Levítico 25
npioncb (NPIONCB) vs NVI
1 याहवेहले मोशालाई सीनै पर्वतमा भन्नुभयो,
1 Então disse o Senhor a Moisés no monte Sinai:
2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिन लागेको देशमा जब तिमीहरू प्रवेश गर्छौ, तब त्यस देशले पनि याहवेहका निम्ति शब्बाथ दिन पालन गर्नुपर्छ।
2 "Diga o seguinte aos israelitas: Quando vocês entrarem na terra que lhes dou, a própria terra guardará um sábado para o Senhor.
3 छ वर्ष तिमीहरूका जमिन रोप्नू, र दाखबारी छिँवल्नु; अनि अन्नबाली बटुल्नू।
3 Durante seis anos semeiem as suas lavouras, aparem as suas vinhas e façam a colheita de suas plantações.
4 तर सातौँ वर्षमा त्यस जमिनले शब्बाथ विश्रामको दिन—याहवेहका निम्ति शब्बाथ पाओस्। जमिनमा बिउ छर्ने काम र दाखबारी छिँवल्ने काम नगर्नू।
4 Mas no sétimo ano a terra terá um sábado de descanso, um sábado dedicado ao Senhor. Não semeiem as suas lavouras, nem aparem as suas vinhas.
5 त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्।
5 Não colham o que crescer por si, nem colham as uvas das suas vinhas que não serão podadas. A terra terá um ano de descanso.
6 शब्बाथको वर्षमा जमिनले जे उब्जाउँछ, त्यो तिमीहरूका आफ्नै लागि, तिमीहरूका सेवक-सेविका, र ज्यालादारी मजदुर र तिमीहरूसित केही समयका लागि बसोबास गर्ने प्रवासीहरू;
6 Vocês se sustentarão do que a terra produzir no ano de descanso, você, o seu escravo, a sua escrava, o trabalhador contratado e o residente temporário que vive entre vocês,
7 साथसाथै तिमीहरूका गाईबस्तु र तिमीहरूका जमिनमा भएका जङ्गली पशुहरूका निम्ति भोजन हुनेछ। जमिनले जे उब्जाउँछ, त्यो खाए हुन्छ।
7 bem como os seus rebanhos e os animais selvagens de sua terra. Tudo o que a terra produzir poderá ser comido.
8 “ ‘सात शब्बाथ वर्षहरू गन्नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्षहरू उनन्चास वर्ष होऊन्।
8 "Contem sete semanas de anos, sete vezes sete anos; essas sete semanas de anos totalizam quarenta e nove anos.
9 त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू।
9 Então façam soar a trombeta no décimo dia do sétimo mês; no Dia da Expiação façam soar a trombeta por toda a terra de vocês.
10 पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ।
10 Consagrem o qüinquagésimo ano e proclamem libertação por toda a terra a todos os seus moradores. Este lhes será um ano de jubileu, quando cada um de vocês voltará para a propriedade da sua família e para o seu próprio clã.
11 पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्गुरको कटनी नगर्नू।
11 O quinquagésimo ano lhes será jubileu; não semeiem e não ceifem o que cresce por si mesmo nem colham das vinhas não podadas.
12 किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू।
12 É jubileu, e lhes será santo; comam apenas o que a terra produzir.
13 “ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ।
13 "Nesse ano do jubileu cada um de vocês voltará para a sua propriedade.
14 “ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू।
14 "Se vocês venderem alguma propriedade ao seu próximo ou se comprarem alguma propriedade dele, não explore o seu irmão.
15 पचासौँ वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले आफ्ना मानिससित किन्नू; र बाँकी वर्षको उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्।
15 O que comprarem do seu próximo será avaliado com base no número de anos desde o Jubileu. E fará a venda com base no número de anos que restam de colheitas.
16 यदि वर्षहरू धेरै छन् भने तिमीहरूले दाम बढाउनू। अनि वर्षहरू थोरै छन् भने तिमीहरूले दाम घटाउनू; किनकि त्यसले जे बेच्दैछ, त्यो बालीको उब्जनीका वर्षहरूको संख्याअनुसार बेचेको हो।
16 Quando os anos forem muitos, vocês deverão aumentar o preço, mas quando forem poucos, deverão diminuir o preço, pois o que ele está lhes vendendo é o número de colheitas.
17 एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्वरको डर मान्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
17 Não explorem um ao outro, mas temam ao Deus de vocês. Eu sou o Senhor, o Deus de vocês.
18 “ ‘मेरा उर्दीहरू मान्नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ।
18 "Pratiquem os meus decretos e obedeçam às minhas ordenanças, e vocês viverão com segurança na terra.
19 तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ।
19 Então a terra dará o seu fruto, e vocês comerão até fartar-se e ali viverão em segurança.
20 तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?”
