Levítico 25

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 याहवेहले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो,
1 Disse o Senhor a Moisés, no monte Sinai:
2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिन लागेको देशमा जब तिमीहरू प्रवेश गर्छौ, तब त्यस देशले पनि याहवेहका निम्ति शब्बाथ दिन पालन गर्नुपर्छ।
2 Fala aos filhos de Israel e dize-lhes: Quando entrardes na terra, que vos dou, então, a terra guardará um sábado ao Senhor .
3 छ वर्ष तिमीहरूका जमिन रोप्नू, र दाखबारी छिँवल्नु; अनि अन्‍नबाली बटुल्नू।
3 Seis anos semearás o teu campo, e seis anos podarás a tua vinha, e colherás os seus frutos.
4 तर सातौँ वर्षमा त्यस जमिनले शब्बाथ विश्रामको दिन—याहवेहका निम्ति शब्बाथ पाओस्। जमिनमा बिउ छर्ने काम र दाखबारी छिँवल्ने काम नगर्नू।
4 Porém, no sétimo ano, haverá sábado de descanso solene para a terra, um sábado ao Senhor ; não semearás o teu campo, nem podarás a tua vinha.
5 त्यसमा आफैँ उब्जेका कुराहरूको कटनी नगर्नू, अथवा तिमीहरूले स्याहार नगरेका अङ्‌गुरको कटनी नगर्नू। त्यस जमिनले विश्राम वर्ष पाओस्।
5 O que nascer de si mesmo na tua seara não segarás e as uvas da tua vinha não podada não colherás; ano de descanso solene será para a terra.
6 शब्बाथको वर्षमा जमिनले जे उब्जाउँछ, त्यो तिमीहरूका आफ्नै लागि, तिमीहरूका सेवक-सेविका, र ज्यालादारी मजदुर र तिमीहरूसित केही समयका लागि बसोबास गर्ने प्रवासीहरू;
6 Mas os frutos da terra em descanso vos serão por alimento, a ti, e ao teu servo, e à tua serva, e ao teu jornaleiro, e ao estrangeiro que peregrina contigo;
7 साथसाथै तिमीहरूका गाईबस्तु र तिमीहरूका जमिनमा भएका जङ्गली पशुहरूका निम्ति भोजन हुनेछ। जमिनले जे उब्जाउँछ, त्यो खाए हुन्छ।
7 e ao teu gado, e aos animais que estão na tua terra, todo o seu produto será por mantimento.
8 “ ‘सात शब्बाथ वर्षहरू गन्‍नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्षहरू उनन्चास वर्ष होऊन्।
8 Contarás sete semanas de anos, sete vezes sete anos, de maneira que os dias das sete semanas de anos te serão quarenta e nove anos.
9 त्यसपछि सातौँ महिनाको दशौँ दिन चारैतिर तुरही फुक्न लगाउनू। प्रायश्‍चितको दिन तिमीहरूको सारा देशभरि तुरही फुक्न लगाउनू।
9 Então, no mês sétimo, aos dez do mês, farás passar a trombeta vibrante; no Dia da Expiação, fareis passar a trombeta por toda a vossa terra.
10 पचासौँ वर्षलाई पवित्र मानेर देशभरिका बासिन्दाहरूलाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। प्रत्येक आफ्नो पैतृक सम्पत्तितिर र आफ्नो परिवारमा फर्किजान सक्नेछौ।
10 Santificareis o ano quinquagésimo e proclamareis liberdade na terra a todos os seus moradores; ano de jubileu vos será, e tornareis, cada um à sua possessão, e cada um à sua família.
11 पचासौँ वर्ष तिमीहरूका निम्ति उत्सव वर्ष हुनेछ। त्यस वर्ष बिउ नछर्नू। अनि आफैँ उब्जेका फसलको कटनी नगर्नू वा हेरचाह नगरिएका अङ्‌गुरको कटनी नगर्नू।
11 O ano quinquagésimo vos será jubileu; não semeareis, nem segareis o que nele nascer de si mesmo, nem nele colhereis as uvas das vinhas não podadas.
12 किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू।
12 Porque é jubileu, santo será para vós outros; o produto do campo comereis.
13 “ ‘त्यस उत्सव वर्षमा हरेक मानिस आफ्नै पैतृक सम्पत्तितिर फर्केर जानुपर्छ।
13 Neste Ano do Jubileu, tornareis cada um à sua possessão.
14 “ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू।
14 Quando venderes alguma coisa ao teu próximo ou a comprares da mão do teu próximo, não oprimas teu irmão.
15 पचासौँ वर्षको पछिका वर्षहरू हिसाब गरेर तिमीहरूले आफ्ना मानिससित किन्‍नू; र बाँकी वर्षको उब्जनीको हिसाब गरेर त्यसले तिमीहरूलाई बेचोस्।
15 Segundo o número dos anos desde o Jubileu, comprarás de teu próximo; e, segundo o número dos anos das messes, ele venderá a ti.
