Judas 1

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 येशू ख्रीष्‍टको सेवक र याकोबको भाइ यहूदाबाट,
1 Judas, servo de Jesus Cristo, e irmão de Tiago, aos chamados, santificados em Deus Pai, e conservados por Jesus Cristo:
2 तिमीहरूलाई प्रशस्त मात्रामा कृपा, शान्ति र प्रेम!
2 Misericórdia, e paz, e amor vos sejam multiplicados.
3 प्रिय मित्रहरू हो, म तिमीहरूलाई हामी सहभागी भएको मुक्तिको विषयमा लेख्न अति इच्छुक भए तापनि परमेश्‍वरका सन्तहरूलाई सधैँको निम्ति सुम्पिएको विश्‍वासको रक्षा गर भनेर तिमीहरूलाई बिन्ती गर्दै लेख्न मलाई इच्छा लाग्यो।
3 Amados, procurando eu escrever-vos com toda a diligência acerca da salvação comum, tive por necessidade escrever-vos, e exortar-vos a batalhar pela fé que uma vez foi dada aos santos.
4 किनकि धेरै अगिदेखि दण्डको भागीदार छन् भनी लेखिएका कतिपय मानिसहरू तिमीहरूका बीचमा गुप्‍त रूपले पसिसकेका छन्। तिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई दुष्‍ट आचरणको अनुमतिपत्रको रूपमा बदल्छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्दछन्।
4 Porque se introduziram alguns, que já antes estavam escritos para este mesmo juízo, homens ímpios, que convertem em dissolução a graça de Deus, e negam a Deus, único dominador e Senhor nosso, Jesus Cristo.
5 तिमीहरूले यो सबै जानिसकेका छौ तापनि म तिमीहरूलाई यो स्मरण गराउन चाहन्छु—प्रभुले आफ्नो जातिलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तर विश्‍वास नगर्नेहरूलाई पछिबाट नष्‍ट गर्नुभयो।
5 Mas quero lembrar-vos, como a quem já uma vez soube isto, que, havendo o Senhor salvo um povo, tirando-o da terra do Egito, destruiu depois os que não creram;
6 ती स्वर्गदूतहरू, जसले आफ्नो अधिकारको स्थान राखेनन्, तर तिनीहरूका आफ्नै घरसमेत त्याग गर्नेलाई उहाँले त्यस महान् दिनको न्यायको निम्ति अनन्तको साङ्लोले बाँधेर अन्धकारमा राख्नुभएको छ।
6 E aos anjos que não guardaram o seu principado, mas deixaram a sua própria habitação, reservou na escuridão e em prisões eternas até ao juízo daquele grande dia;
7 यस्तै किसिमले सदोम र गमोरा, र छेउछाउका सहरहरूले आफूलाई व्यभिचारको अनैतिकता र भ्रष्‍टताको लागि दिइहाले। तिनीहरू अनन्तको आगोको दण्ड भोग्नेहरूका नमुना भएका छन्।
7 Assim como Sodoma e Gomorra, e as cidades circunvizinhas, que, havendo-se entregue à fornicação como aqueles, e ido após outra carne, foram postas por exemplo, sofrendo a pena do fogo eterno.
8 ठिक यही किसिमले यी मानिसहरू गुप्‍त रूपले पसेका छन्। यी ईश्‍वरहीन मानिसहरूले सपनाको आधारमा तिनीहरूका आफ्नै शरीरलाई दूषित पार्छन्; अधिकारलाई इन्कार गर्दछन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्।
8 E, contudo, também estes, semelhantemente adormecidos, contaminam a sua carne, e rejeitam a dominação, e vituperam as dignidades.
9 तर प्रधान दूत माइकलले पनि मोशाको शरीरको विषयमा शैतानसित विवाद गर्दा त्यसको विरुद्धमा निन्दापूर्ण दोष लगाउन साहस गरेनन्, तर “प्रभुले तँलाई हप्काऊन्” मात्र भनेका थिए।
9 Mas o arcanjo Miguel, quando contendia com o diabo, e disputava a respeito do corpo de Moisés, não ousou pronunciar juízo de maldição contra ele; mas disse: O Senhor te repreenda.
10 तरै पनि यी मानिसहरूले निर्बुद्धि पशुहरूझैँ सहज बुद्धिले कुरा बुझ्छन्; त्यसैले तिनीहरू आफूले नबुझेका कुराहरूको निन्दा गर्छन्। यी कुराहरूले नै तिनीहरूलाई नष्‍ट गर्नेछन्।
10 Estes, porém, dizem mal do que não sabem; e, naquilo que naturalmente conhecem, como animais irracionais se corrompem.
11 यस्ताहरूलाई धिक्‍कार छ! तिनीहरू कयिनको बाटोमा लागेका छन्। तिनीहरू लाभको निम्ति बालामको गल्तीतिर हतारिन्छन्। तिनीहरू कोरहको विद्रोहमा जस्तै नष्‍ट भएका छन्।
11 Ai deles! porque entraram pelo caminho de Caim, e foram levados pelo engano do prêmio de Balaão, e pereceram na contradição de Coré.
