei. Mas não disse nada a Nabal, seu marido.
20 तिनी जब आफ्नो गधामाथि चढेर एउटा पर्वतको खोँचमा आइन्, र त्यस बेला त्यहाँ दावीद र तिनका मानिसहरू तिनी भएतिर झर्दैथिए; तब तिनले उनीहरूलाई भेटिन्।
20 Quando descia por um caminho secreto da montanha, montada num jumento, encontrou Davi com os seus homens que vinham em sentido inverso.
21 दावीदले मनमनै यसो भन्दै मात्र थिए, “मैले त्यस मानिसको सम्पत्ति उजाडस्थानमा हेरचाह गरिदिएँ। त्यसैले त्यसको केही थोक पनि हराएन। तर हामीले यस मानिसका निम्ति गरेको भलाइ व्यर्थै भयो। त्यसले मलाई भलाइको साटो खराबी गरेको छ।
21 Ora, Davi dissera: Em vão, pois, guardei tudo o que esse homem possuía no deserto, sem que lhe fosse tirada coisa alguma! E ele paga-me o bem com o mal.
22 यदि मैले बिहानसम्म त्यससँग भएको एउटै पुरुषलाई जिउँदो राखेछु भने परमेश्‍वरले दावीदलाई कठोरतापूर्वक व्यवहार गरून्!”
22 Deus trate com todo o seu rigor os inimigos de Davi! E que ele não me poupe, se de hoje até amanhã eu deixar vivo um só homem de tudo o que pertence a Nabal!
23 जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्।
23 Quando Abigail avistou Davi, desceu prontamente do jumento e prostrou-se com o rosto por terra diante dele.
24 तिनले दावीदको पाउमा दण्डवत् गरेर भनिन्, “हे मेरा प्रभु, दया गरी तपाईंकी सेविकालाई बोल्न दिनुहोस्। तपाईंकी सेविकाले भनेको कुरा सुन्‍नुहोस् र दोष मैमाथि नै परोस्।”
24 Assim prostrada aos seus pés, disse-lhe: Sobre mim, meu senhor, caia a culpa! Deixa falar a tua serva e ouve suas palavras.
25 मेरो मालिकले त्यस दुष्‍ट मानिस नाबाललाई ध्यानै नदिनुहोस्। त्यो त त्यसको नामजस्तै छ। त्यसको नामको अर्थ नै मूर्ख हो; अनि त्यससँग मूर्खता छ। तर म तपाईंकी सेविकाले मेरा मालिकले पठाउनुभएका मानिसहरूलाई देखिनँ।
25 Que o meu senhor não faça caso desse malvado Nabal, pois ele é bem o que o seu nome indica: Nabal, louco; e ele o é. Mas eu, tua escrava, não vi os homens que o meu senhor mandou.
26 यसैले अब, याहवेह तपाईंका जीवित परमेश्‍वरलाई र तपाईंको जीवनलाई साक्षी राखेर भन्दछु, मेरा मालिक हजुरलाई याहवेहले रक्तपात गर्न र आफ्नै हातले बदला लिनदेखि रोक्नुभएको छ। यसकारण हजुरका शत्रुहरू र मेरा मालिकको नोक्सानी गर्न चाहनेहरू सबैको दशा नाबालको जस्तै होस्।
26 Agora, por Deus e por tua vida: foi o Senhor quem te impediu de derramar sangue e de te vingar por tua mão. Sejam como Nabal os teus inimigos e os que procuram fazer mal ao meu senhor.
27 मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्।
27 Aceita, pois, este presente que tua serva trouxe ao meu senhor, e reparte-o entre os homens que te seguem.
28 कृपया हजुरकी सेविकाको अपराध क्षमा गर्नुहोस्। किनकि याहवेहले निश्‍चय नै मेरा मालिकका निम्ति वंश सदाको लागि दृढ गराउनुहुनेछ। किनभने हजुरले याहवेहको लडाइँ लड्दै हुनुहुन्छ। हजुर जीवित रहुन्जेल हजुरको कुनै खराबी नहोस्।
28 Rogo-te que perdoes a culpa de tua serva. Certamente o Senhor dará à casa de meu senhor uma existência durável, porque o meu senhor combate nas guerras de Deus, e nenhum mal te atingirá em todos os dias de tua vida.
29 यद्यपि कसैले हजुरको प्राण लिन खेदिरहेका छन्; तापनि मेरा मालिकको प्राण याहवेह हजुरका परमेश्‍वरद्वारा आफ्ना जीवितहरूको भण्डारमा सुरक्षित राख्नुहुनेछ। तर हजुरका शत्रुहरूका प्राणहरूचाहिँ घुँयेत्रोले हानेको ढुङ्गालाई झैँ उहाँले फ्याँकिदिनुहुनेछ।
29 Se alguém te perseguir ou conspirar contra a tua vida, a alma de meu senhor será guardada no escrínio dos vivos junto do Senhor, teu Deus, enquanto a vida de teus inimigos será lançada pelo Senhor ao longe, como a pedra de uma funda.
30 याहवेहले मेरो मालिकका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका हरेक असल कुरा पूरा गरेर उहाँले हजुरलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएपछि,
30 Quando o Senhor tiver feito ao meu senhor todo o bem que lhe prometeu, e te tiver estabelecido chefe sobre Israel,
31 मेरा मालिकको विवेकमा रक्तपात र आफैँले बदला लिएको दोष नरहोस्। जब याहवेह हजुरको परमेश्‍वरले मेरा मालिकलाई सफलता दिनुहुनेछ, तब हजुरकी सेविकालाई सम्झनुहोला।
31 não terás no coração este pesar, nem este remorso de ter derramado sangue sem motivo e de se ter vingado por si mesmo! Quando o Senhor te tiver feito bem, ó meu Senhor, lembra-te de tua serva.
