1 Samuel 25
npioncb (NPIONCB) vs NVI
1 शमूएलको मृत्यु भयो, र सारा इस्राएल भेला भएर तिनका निम्ति शोक गरे। तिनीहरूले तिनलाई तिनकै घर रामामा गाडे। तब दावीद पारानको मरुभूमिमा झरे।
1 Samuel morreu, e todo o Israel se reuniu e o pranteou; e o sepultaram onde vivia, em Ramá. Depois Davi foi para o deserto de Maom.
2 माओनका एक जना मानिस थिए, जसको कर्मेलमा धेरै धनसम्पत्ति थियो, तिनी निकै धनाढ्य व्यक्ति थिए। तिनका एक हजार बाख्रा र तीन हजार भेडा थिए। तिनले कर्मेलमा भेडाहरूका ऊन कत्रिरहेका थिए।
2 Certo homem de Maom, que tinha seus bens na cidade de Carmelo, era muito rico. Possuía mil cabras e três mil ovelhas, as quais estavam sendo tosquiadas em Carmelo.
3 तिनको नाम नाबाल थियो, र तिनकी पत्नीको नाम अबीगेल थियो। तिनी बुद्धिमती र अति सुन्दरी स्त्री थिइन्; तर तिनको पति एक रुखो र नीच स्वभाव भएका मानिस थिए। तिनी कालेबका वंशका थिए।
3 Seu nome era Nabal e o nome de sua mulher era Abigail, mulher inteligente e bonita; mas seu marido, descendente de Calebe, era rude e mau.
4 दावीद उजाडस्थानमा हुँदा तिनले नाबालले भेडाहरूको ऊन कत्रँदैछ भन्ने कुरा सुने।
4 No deserto, Davi ficou sabendo que Nabal estava tosquiando as ovelhas.
5 यसकारण दावीदले दश जना जवान मानिसहरूलाई पठाएर भने, “कर्मेलमा नाबालकहाँ जाओ, र तिनलाई मेरो नाममा अभिवादन गर।
5 Por isso, enviou dez rapazes e lhes disse: "Levem minha mensagem a Nabal, em Carmelo, e o cumprimentem em meu nome.
6 तिनलाई भन; ‘तपाईं दीर्घायु हुनुहोस्! तपाईं र तपाईंको घरानामा सु-स्वास्थ्य रहोस्! तपाईंका परिवार र अरू सबैमा शान्ति रहोस्!
6 Digam-lhe: ‘Longa vida para o senhor! Muita paz para o senhor e sua família! E muita prosperidade para tudo que é teu! ’
7 “ ‘यो समय भेडाको ऊन कत्रने समय हो भनी मैले सुनेको छु। जब तपाईंका गोठालाहरू हामीसँग थिए, तब हामीले तिनीहरूसँग कहिल्यै नराम्रो व्यवहार गरेनौँ। अनि तिनीहरू कर्मेलमा रहुन्जेल तिनीहरूका कुनै पनि थोक हराएन।
7 ‘Sei que estás tosquiando tuas ovelhas. Quando os teus pastores estavam conosco, nós não os maltratamos, e durante todo o tempo em que estiveram em Carmelo não se perdeu nada que fosse deles.
8 तपाईंका आफ्नै सेवकहरूलाई सोध्नुहोस्, र तिनीहरूले पनि तपाईंलाई भन्नेछन्। यसकारण मेरा यी जवान मानिसहरूप्रति कृपालु भइदिनुहोस्। किनकि हामी उत्सवको समयमा आएका छौँ। दया गरेर तपाईंका सेवकहरू र तपाईंको छोरा दावीदका निम्ति जे सक्नुहुन्छ, त्यो दिनुहोस्।’ ”
8 Pergunte a eles, e eles lhe dirão. Por isso, seja favorável, pois estamos vindo em época de festa. Por favor, dá a nós teus servos e a teu filho Davi o que puderes’ ".
