Gênesis 10

npioncb (NPIONCB)

1 नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।

2 येपेतका छोराहरू:

3 गोमेरका छोराहरू:

4 यावानका छोराहरू:

5 (यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)

6 हामका छोराहरू:

7 कूशका छोराहरू:

8 कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।

9 तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।”

10 तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्।

11 त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू

12 अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।

13 इजिप्टचाहिँ यिनीहरूका पिता थिए:

14 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू।

15 कनानचाहिँ यिनीहरूका पिता थिए:

16 यबूसी, एमोरी, गिर्गाशी,

17 हिव्वी, अरकी, सिनी,

18 अर्वादी, सेमारी र हमातीहरू।

19 अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।

20 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।

21 शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।

22 शेमका छोराहरू:

23 अरामका छोराहरू:

24 अर्पक्षद शेलहका पिता थिए,

25 एबेरका दुई छोराहरू जन्मिए:

26 योक्तान यिनीहरूका पिता थिए:

27 हदोराम, ऊजाल, दिक्ला,

28 ओबाल, अबीमाएल, शेबा,

29 ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।

30 (तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)

31 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।

32 तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्‍न जातिहरू फैलिँदै गए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.