Jó 3

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे।

2 उनले भनें,

3 “म जन्मेको जुन दिन थियो त्यो सधैंको लागि लोप होस्

4 म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु।

5 म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्।

6 निष्पट्ट अन्धकारले त्यो रात राखोस्।

7 त्यो रात रित्तो रहोस्।

8 कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाई जगाउनु चेष्टा गरिरहेका छन।

9 त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्।

10 किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन।

11 म जन्मदा नै किन मरिन?

12 किन मेरी आमाले मलाई घुँडामाथि राखिन्?

13 यदि म जन्मेकै दिन मरेको भए

14 आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए।

15 म ती शासकहरूसंगै दफनाइयोस्

16 किन म आमाको गर्भमा नै तुइनँ?

17 दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्।

18 कैदीहरूलेसम्म मोक्षा पाउँछन्,

19 सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू

20 “किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ?

21 त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन।

22 ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्।

23 तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ

24 जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु।

25 जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो,

26 म चुप लाग्न सक्तिनँ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jó 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.