12 यी मानिसहरू तिमीहरूका प्रेम भोजहरूमा कलङ्कहरू हुन्, जो सङ्कोचविना निर्धक्‍कसित तिमीहरूसँगै खान्छन्। तिनीहरू आफ्नै मात्र पेट भर्ने गोठालाहरू हुन्। तिनीहरू बतासले उडाइएका पानीविनाका बादलहरू हुन्। तिनीहरू शरद ऋतुका फल नभएका दुईपल्ट मरिसकेका र जरैसित उखेलिएका रूखहरू हुन्।
12 Estes são manchas em vossas festas de amor, banqueteando-se convosco, e apascentando-se a si mesmos sem temor; são nuvens sem água, levadas pelos ventos de uma para outra parte; são como árvores murchas, infrutíferas, duas vezes mortas, desarraigadas;
13 तिनीहरू समुद्रका उर्लंदा छालहरू हुन्; जसले आफ्नै शर्मको फिँज काढ्छन्। तिनीहरू डुलुवा ताराहरू हुन्, जसका लागि सबैभन्दा कालो अन्धकार सदाको लागि साँचिएको छ।
13 Ondas impetuosas do mar, que escumam as suas mesmas abominações; estrelas errantes, para os quais está eternamente reservada a negrura das trevas.
14 आदमदेखि सातौँ पुस्ताका हनोकले यस्ता मानिसहरूबारे यसरी अगमवाणी गरेका थिए: “हेर, प्रभु हरेकको न्याय गर्नलाई आफ्ना हजारौँ-हजार पवित्र जनहरूसँग आउँदैहुनुहुन्छ;
14 E destes profetizou também Enoque, o sétimo depois de Adão, dizendo: Eis que é vindo o Senhor com milhares de seus santos;
15 अनि ती सबैलाई न्याय गर्न, र तिनीहरूले आफ्ना अभक्तिमा गरेका सबै ईश्‍वरहीन कामहरू, र ईश्‍वरहीन पापीहरूले उहाँको विरुद्ध बोलेका सबै कठोर वचनहरूको दण्ड दिनलाई आउँदैहुनुहुन्छ।”
15 Para fazer juízo contra todos e condenar dentre eles todos os ímpios, por todas as suas obras de impiedade, que impiamente cometeram, e por todas as duras palavras que ímpios pecadores disseram contra ele.
16 यी मानिसहरू गनगन गर्नेहरू र दोष खोज्नेहरू हुन्। तिनीहरू आफ्नै दुष्‍ट विचारको पछि लाग्छन्। तिनीहरू आफ्नै विषयमा घमण्ड गर्छन्, र तिनीहरू आफ्नै लाभको निम्ति अरूको चापलुसी गर्दछन्।
16 Estes são murmuradores, queixosos da sua sorte, andando segundo as suas concupiscências, e cuja boca diz coisas mui arrogantes, admirando as pessoas por causa do interesse.
17 तर प्रिय मित्रहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिलेबाट नै के भनेका छन्, सो सम्झना गर।
17 Mas vós, amados, lembrai-vos das palavras que vos foram preditas pelos apóstolos de nosso Senhor Jesus Cristo;
18 तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम समयहरूमा आफ्नै इच्छाहरूको पछि लाग्ने ईश्‍वरहीन निन्दकहरू हुनेछन्।”
18 Os quais vos diziam que nos últimos tempos haveria escarnecedores que andariam segundo as suas ímpias concupiscências.
19 यिनीहरू त्यस्ता मानिसहरू हुन्, जसले तिमीहरूमा विभाजन ल्याउँछन्, जससित परमेश्‍वरको आत्मा नभएका, तर सहज बुद्धिको पछि लाग्नेहरू हुन्।
19 Estes são os que a si mesmos se separam, sensuais, que não têm o Espírito.
20 तर प्रिय मित्रहरू हो, तिमीहरूले आफूलाई अति पवित्र विश्‍वासमा निर्माण गर, पवित्र आत्मामा प्रार्थना गर।
20 Mas vós, amados, edificando-vos a vós mesmos sobre a vossa santíssima fé, orando no Espírito Santo,
21 प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्‍वरको प्रेममा स्थिर बनाइराख।
21 Conservai-vos a vós mesmos no amor de Deus, esperando a misericórdia de nosso Senhor Jesus Cristo para a vida eterna.
22 शङ्कालुहरूप्रति कृपालु बन।
22 E apiedai-vos de alguns, usando de discernimento;
23 अरूलाई आगोमा पर्नबाट झट्टै बचाओ; उहाँको डरलाई हृदयमा राखेर अरूहरूप्रति सधैँ दया देखाओ। भ्रष्‍ट शरीरले दाग लगाएको वस्त्रलाई घृणा गर।
23 E salvai alguns com temor, arrebatando-os do fogo, odiando até a túnica manchada da carne.
24 अब उहाँलाई नै, जसले तिमीहरूलाई पतन हुनदेखि बचाउनुहुन्छ, र जसले तिमीहरूलाई उहाँको महिमित उपस्थितिमा अति आनन्दसाथ निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ,
24 Ora, àquele que é poderoso para vos guardar de tropeçar, e apresentar-vos irrepreensíveis, com alegria, perante a sua glória,
25 हाम्रा एउटै मुक्तिदाता परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन।
25 Ao único Deus sábio, Salvador nosso, seja glória e majestade, domínio e poder, agora, e para todo o sempre. Amém.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Judas 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.