3 João 1

npioncb (NPIONCB)

1 मण्डलीका प्रधानबाट,

2 प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्‍नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।

3 केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्‍वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्‍ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु।

4 मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्‍ने कुरा सुन्‍न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।

5 हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्‍वासयोग्य छौ।

6 तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्‍वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ।

7 तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्।

8 यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्‍नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ।

9 मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन।

10 यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्‍ट नभएर त्यसले अरू विश्‍वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।

11 हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्‍वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्‍वरलाई देखेको छैन।

12 डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्‌ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ।

13 मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्‍नँ।

14 म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।

15 तिमीलाई शान्ति होस्!

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 3 João 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.