9 दावीदका मानिसहरू नाबालकहाँ आइपुगे। तिनीहरूले नाबाललाई दावीदको नाममा यो समाचार दिए। त्यसपछि तिनीहरू जवाफको लागि पर्खिए।
9 Os rapazes foram e deram a Nabal essa mensagem, em nome de Davi. E ficaram esperando.
10 नाबालले दावीदका सेवकहरूलाई जवाफ दिए, “दावीद को हो, र यो यिशैको छोरा को हो? हिजोआज धेरै सेवकहरूले आफ्ना मालिकहरूलाई छोडेर भाग्छन्।
10 Nabal respondeu então aos servos de Davi: "Quem é Davi? Quem é esse filho de Jessé? Hoje em dia, muitos servos estão fugindo de seus senhores.
11 मैले आफ्नो खानेकुरा, पानी र मेरा ऊन कत्रनेहरूका लागि जुटाएको मासु अनजान मानिसहरूलाई किन दिनु?”
11 Por que deveria eu pegar meu pão e minha água, e a carne do gado que abati para meus tosquiadores, e dá-los a homens que vêm não se sabe de onde? "
12 तब दावीदका मानिसहरू फर्केर आफ्नो बाटो लागे। अनि तिनीहरू पुगेर यी सबै कुरा दावीदलाई बताइदिए।
12 Então, os mensageiros de Davi voltaram, e ao chegarem, relataram a ele cada uma dessas palavras.
13 दावीदले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू सबैले आ-आफ्नो तरवार भिर!” यसकारण तिनीहरूले आ-आफ्नो तरवार भिरे; अनि दावीदले पनि आफ्नो तरवार भिरे। दावीदसँग लगभग चार सय मानिसहरू गए। दुई सय जनाचाहिँ सामानहरूको रेखदेख गर्न बसे।
13 Davi ordenou a seus homens: "Ponham suas espadas na cintura! " Assim eles fizeram e também Davi. Cerca de quatrocentos homens acompanharam Davi, enquanto duzentos permaneceram com a bagagem.
14 सेवकहरूमध्ये एक जनाले नाबालकी पत्नी अबीगेललाई भन्यो, “दावीदले हाम्रा मालिकलाई अभिवादन गर्नू भनी उजाडस्थानबाट आफ्ना दूतहरू पठाएका थिए; तर उहाँले तिनीहरूको घोर अपमान गरेर पठाइदिनुभयो।
14 Um dos servos disse a Abigail, mulher de Nabal: "Do deserto, Davi enviou mensageiros para saudar o nosso senhor, mas ele os insultou.
15 तर ती मानिसहरूले भने हामीप्रति असल व्यवहार गरेका थिए। तिनीहरूले हामीसँग कहिल्यै नराम्रो व्यवहार गरेनन्। अनि हामी तिनीहरूको नजिक मैदानमा हुँदा हाम्रो केही पनि हराएन।
15 No entanto, aqueles homens foram muito bons para conosco. Não nos maltrataram, e, durante todo o tempo em que estivemos com eles nos campos, nada perdemos.
16 हामीले तिनीहरूको नजिक आफ्ना भेडाहरू चराउँदाको अवधिभरि तिनीहरू दिनरात हाम्रा चारैतिर पर्खालजस्तै थिए।
16 Dia e noite eles eram como um muro ao nosso redor, durante todo o tempo em que estivemos com eles cuidando de nossas ovelhas.
17 यसकारण अब यस बारेमा तपाईंले के गर्नुपर्ने हो, सो विचार गर्नुहोस्। किनकि हाम्रा मालिक र उहाँका सारा घरानामाथि विपत्ति आइरहेको छ। उहाँ यत्ति दुष्ट मानिस हुनुहुन्छ, कसैले उहाँसँग कुरै गर्न सक्दैन।”
17 Agora, leve isso em consideração e veja o que a senhora pode fazer, pois a destruição paira sobre o nosso senhor e sobre toda a sua família. Ele é um homem tão mau que ninguém consegue conversar com ele".
18 तब अबीगेल हतारसाथ तुरुन्तै तयार भइन्। तिनले दुई सय वटा रोटी, दुई मसक दाखमद्य, काटकुट पारी तयार पारिएका पाँच वटा भेडा, पाँच सिया चिउरा, एक सय झुप्पा किसमिस, र दुई सय सुकेका नेभाराका डल्लाहरू गधाहरूमा लदाइन् र लिएर गइन्।
18 Imediatamente, Abigail pegou duzentos pães, duas vasilhas de couro cheias de vinho, cinco ovelhas preparadas, cinco medidas de grãos torrados, cem bolos de uvas passas e duzentos bolos de figos prensados, e os carregou em jumentos.