20 Vocês poderão perguntar: ‘Que iremos comer no sétimo ano, se não plantarmos nem fizermos a colheita? ’
21 छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ।
21 Saibam que eu lhes enviarei a minha bênção no sexto ano, e a terra produzirá o suficiente para três anos.
22 तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ।
22 Quando vocês estiverem plantando no oitavo ano, comerão ainda da colheita anterior e dela continuarão a comer até a colheita do nono ano.
23 “ ‘जमिन सधैँको निम्ति बेच्नुहुँदैन। किनकि जमिन मेरो हो र तिमीहरू परदेशी र प्रवासीहरू मात्र हौ।
23 "A terra não poderá ser vendida definitivamente, porque ela é minha, e vocês são apenas estrangeiros e imigrantes.
24 तिमीहरूले अधिकार गरेको देशभरि जमिनको छुटकाराको मोलको प्रबन्ध गर्नुपर्छ।
24 Em toda terra em que tiverem propriedade, concedam o direito de resgate da terra.
25 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएर जग्गाजमिन बेचेको छ भने, र त्यसको सबैभन्दा नजिकको नातेदारले आएर आफ्नो नातेदारले जे बेचेको छ, त्यसलाई छुटाउनुपर्छ।
25 "Se alguém do seu povo empobrecer e vender parte da sua propriedade, seu parente mais próximo virá e resgatará aquilo que o seu compatriota vendeu.
26 तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्नति गरेर त्यसलाई छुटाउने पर्याप्त साधन जुटायो भने,
26 Se, contudo, um homem não tiver quem lhe resgate a terra, mas ele mesmo prosperar e adquirir recursos para resgatá-la,
27 त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ।
27 calculará os anos desde que a vendeu e devolverá a diferença àquele a quem a vendeu; então poderá voltar para a sua propriedade.
28 तर यदि त्यसले उसलाई तिर्ने साधन जुटाउन सकेन भने पचासौँ वर्षको उत्सवसम्म किन्ने मानिसकै हातमा त्यो जमिन रहनेछ। अनि पचासौँ वर्षको उत्सवमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो सम्पत्तिमा फर्केर जान सक्छ।
28 Mas, se não adquirir recursos para devolver-lhe o valor, a propriedade que vendeu permanecerá em posse do comprador até o ano do jubileu. Será devolvida no Jubileu, e ele então poderá voltar para a sua propriedade.
29 “ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ।
29 "Se um homem vender uma casa numa cidade murada, terá o direito de resgate até que se complete um ano após a venda. Nesse período poderá resgatá-la.
30 यदि पूरा एक वर्षभित्र त्यो छुटाउन सकिएन भने किन्ने र त्यसका भावी सन्तानका निम्ति त्यो पर्खाल सहरभित्र भएको घर स्थायी सम्पत्ति बनोस्। पचासौँ वर्षको उत्सवमा पनि त्यो फिर्ता हुनेछैन।
30 Se não for resgatada antes de se completar um ano, a casa da cidade murada pertencerá definitivamente ao comprador e aos seus descendentes; não será devolvida no Jubileu.
31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ।
31 Mas as casas dos povoados sem muros ao redor serão consideradas campo aberto. Poderão ser resgatadas e serão devolvidas no Jubileu.
32 “ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्।
32 "No caso das cidades dos levitas, eles sempre terão direito de resgatar suas casas nas cidades que lhes pertencem.
33 यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्।
33 Assim, a propriedade dos levitas, isto é, uma casa vendida em qualquer cidade deles, é resgatável e deverá ser devolvida no Jubileu, porque as casas das cidades dos levitas são propriedade deles entre os israelitas.
34 तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो।
34 Mas as pastagens pertencentes às suas cidades não serão vendidas; são propriedade permanente deles.
35 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्।
35 "Se alguém do seu povo empobrecer e não puder sustentar-se, ajudem-no como se faz ao estrangeiro e ao residente temporário, para que possa continuar a viver entre vocês.
36 तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्वरको डर मान्नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्।
36 Não cobrem dele juro algum, mas temam o seu Deus, para que o seu próximo continue a viver entre vocês.
37 तिमीहरूले तिनीहरूलाई ब्याजमा ऋण नदिनू, अथवा नाफा गरेर तिनीहरूलाई भोजन नबेच्नू।
37 Vocês não poderão exigir dele juros nem emprestar-lhe mantimento visando lucro.
38 म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ।
38 Eu sou o Senhor, o Deus de vocês, que os tirou da terra do Egito para dar-lhes a terra de Canaã e para ser o seu Deus.
