Judas 1
npioncb (NPIONCB) vs NVI
1 येशू ख्रीष्टको सेवक र याकोबको भाइ यहूदाबाट,
1 Judas, servo de Jesus Cristo e irmão de Tiago, aos que foram chamados, amados por Deus Pai e guardados por Jesus Cristo:
2 तिमीहरूलाई प्रशस्त मात्रामा कृपा, शान्ति र प्रेम!
2 Misericórdia, paz e amor lhes sejam multiplicados.
3 प्रिय मित्रहरू हो, म तिमीहरूलाई हामी सहभागी भएको मुक्तिको विषयमा लेख्न अति इच्छुक भए तापनि परमेश्वरका सन्तहरूलाई सधैँको निम्ति सुम्पिएको विश्वासको रक्षा गर भनेर तिमीहरूलाई बिन्ती गर्दै लेख्न मलाई इच्छा लाग्यो।
3 Amados, embora estivesse muito ansioso por lhes escrever acerca da salvação que compartilhamos, senti que era necessário escrever-lhes insistindo que batalhassem pela fé uma vez por todas confiada aos santos.
4 किनकि धेरै अगिदेखि दण्डको भागीदार छन् भनी लेखिएका कतिपय मानिसहरू तिमीहरूका बीचमा गुप्त रूपले पसिसकेका छन्। तिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई दुष्ट आचरणको अनुमतिपत्रको रूपमा बदल्छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्टलाई इन्कार गर्दछन्।
4 Pois certos homens, cuja condenação já estava sentenciada há muito tempo, infiltraram-se dissimuladamente no meio de vocês. Estes são ímpios, e transformam a graça de nosso Deus em libertinagem e negam Jesus Cristo, nosso único Soberano e Senhor.
5 तिमीहरूले यो सबै जानिसकेका छौ तापनि म तिमीहरूलाई यो स्मरण गराउन चाहन्छु—प्रभुले आफ्नो जातिलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तर विश्वास नगर्नेहरूलाई पछिबाट नष्ट गर्नुभयो।
5 Embora vocês já tenham conhecimento de tudo isso, quero lembrar-lhes que o Senhor libertou um povo do Egito mas, posteriormente, destruiu os que não creram.
6 ती स्वर्गदूतहरू, जसले आफ्नो अधिकारको स्थान राखेनन्, तर तिनीहरूका आफ्नै घरसमेत त्याग गर्नेलाई उहाँले त्यस महान् दिनको न्यायको निम्ति अनन्तको साङ्लोले बाँधेर अन्धकारमा राख्नुभएको छ।
6 E aos anjos que não conservaram suas posições de autoridade mas abandonaram sua própria morada, ele os tem guardado em trevas, presos com correntes eternas para o juízo do grande Dia.
7 यस्तै किसिमले सदोम र गमोरा, र छेउछाउका सहरहरूले आफूलाई व्यभिचारको अनैतिकता र भ्रष्टताको लागि दिइहाले। तिनीहरू अनन्तको आगोको दण्ड भोग्नेहरूका नमुना भएका छन्।
7 De modo semelhante a estes, Sodoma e Gomorra e as cidades em redor se entregaram à imoralidade e a relações sexuais antinaturais. Estando sob o castigo do fogo eterno, elas servem de exemplo.
8 ठिक यही किसिमले यी मानिसहरू गुप्त रूपले पसेका छन्। यी ईश्वरहीन मानिसहरूले सपनाको आधारमा तिनीहरूका आफ्नै शरीरलाई दूषित पार्छन्; अधिकारलाई इन्कार गर्दछन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्।
8 Da mesma forma, estes sonhadores contaminam seus próprios corpos, rejeitam as autoridades e difamam os seres celestiais.
9 तर प्रधान दूत माइकलले पनि मोशाको शरीरको विषयमा शैतानसित विवाद गर्दा त्यसको विरुद्धमा निन्दापूर्ण दोष लगाउन साहस गरेनन्, तर “प्रभुले तँलाई हप्काऊन्” मात्र भनेका थिए।
9 Contudo, nem mesmo o arcanjo Miguel, quando estava disputando com o diabo acerca do corpo de Moisés, ousou fazer acusação injuriosa contra ele, mas disse: "O Senhor o repreenda! "
10 तरै पनि यी मानिसहरूले निर्बुद्धि पशुहरूझैँ सहज बुद्धिले कुरा बुझ्छन्; त्यसैले तिनीहरू आफूले नबुझेका कुराहरूको निन्दा गर्छन्। यी कुराहरूले नै तिनीहरूलाई नष्ट गर्नेछन्।
10 Todavia, esses tais difamam tudo o que não entendem; e as coisas que entendem por instinto, como animais irracionais, nessas mesmas coisas se corrompem.
11 यस्ताहरूलाई धिक्कार छ! तिनीहरू कयिनको बाटोमा लागेका छन्। तिनीहरू लाभको निम्ति बालामको गल्तीतिर हतारिन्छन्। तिनीहरू कोरहको विद्रोहमा जस्तै नष्ट भएका छन्।
11 Ai deles! Pois seguiram o caminho de Caim, buscando o lucro, caíram no erro de Balaão e foram destruídos na rebelião de Corá.