19 तब तिनले आफ्ना सेवकहरूलाई भनिन्, “तिमीहरू अगि-अगि जाओ; अनि मचाहिँ म तिमीहरूको पछि-पछि आउनेछु।” तर यस बारेमा तिनले आफ्ना पति नाबाललाई केही भनिनन्।
19 E disse a seus servos: "Vocês vão na frente; eu os seguirei". Ela, porém, nada disse a Nabal, seu marido.
20 तिनी जब आफ्नो गधामाथि चढेर एउटा पर्वतको खोँचमा आइन्, र त्यस बेला त्यहाँ दावीद र तिनका मानिसहरू तिनी भएतिर झर्दैथिए; तब तिनले उनीहरूलाई भेटिन्।
20 Enquanto ela ia montada num jumento, encoberta pela montanha, Davi e seus soldados estavam descendo em sua direção, e ela os encontrou.
21 दावीदले मनमनै यसो भन्दै मात्र थिए, “मैले त्यस मानिसको सम्पत्ति उजाडस्थानमा हेरचाह गरिदिएँ। त्यसैले त्यसको केही थोक पनि हराएन। तर हामीले यस मानिसका निम्ति गरेको भलाइ व्यर्थै भयो। त्यसले मलाई भलाइको साटो खराबी गरेको छ।
21 Davi tinha dito: "De nada adiantou proteger os bens daquele homem no deserto, para que nada se perdesse. Ele me pagou o bem com o mal.
22 यदि मैले बिहानसम्म त्यससँग भएको एउटै पुरुषलाई जिउँदो राखेछु भने परमेश्वरले दावीदलाई कठोरतापूर्वक व्यवहार गरून्!”
22 Que Deus castigue a Davi, e o faça com muita severidade, caso até de manhã eu deixe vivo um só do sexo masculino de todos os que pertencem a Nabal! "
23 जब अबीगेलले दावीदलाई देखिन्, तब तिनी हतार-हतार गधाबाट ओर्लिन्। अनि आफ्नो मुहार भुइँतिर घोप्टो पारेर तिनलाई दण्डवत् गरिन्।
23 Quando Abigail viu Davi, desceu depressa do jumento e prostrou-se perante Davi, rosto em terra.
24 तिनले दावीदको पाउमा दण्डवत् गरेर भनिन्, “हे मेरा प्रभु, दया गरी तपाईंकी सेविकालाई बोल्न दिनुहोस्। तपाईंकी सेविकाले भनेको कुरा सुन्नुहोस् र दोष मैमाथि नै परोस्।”
24 Ela caiu a seus pés e disse: "Meu senhor, a culpa é toda minha. Por favor, deixa a tua serva lhe falar; ouve o que ela tem a dizer.
25 मेरो मालिकले त्यस दुष्ट मानिस नाबाललाई ध्यानै नदिनुहोस्। त्यो त त्यसको नामजस्तै छ। त्यसको नामको अर्थ नै मूर्ख हो; अनि त्यससँग मूर्खता छ। तर म तपाईंकी सेविकाले मेरा मालिकले पठाउनुभएका मानिसहरूलाई देखिनँ।
25 Meu senhor, não dês atenção àquele homem mau, Nabal. Ele é insensato, conforme o seu nome significa; e a insensatez o acompanha. Contudo, eu, tua serva, não vi os rapazes que meu senhor enviou.
26 यसैले अब, याहवेह तपाईंका जीवित परमेश्वरलाई र तपाईंको जीवनलाई साक्षी राखेर भन्दछु, मेरा मालिक हजुरलाई याहवेहले रक्तपात गर्न र आफ्नै हातले बदला लिनदेखि रोक्नुभएको छ। यसकारण हजुरका शत्रुहरू र मेरा मालिकको नोक्सानी गर्न चाहनेहरू सबैको दशा नाबालको जस्तै होस्।
26 "Agora, meu senhor, juro pelo nome do Senhor e por tua vida que foi o Senhor que o impediu de derramar sangue e de vingar-se com tuas próprias mãos. Que teus inimigos e todos os que pretendem fazer-te mal sejam castigados como Nabal.