16 यदि वर्षहरू धेरै छन् भने तिमीहरूले दाम बढाउनू। अनि वर्षहरू थोरै छन् भने तिमीहरूले दाम घटाउनू; किनकि त्यसले जे बेच्दैछ, त्यो बालीको उब्जनीका वर्षहरूको संख्याअनुसार बेचेको हो।
16 Sendo muitos os anos, aumentarás o preço e, sendo poucos, abaixarás o preço; porque ele te vende o número das messes.
17 एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
17 Não oprimais ao vosso próximo; cada um, porém, tema a seu Deus; porque eu sou o Senhor , vosso Deus.
18 “ ‘मेरा उर्दीहरू मान्‍नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ।
18 Observai os meus estatutos, guardai os meus juízos e cumpri-os; assim, habitareis seguros na terra.
19 तब देशले प्रशस्त फल दिनेछ, र तिमीहरू पर्याप्‍त खानेछौ। अनि त्यसमा सुरक्षित भएर रहनेछौ।
19 A terra dará o seu fruto, e comereis a fartar e nela habitareis seguros.
20 तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्‍नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?”
20 Se disserdes: Que comeremos no ano sétimo, visto que não havemos de semear, nem colher a nossa messe?
21 छैटौँ वर्षमा म यस्तो आशिष् पठाउनेछु, कि जमिनले तीन वर्षसम्म पुग्ने प्रशस्त उब्जनी दिनेछ।
21 Então, eu vos darei a minha bênção no sexto ano, para que dê fruto por três anos.
22 तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्‍न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ।
22 No oitavo ano, semeareis e comereis da colheita anterior até ao ano nono; até que venha a sua messe, comereis da antiga.
23 “ ‘जमिन सधैँको निम्ति बेच्नुहुँदैन। किनकि जमिन मेरो हो र तिमीहरू परदेशी र प्रवासीहरू मात्र हौ।
23 Também a terra não se venderá em perpetuidade, porque a terra é minha; pois vós sois para mim estrangeiros e peregrinos.
24 तिमीहरूले अधिकार गरेको देशभरि जमिनको छुटकाराको मोलको प्रबन्ध गर्नुपर्छ।
24 Portanto, em toda a terra da vossa possessão dareis resgate à terra.
25 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएर जग्गाजमिन बेचेको छ भने, र त्यसको सबैभन्दा नजिकको नातेदारले आएर आफ्नो नातेदारले जे बेचेको छ, त्यसलाई छुटाउनुपर्छ।
25 Se teu irmão empobrecer e vender alguma parte das suas possessões, então, virá o seu resgatador, seu parente, e resgatará o que seu irmão vendeu.
26 तरै पनि कुनै मानिसको त्यसलाई आफ्ना निम्ति छुटाइदिने नातेदार छैन, र त्यसले आफूले उन्‍नति गरेर त्यसलाई छुटाउने पर्याप्‍त साधन जुटायो भने,
26 Se alguém não tiver resgatador, porém vier a tornar-se próspero e achar o bastante com que a remir,
27 त्यसले आफूले बेचेको समयदेखिका वर्षहरूको मूल्य ठहराओस्। अनि जुन मानिसलाई त्यो बेचिएको छ, त्यसलाई बाँकी रकम फर्काइदेओस्; तब त्यो आफ्नो सम्पत्तितिर फर्केर जान सक्छ।
27 então, contará os anos desde a sua venda, e o que ficar restituirá ao homem a quem vendeu, e tornará à sua possessão.
28 तर यदि त्यसले उसलाई तिर्ने साधन जुटाउन सकेन भने पचासौँ वर्षको उत्सवसम्म किन्‍ने मानिसकै हातमा त्यो जमिन रहनेछ। अनि पचासौँ वर्षको उत्सवमा त्यो फिर्ता गरियोस्। त्यसपछि त्यो मानिसचाहिँ आफ्नो सम्पत्तिमा फर्केर जान सक्छ।
28 Mas, se as suas posses não lhe permitirem reavê-la, então, a que for vendida ficará na mão do comprador até ao Ano do Jubileu; porém, no Ano do Jubileu, sairá do poder deste, e aquele tornará à sua possessão.