12 यी मानिसहरू तिमीहरूका प्रेम भोजहरूमा कलङ्कहरू हुन्, जो सङ्कोचविना निर्धक्कसित तिमीहरूसँगै खान्छन्। तिनीहरू आफ्नै मात्र पेट भर्ने गोठालाहरू हुन्। तिनीहरू बतासले उडाइएका पानीविनाका बादलहरू हुन्। तिनीहरू शरद ऋतुका फल नभएका दुईपल्ट मरिसकेका र जरैसित उखेलिएका रूखहरू हुन्।
12 Esses homens são rochas submersas nas festas de fraternidade que vocês fazem, comendo com vocês de maneira desonrosa. São pastores que só cuidam de si mesmos. São nuvens sem água, impelidas pelo vento; árvores de outono, sem frutos, duas vezes mortas, arrancadas pela raiz.
13 तिनीहरू समुद्रका उर्लंदा छालहरू हुन्; जसले आफ्नै शर्मको फिँज काढ्छन्। तिनीहरू डुलुवा ताराहरू हुन्, जसका लागि सबैभन्दा कालो अन्धकार सदाको लागि साँचिएको छ।
13 São ondas bravias do mar, espumando seus próprios atos vergonhosos; estrelas errantes, para as quais estão reservadas para sempre as mais densas trevas.
14 आदमदेखि सातौँ पुस्ताका हनोकले यस्ता मानिसहरूबारे यसरी अगमवाणी गरेका थिए: “हेर, प्रभु हरेकको न्याय गर्नलाई आफ्ना हजारौँ-हजार पवित्र जनहरूसँग आउँदैहुनुहुन्छ;
14 Enoque, o sétimo a partir de Adão, profetizou acerca deles: "Vejam, o Senhor vem com milhares de milhares de seus santos,
15 अनि ती सबैलाई न्याय गर्न, र तिनीहरूले आफ्ना अभक्तिमा गरेका सबै ईश्वरहीन कामहरू, र ईश्वरहीन पापीहरूले उहाँको विरुद्ध बोलेका सबै कठोर वचनहरूको दण्ड दिनलाई आउँदैहुनुहुन्छ।”
15 para julgar a todos e convencer a todos os ímpios a respeito de todos os atos de impiedade que eles cometeram impiamente e acerca de todas as palavras insolentes que os pecadores ímpios falaram contra ele".
16 यी मानिसहरू गनगन गर्नेहरू र दोष खोज्नेहरू हुन्। तिनीहरू आफ्नै दुष्ट विचारको पछि लाग्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्छन्, र तिनीहरू आफ्नै लाभको निम्ति अरूको चापलुसी गर्दछन्।
16 Essas pessoas vivem se queixando e são descontentes com a sua sorte, seguem os seus próprios desejos impuros; são cheias de si e adulam os outros por interesse.
17 तर प्रिय मित्रहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले पहिलेबाट नै के भनेका छन्, सो सम्झना गर।
17 Todavia, amados, lembrem-se do que foi predito pelos apóstolos de nosso Senhor Jesus Cristo.
18 तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम समयहरूमा आफ्नै इच्छाहरूको पछि लाग्ने ईश्वरहीन निन्दकहरू हुनेछन्।”
18 Eles diziam a vocês: "Nos últimos tempos haverá zombadores que seguirão os seus próprios desejos ímpios".
19 यिनीहरू त्यस्ता मानिसहरू हुन्, जसले तिमीहरूमा विभाजन ल्याउँछन्, जससित परमेश्वरको आत्मा नभएका, तर सहज बुद्धिको पछि लाग्नेहरू हुन्।
19 Estes são os que causam divisões entre vocês, os quais seguem a tendência da sua própria alma e não têm o Espírito.
20 तर प्रिय मित्रहरू हो, तिमीहरूले आफूलाई अति पवित्र विश्वासमा निर्माण गर, पवित्र आत्मामा प्रार्थना गर।
20 Edifiquem-se, porém, amados, na santíssima fé que vocês têm, orando no Espírito Santo.
21 प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्वरको प्रेममा स्थिर बनाइराख।
21 Mantenham-se no amor de Deus, enquanto esperam que a misericórdia de nosso Senhor Jesus Cristo os leve para a vida eterna.
22 शङ्कालुहरूप्रति कृपालु बन।
22 Tenham compaixão daqueles que duvidam;
23 अरूलाई आगोमा पर्नबाट झट्टै बचाओ; उहाँको डरलाई हृदयमा राखेर अरूहरूप्रति सधैँ दया देखाओ। भ्रष्ट शरीरले दाग लगाएको वस्त्रलाई घृणा गर।
23 a outros, salvem-nos, arrebatando-os do fogo; a outros ainda, mostrem misericórdia com temor, odiando até a roupa contaminada pela carne.
24 अब उहाँलाई नै, जसले तिमीहरूलाई पतन हुनदेखि बचाउनुहुन्छ, र जसले तिमीहरूलाई उहाँको महिमित उपस्थितिमा अति आनन्दसाथ निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ,
24 Àquele que é poderoso para impedi-los de cair e para apresentá-los diante da sua glória sem mácula e com grande alegria,
25 हाम्रा एउटै मुक्तिदाता परमेश्वरलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन।
25 ao único Deus, nosso Salvador, sejam glória, majestade, poder e autoridade, mediante Jesus Cristo, nosso Senhor, antes de todos os tempos, agora e para todo o sempre! Amém.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Judas 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.