27 मैले मेरा मालिकका निम्ति ल्याएका यी उपहारहरू हजुरलाई पछ्याउने मानिसहरूलाई दिइयोस्।
27 E que este presente que esta tua serva trouxe ao meu senhor seja dado aos homens que o seguem.
28 कृपया हजुरकी सेविकाको अपराध क्षमा गर्नुहोस्। किनकि याहवेहले निश्चय नै मेरा मालिकका निम्ति वंश सदाको लागि दृढ गराउनुहुनेछ। किनभने हजुरले याहवेहको लडाइँ लड्दै हुनुहुन्छ। हजुर जीवित रहुन्जेल हजुरको कुनै खराबी नहोस्।
28 Esqueça, eu te suplico, a ofensa de tua serva, pois o Senhor certamente fará um reino duradouro para ti, que travas os combates do Senhor. E em toda a tua vida, nenhuma culpa se ache em ti.
29 यद्यपि कसैले हजुरको प्राण लिन खेदिरहेका छन्; तापनि मेरा मालिकको प्राण याहवेह हजुरका परमेश्वरद्वारा आफ्ना जीवितहरूको भण्डारमा सुरक्षित राख्नुहुनेछ। तर हजुरका शत्रुहरूका प्राणहरूचाहिँ घुँयेत्रोले हानेको ढुङ्गालाई झैँ उहाँले फ्याँकिदिनुहुनेछ।
29 Mesmo que alguém te persiga para tirar-te a vida, a vida de meu senhor estará firmemente segura como a dos que são protegidos pelo Senhor teu Deus. Mas a vida de teus inimigos será atirada para longe como por uma atiradeira.
30 याहवेहले मेरो मालिकका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएका हरेक असल कुरा पूरा गरेर उहाँले हजुरलाई इस्राएलमाथि अगुवा नियुक्त गर्नुभएपछि,
30 Quando o Senhor tiver feito a meu senhor todo o bem que prometeu e te tiver nomeado líder sobre Israel,
31 मेरा मालिकको विवेकमा रक्तपात र आफैँले बदला लिएको दोष नरहोस्। जब याहवेह हजुरको परमेश्वरले मेरा मालिकलाई सफलता दिनुहुनेछ, तब हजुरकी सेविकालाई सम्झनुहोला।
31 meu senhor não terá no coração o peso de ter derramado sangue desnecessariamente nem de ter feito justiça com as próprias mãos. E, quando o Senhor tiver abençoado a ti, lembra-te de tua serva".
32 तब दावीदले अबीगेललाई भने, “याहवेह इस्राएलका परमेश्वरको प्रशंसा होस्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो।
32 Davi disse a Abigail: "Bendito seja o Senhor, o Deus de Israel, que hoje a enviou ao meu encontro.
33 तिम्रो असल विचारको लागि र आज मलाई रक्तपात गर्नबाट अनि आफ्नै हातले बदला लिनबाट बचाएको कारण तिमी धन्यकी हौ।
33 Seja você abençoada pelo seu bom senso e por evitar que eu hoje derrame sangue e me vingue com minhas próprias mãos.
34 साँच्चै इस्राएलका परमेश्वर जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, जसले मलाई तिमीहरूको नोक्सानी गर्नदेखि जोगाउनुभयो, यदि तिमी मलाई भेट्न चाँडो गरी नआएकी भए भोलि बिहानसम्म नाबालका परिवारको एउटै पुरुष पनि जीवित रहनेथिएन।”
34 De outro modo, juro pelo nome do Senhor, o Deus de Israel, que evitou que eu lhe fizesse mal, se você não tivesse vindo depressa encontrar-me, nem um só do sexo masculino pertencente a Nabal teria sido deixado vivo ao romper do dia".