39 “ ‘यदि तिमीहरूका इस्राएली दाजुभाइ गरिब भएर आफूलाई तिमीहरूका हातमा बेचे भने तिनीहरूलाई दासझैँ काममा नलगाउनू।
39 "Se alguém do seu povo empobrecer e se vender a algum de vocês, não o façam trabalhar como escravo.
40 तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्।
40 Ele deverá ser tratado como trabalhador contratado ou como residente temporário; trabalhará para quem o comprou até o ano do jubileu.
41 त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्।
41 Então ele e os seus filhos estarão livres, e ele poderá voltar para o seu próprio clã e para a propriedade dos seus antepassados.
42 इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन।
42 Pois os israelitas são meus servos, a quem tirei da terra do Egito; não poderão ser vendidos como escravos.
43 तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्वरको डर मान्नू।
43 Não dominem impiedosamente sobre eles, mas temam o seu Deus.
44 “ ‘तिमीहरूका सेवक-सेविकाहरू तिमीहरूका चारैतिरका राष्ट्रहरूबाट किन्न सक्छौ।
44 "Os seus escravos e as suas escravas deverão vir dos povos que vivem ao redor de vocês; deles vocês poderão comprar escravos e escravas.
45 तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्।
45 Também poderão comprá-los entre os filhos dos residentes temporários que vivem entre vocês e entre os que pertencem aos clãs deles, ainda que nascidos na terra de vocês; eles se tornarão propriedade de vocês.
46 तिमीहरूले तिनीहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति पैतृक अधिकारस्वरूप इच्छापत्र गरेर दिन सक्छौ। अनि तिनीहरूलाई जीवन पर्यान्त कमारा-कमारी बनाउन सक्छौ। तर तिमीहरूले आफ्ना सङ्गी इस्राएलीहरूलाई निर्ममतापूर्वक व्यवहार नगर्नू।
46 Vocês poderão deixá-los como herança para os seus filhos e poderão fazê-los escravos para sempre, mas sobre os seus irmãos israelitas vocês não poderão dominar impiedosamente.
47 “ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने,
47 "Se um estrangeiro ou um residente temporário entre vocês enriquecer e alguém do seu povo empobrecer e se vender a esse estrangeiro ou a alguém que pertence ao clã desse estrangeiro,
48 तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्।
48 manterá o direito de resgate mesmo depois de vender a si mesmo. Um dos seus parentes poderá resgatá-lo:
49 काका अथवा दाजुभाइ पर्ने अथवा त्यसका घरानाका कुनै रगतको साइनो पर्नेले त्यसलाई छुटाउन सक्छ। अथवा यदि त्यसले उन्नति गर्यो भने आफैँलाई छुटाउन सक्छ।
49 ou tio, ou primo, ou qualquer parente próximo poderá resgatá-lo. Se, todavia, prosperar, poderá resgatar a si mesmo.
50 त्यसले र त्यसलाई किन्नेले तिनीहरूले आफूलाई बेचेको समयदेखि पचासौँ वर्षको उत्सवसम्म गनून्। त्यसको छुटकाराको मूल्य त्यतिका वर्षहरूसम्म एक ज्यालादार मानिसलाई दिइने दरको आधारमा हुनुपर्छ।
50 Ele e o seu comprador contarão o tempo desde o ano em que vendeu a si mesmo até o ano do jubileu. O preço do resgate se baseará no salário de um empregado contratado por aquele número de anos.
51 यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ।
51 Se restarem muitos anos, pagará o seu resgate proporcionalmente ao preço de compra.
52 यदि पचासौँ वर्षको उत्सव आउन केही वर्ष मात्र रहेको छ भने त्यसले त्यो गनोस्। अनि आफ्नो छुटकाराको मोल त्यस किसिमले नै तिरोस्।
52 Se restarem apenas poucos anos até o ano do jubileu, fará o cálculo, e pagará o seu resgate proporcionalmente aos anos.
53 त्यसलाई हरेक वर्ष ज्यालामा लिएको मानिसझैँ ठानियोस्। त्यसका मालिकले त्यसलाई निर्दयतापूर्वक व्यवहार नगरोस् भनी तिमीहरूले याद राख्नू।
53 Ele deverá ser tratado como um empregado contratado anualmente; não permitam que o seu senhor domine impiedosamente sobre ele.
54 “ ‘यदि त्यसको छुटकारा यी कुनै पनि तरिकाले भएन भने त्यो र त्यसका छोराछोरीहरूको छुटकारा पचासौँ वर्षको उत्सवमा हुनुपर्छ;
54 "Se não for resgatado por nenhuma dessas maneiras, ele e os seus filhos estarão livres no ano do jubileu,
55 किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
55 porque os israelitas são meus servos, os quais tirei da terra do Egito. Eu sou o Senhor, o Deus de vocês".
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Levítico 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.