32 तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्‍वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो।
32 Davi respondeu a Abigail: Bendito seja o Senhor, Deus de Israel, que te mandou hoje ao meu encontro!
33 तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ।
33 Bendita seja a tua prudência! E bendita sejas tu mesma, que me impediste hoje de derramar sangue e vingar-me pela minha mão!
34 साँच्‍चै इस्राएलका परमेश्‍वर जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जसले मलाई तिमीहरूको नोक्सानी गर्नदेखि जोगाउनुभयो, यदि तिमी मलाई भेट्न चाँडो गरी नआएकी भए भोलि बिहानसम्म नाबालका परिवारको एउटै पुरुष पनि जीवित रहनेथिएन।”
34 Mas, pelo Senhor, Deus de Israel, que me impediu de te fazer mal, se não tivesses vindo tão depressa ao meu encontro, nada teria ficado de Nabal até amanhã cedo, nem mesmo o último homem!
35 त्यसपछि दावीदले तिनको हातबाट आफ्ना निम्ति तिनले ल्याएका चीजहरू ग्रहण गरे; र तिनलाई भने, “शान्तिसित आफ्नो घर जाऊ! मैले तिम्रो कुरा सुनेको छु, र तिम्रो बिन्तीअनुसार गर्नेछु।”
35 Davi aceitou o que lhe trazia Abigail e ajuntou: Volta em paz para a tua casa. Vê que te ouvi e te fiz boa acolhida.
36 जब अबीगेल नाबालकहाँ गइन्, तब तिनले कुनै राजाझैँ भएर भोज मनाइरहेका थिए। तिनी एकदमै रमाएर मात्तिएको र लट्ठ भएको अवस्थामा थिए। यसकारण तिनले बिहान नभएसम्म त्यसलाई केही पनि भनिनन्।
36 Quando Abigail chegou à casa de Nabal, havia em sua casa um grande banquete, um verdadeiro festim de rei. Nabal tinha o coração alegre e estava completamente ébrio. Por isso nada lhe disse, nem pouco nem muito, até ao amanhecer.
37 त्यसपछि भोलिपल्ट बिहान नाबाल सामान्य अवस्थामा हुँदा तिनकी पत्नीले यी कुराहरू तिनलाई भनिदिइन्। तब तिनको हृदयको धड्कन रोकियो; र तिनी पत्थरजस्तै भए।
37 Mas pela manhã, tendo Nabal curtido o seu vinho, sua mulher contou-lhe tudo. Seu coração gelou-se no peito e ele tornou-se como uma pedra.
38 लगभग दश दिनपछि याहवेहले नाबाललाई प्रहार गर्नुभयो, र तिनी मरे।
38 Dez dias depois Nabal, ferido pelo Senhor, morreu.
39 जब नाबालको मृत्युको बारेमा दावीदले सुने, तब तिनले भने, “याहवेहको प्रशंसा होस्, जसले मप्रति अपमानजनक व्यवहार गर्ने नाबालको विरुद्धमा मेरो पक्षमा न्याय गर्नुभयो। याहवेहले आफ्नो सेवकलाई भूल गर्नदेखि रोक्नुभयो र नाबालको कुकर्मको सजाय त्यसकै टाउकोमाथि राखिदिनुभयो।”
39 Tendo Davi notícia da morte de Nabal, exclamou: Bendito seja o Senhor que me fez justiça do ultraje recebido de sua mão, e impediu-me de fazer-lhe mal! O Senhor fez cair sobre sua cabeça a sua própria maldade! Depois disso Davi mandou propor a Abigail tornar-se sua mulher.
40 तिनका नोकरहरू कर्मेलमा गए, र अबीगेललाई भने, “हामीलाई दावीदले तपाईंलाई उहाँकी पत्नी हुनलाई लिन पठाउनुभएको छ।”
40 Seus servos, chegando a Carmelo, disseram-lhe: Davi mandou-nos a ti, porque deseja tomar-te por mulher.
41 तिनले आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर निहुरिएर भनिन्, “तपाईंकी सेविका यहाँ छु। म उहाँको सेवा गर्न र मेरा मालिकको पाउ धुन तयार छु।”
41 Levantou-se então Abigail e prostrou-se com o rosto por terra, dizendo: Eis a tua serva, que será uma escrava para lavar os pés dos servos de meu Senhor.
42 तब अबीगेल झट्टै एउटा गधामा चढिन्, र तिनका पाँच जना सेविकाहरूलाई साथमा लिएर दावीदका दूतहरूका साथमा गइन्, र दावीदको पत्नी भइन्।
42 Levantou-se depressa, montou num jumento e, seguida de cinco moças, partiu com os enviados de Davi para tornar-se sua mulher.
43 दावीदले यिजरेलको अहीनोमलाई पनि विवाह गरेका थिए। ती दुवै जना तिनका पत्नी भए।
43 Davi desposara também Aquinoã, de Jezrael, e ambas foram suas mulheres.
44 तर शाऊलले आफ्नी छोरी, दावीदकी पत्नी मीकललाई गल्‍लीममा बस्‍ने लेशका छोरा पल्तिएललाई दिएका थिए।
44 Quanto à sua mulher Micol, filha de Saul, este a tinha dado por esposa a Falti, de Galim, filho de Lais.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.