29 “ ‘कसैले पर्खाल लगाएको सहरभित्र भएको आफ्नो घर बेच्यो भने बेचेको एक वर्षभित्र त्यो छुटाउन पाउनेछ। त्यसलाई यो अधिकार पूरा एक वर्षसम्म हुन्छ।
29 Quando alguém vender uma casa de moradia em cidade murada, poderá resgatá-la dentro de um ano a contar de sua venda; durante um ano, será lícito o seu resgate.
30 यदि पूरा एक वर्षभित्र त्यो छुटाउन सकिएन भने किन्‍ने र त्यसका भावी सन्तानका निम्ति त्यो पर्खाल सहरभित्र भएको घर स्थायी सम्पत्ति बनोस्। पचासौँ वर्षको उत्सवमा पनि त्यो फिर्ता हुनेछैन।
30 Se, passando-se-lhe um ano, não for resgatada, então, a casa que estiver na cidade que tem muro ficará em perpetuidade ao que a comprou, pelas suas gerações; não sairá do poder dele no Jubileu.
31 तर पर्खालले नघेरिएका गाउँका घरहरूचाहिँ खुला जमिनसरह ठान्‍नू। ती छुटाउन सकिन्छ, र पचासौँ वर्षको उत्सवमा फिर्ता गरिनुपर्छ।
31 Mas as casas das aldeias que não têm muro em roda serão estimadas como os campos da terra; para elas haverá resgate, e sairão do poder do comprador no Jubileu.
32 “ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्।
32 Mas, com respeito às cidades dos levitas, às casas das cidades da sua possessão, terão direito perpétuo de resgate os levitas.
33 यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्।
33 Se o levita não resgatar a casa que vendeu, então, a casa comprada na cidade da sua possessão sairá do poder do comprador, no Jubileu; porque as casas das cidades dos levitas são a sua possessão no meio dos filhos de Israel.
34 तर तिनीहरूका सहरहरूमा भएका खर्क नबेचियोस्; त्यो तिनीहरूको स्थायी सम्पत्ति हो।
34 Mas o campo no arrabalde das suas cidades não se venderá, porque lhes é possessão perpétua.
35 “ ‘यदि तिमीहरूका देशवासीहरूमध्ये कोही गरिब भएको छ, र त्यसले तिमीहरूबीच आफ्नो जीविका निर्वाह गर्न असमर्थ भयो भने तिमीहरूले परदेशी र अपरिचितलाई जसरी सहायता गर्नेथियौ, त्यसरी नै तिनीहरूलाई पनि सहायता गर्नू। अनि ती तिमीहरूसित बसिरहन पाऊन्।
35 Se teu irmão empobrecer, e as suas forças decaírem, então, sustentá-lo-ás. Como estrangeiro e peregrino ele viverá contigo.
36 तिनीहरूबाट कुनै किसिमको ब्याज वा लाभ नलिनू। तर आफ्ना परमेश्‍वरको डर मान्‍नू; र तिमीहरूका दाजुभाइ तिमीहरूसित बसोबास गर्न पाऊन्।
36 Não receberás dele juros nem ganho; teme, porém, ao teu Deus, para que teu irmão viva contigo.
37 तिमीहरूले तिनीहरूलाई ब्याजमा ऋण नदिनू, अथवा नाफा गरेर तिनीहरूलाई भोजन नबेच्नू।
37 Não lhe darás teu dinheiro com juros, nem lhe darás o teu mantimento por causa de lucro.
38 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; जसले तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ।
38 Eu sou o Senhor , vosso Deus, que vos tirei da terra do Egito, para vos dar a terra de Canaã e para ser o vosso Deus.
39 “ ‘यदि तिमीहरूका इस्राएली दाजुभाइ गरिब भएर आफूलाई तिमीहरूका हातमा बेचे भने तिनीहरूलाई दासझैँ काममा नलगाउनू।
39 Também se teu irmão empobrecer, estando ele contigo, e vender-se a ti, não o farás servir como escravo.
40 तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्।
40 Como jornaleiro e peregrino estará contigo; até ao Ano do Jubileu te servirá;
41 त्यसपछि तिनीहरू र तिनीहरूका छोराछोरीहरूलाई छाडिदिनुपर्छ। अनि तिनीहरू आफ्नै घराना र तिनीहरूका पितापुर्खाहरूका सम्पत्तितिर जाऊन्।
41 então, sairá de tua casa, ele e seus filhos com ele, e tornará à sua família e à possessão de seus pais.