35 त्यसपछि दावीदले तिनको हातबाट आफ्ना निम्ति तिनले ल्याएका चीजहरू ग्रहण गरे; र तिनलाई भने, “शान्तिसित आफ्नो घर जाऊ! मैले तिम्रो कुरा सुनेको छु, र तिम्रो बिन्तीअनुसार गर्नेछु।”
35 Então Davi aceitou o que ela havia lhe trazido e disse: "Vá para sua casa em paz. Ouvi o que você disse e atenderei o seu pedido".
36 जब अबीगेल नाबालकहाँ गइन्, तब तिनले कुनै राजाझैँ भएर भोज मनाइरहेका थिए। तिनी एकदमै रमाएर मात्तिएको र लट्ठ भएको अवस्थामा थिए। यसकारण तिनले बिहान नभएसम्म त्यसलाई केही पनि भनिनन्।
36 Quando Abigail retornou a Nabal, ele estava dando um banquete em casa, como um banquete de rei. Ele estava alegre e bastante bêbado, e ela nada lhe falou até o amanhecer.
37 त्यसपछि भोलिपल्ट बिहान नाबाल सामान्य अवस्थामा हुँदा तिनकी पत्नीले यी कुराहरू तिनलाई भनिदिइन्। तब तिनको हृदयको धड्कन रोकियो; र तिनी पत्थरजस्तै भए।
37 De manhã, quando Nabal estava sóbrio, sua mulher lhe contou todas essas coisas; ele sofreu um ataque e ficou paralisado como uma pedra.
38 लगभग दश दिनपछि याहवेहले नाबाललाई प्रहार गर्नुभयो, र तिनी मरे।
38 Cerca de dez dias depois, o Senhor feriu a Nabal, e ele morreu.
39 जब नाबालको मृत्युको बारेमा दावीदले सुने, तब तिनले भने, “याहवेहको प्रशंसा होस्, जसले मप्रति अपमानजनक व्यवहार गर्ने नाबालको विरुद्धमा मेरो पक्षमा न्याय गर्नुभयो। याहवेहले आफ्नो सेवकलाई भूल गर्नदेखि रोक्नुभयो र नाबालको कुकर्मको सजाय त्यसकै टाउकोमाथि राखिदिनुभयो।”
39 Quando Davi soube que Nabal estava morto, disse: "Bendito seja o Senhor, que defendeu a minha causa contra Nabal, por ter me tratado com desprezo. O Senhor impediu seu servo de praticar o mal e fez com que a maldade de Nabal caísse sobre sua própria cabeça". Então Davi enviou uma mensagem a Abigail, pedindo-lhe que se tornasse sua mulher.
40 तिनका नोकरहरू कर्मेलमा गए, र अबीगेललाई भने, “हामीलाई दावीदले तपाईंलाई उहाँकी पत्नी हुनलाई लिन पठाउनुभएको छ।”
40 Seus servos foram a Carmelo e disseram a Abigail: "Davi nos enviou a você para levá-la para tornar-se mulher dele".
41 तिनले आफ्नो अनुहार भुइँतिर घोप्टो पारेर निहुरिएर भनिन्, “तपाईंकी सेविका यहाँ छु। म उहाँको सेवा गर्न र मेरा मालिकको पाउ धुन तयार छु।”
41 Ela se levantou, depois inclinou-se rosto em terra e disse: "Aqui está a sua serva, pronta para servi-los e lavar os pés dos servos de meu senhor".
42 तब अबीगेल झट्टै एउटा गधामा चढिन्, र तिनका पाँच जना सेविकाहरूलाई साथमा लिएर दावीदका दूतहरूका साथमा गइन्, र दावीदको पत्नी भइन्।
42 Abigail logo montou num jumento e, acompanhada por suas cinco servas, foi com os mensageiros de Davi e tornou-se sua mulher.
43 दावीदले यिजरेलको अहीनोमलाई पनि विवाह गरेका थिए। ती दुवै जना तिनका पत्नी भए।
43 Davi também casou-se com Ainoã de Jezreel; e as duas foram suas mulheres.
44 तर शाऊलले आफ्नी छोरी, दावीदकी पत्नी मीकललाई गल्लीममा बस्ने लेशका छोरा पल्तिएललाई दिएका थिए।
44 Saul, porém, tinha dado sua filha Mical, mulher de Davi, a Paltiel, filho de Laís, de Galim.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Samuel 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.