42 इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन।
42 Porque são meus servos, que tirei da terra do Egito; não serão vendidos como escravos.
43 तिनीहरूमाथि निर्ममतापूर्वक शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको डर मान्‍नू।
43 Não te assenhorearás dele com tirania; teme, porém, ao teu Deus.
44 “ ‘तिमीहरूका सेवक-सेविकाहरू तिमीहरूका चारैतिरका राष्ट्रहरूबाट किन्‍न सक्छौ।
44 Quanto aos escravos ou escravas que tiverdes, virão das nações ao vosso derredor; delas comprareis escravos e escravas.
45 तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्‍न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्।
45 Também os comprareis dos filhos dos forasteiros que peregrinam entre vós, deles e das suas famílias que estiverem convosco, que nasceram na vossa terra; e vos serão por possessão.
46 तिमीहरूले तिनीहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति पैतृक अधिकारस्वरूप इच्छापत्र गरेर दिन सक्छौ। अनि तिनीहरूलाई जीवन पर्यान्त कमारा-कमारी बनाउन सक्छौ। तर तिमीहरूले आफ्ना सङ्गी इस्राएलीहरूलाई निर्ममतापूर्वक व्यवहार नगर्नू।
46 Deixá-los-eis por herança para vossos filhos depois de vós, para os haverem como possessão; perpetuamente os fareis servir, mas sobre vossos irmãos, os filhos de Israel, não vos assenhoreareis com tirania, um sobre os outros.
47 “ ‘यदि तिमीहरूका बीचमा भएको परदेशी धनी भयो भने, र तिमीहरूका देशवासीमध्ये कोही गरिब भएर तिनीहरूले आफूलाई तिमीहरूका बीचमा भएको परदेशी अथवा त्यस परदेशीको आफन्तको हातमा बेच्यो भने,
47 Quando o estrangeiro ou peregrino que está contigo se tornar rico, e teu irmão junto dele empobrecer e vender-se ao estrangeiro, ou peregrino que está contigo, ou a alguém da família do estrangeiro,
48 तिनीहरूले आफूलाई बेचेपछि छुटकाराको अधिकार आफूसँग राखेका हुन्छन्। तिनीहरूका कुनै आफन्तले तिनीहरूलाई छुटाउन सक्छन्।
48 depois de haver-se vendido, haverá ainda resgate para ele; um de seus irmãos poderá resgatá-lo:
49 काका अथवा दाजुभाइ पर्ने अथवा त्यसका घरानाका कुनै रगतको साइनो पर्नेले त्यसलाई छुटाउन सक्छ। अथवा यदि त्यसले उन्‍नति गर्‍यो भने आफैँलाई छुटाउन सक्छ।
49 seu tio ou primo o resgatará; ou um dos seus, parente da sua família, o resgatará; ou, se lograr meios, se resgatará a si mesmo.
50 त्यसले र त्यसलाई किन्‍नेले तिनीहरूले आफूलाई बेचेको समयदेखि पचासौँ वर्षको उत्सवसम्म गनून्। त्यसको छुटकाराको मूल्य त्यतिका वर्षहरूसम्म एक ज्यालादार मानिसलाई दिइने दरको आधारमा हुनुपर्छ।
50 Com aquele que o comprou acertará contas desde o ano em que se vendeu a ele até ao Ano do Jubileu; o preço da sua venda será segundo o número dos anos, conforme se paga a um jornaleiro.
51 यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ।
51 Se ainda faltarem muitos anos, devolverá proporcionalmente a eles, do dinheiro pelo qual foi comprado, o preço do seu resgate.
52 यदि पचासौँ वर्षको उत्सव आउन केही वर्ष मात्र रहेको छ भने त्यसले त्यो गनोस्। अनि आफ्नो छुटकाराको मोल त्यस किसिमले नै तिरोस्।
52 Se restarem poucos anos até ao Ano do Jubileu, então, fará contas com ele e pagará, em proporção aos anos restantes, o preço do seu resgate.
53 त्यसलाई हरेक वर्ष ज्यालामा लिएको मानिसझैँ ठानियोस्। त्यसका मालिकले त्यसलाई निर्दयतापूर्वक व्यवहार नगरोस् भनी तिमीहरूले याद राख्नू।
53 Como jornaleiro, de ano em ano, estará com ele; não se assenhoreará dele com tirania à tua vista.
54 “ ‘यदि त्यसको छुटकारा यी कुनै पनि तरिकाले भएन भने त्यो र त्यसका छोराछोरीहरूको छुटकारा पचासौँ वर्षको उत्सवमा हुनुपर्छ;
54 Se desta sorte se não resgatar, sairá no Ano do Jubileu, ele e seus filhos com ele.
55 किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
55 Porque os filhos de Israel me são servos; meus servos são eles, os quais tirei da terra do Egito. Eu sou o Senhor , vosso Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.