Ezequiel 40

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 हाम्रो निर्वासनको पच्‍चीसौँ वर्षको सुरुमा, महिनाको दसौँ दिनमा, सहर पतन भएको चौधौँ वर्षमा, त्यसै दिन याहवेहको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो।
1 No ano vinte e cinco da nossa deportação, no começo do ano, no décimo mês, catorze anos após a queda da cidade, naquele mesmo dia, a mão do Senhor veio sobre mim. Deus me transportou,
2 परमेश्‍वरको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो र मलाई एउटा अति उच्‍च पर्वतमाथि राख्नुभयो, जसको दक्षिण भागतिर सहरजस्तै देखिने भवनहरू थिए।
2 no curso das visões divinas, à terra de Israel. Ele me colocou nos cimos de uma montanha muito elevada, sobre a qual pareciam elevar-se, do lado do meio-dia, as construções de uma cidade.
3 उहाँले मलाई त्यहाँ लैजानुभयो र मैले एक जना मानिसलाई देखेँ, जसको रूप काँसाजस्तै थियो; तिनको एउटा हातमा मिहिन सुतीको डोरी र एउटा नाप्‍ने टाँगो थियो; अनि तिनी मूलढोकामा उभिरहेका थिए।
3 Conduzido ao lugar, divisei um homem que parecia ser de bronze, levando nas mãos uma corda de linho e uma cana de agrimensor. Ele permanecia de pé à porta.
4 ती मानिसले मलाई भने, “हे मानिसको छोरा, मैले तँलाई देखाउन लागेको हरेक कुरालाई आँखाले हेर्, र कानले सुन्। अनि त्यसमा ध्यान लगा; किनकि यही कुरा देखाउनका निम्ति तँ यहाँ ल्याइएको होस्। तैँले देखेको हरेक कुरा इस्राएलका मानिसहरूलाई बताइदे।”
4 Esse homem dirigiu-me as seguintes palavras: Filho do homem, volta os teus olhos, escuta com teus ouvidos, e presta bem atenção a tudo quanto te vou mostrar, porque é para esse espetáculo que foste transportado até aqui. Darás conhecimento aos israelitas de tudo o que te vou mostrar.
5 मैले मन्दिरको क्षेत्रको बाहिर वरिपरि पूर्ण रूपले पर्खालले घेरिराखेको देखेँ। ती मानिसको हातमा भएको नाप्‍ने टाँगोको लम्बाइ छ क्यूबिट थियो, जसमध्ये हरेक एक क्यूबिट र चार औँला बढी नापको थियो। तिनले पर्खाल नापे; त्यो एक क्यूबिट मोटो र एक क्यूबिट अग्लो थियो।
5 Um muro exterior formava o recinto do templo. O homem tinha na mão uma cana de agrimensor, de seis côvados {cada côvado tendo um palmo a mais que o côvado corrente}. Ele mediu a largura da construção - uma cana - e a altura - também uma cana.
6 तब तिनी पूर्वको मूलढोकामा गए। तिनी सिँढी उक्लेर तिनले मूलढोकाको सँघार नापे, जसको गहिराइ एक टाँगो थियो।
6 Voltou em seguida ao pórtico oriental; subiu os degraus e mediu a soleira da porta, que tinha uma cana de profundidade.
7 पहरेदारहरूका निम्ति कोठाहरू एक टाँगो लम्बाइ र एक टाँगो चौडाइ थिए; अनि कोठाहरूका बीचमा बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट मोटो थिए। अनि मन्दिरतिर फर्केको दलानको छेउको मूलढोकाको सँघार एक टाँगो गहिरो थियो।
7 Cada câmara tinha uma cana de comprimento e uma cana de largura: entre cada câmara havia cinco côvados. A soleira do pórtico do lado do vestíbulo, para o interior, media uma cana.
8 तब तिनले मूलढोकाको दलान नापे;
8 Ele mediu o vestíbulo do pórtico, para o interior.
9 त्यस मूलढोकाको दलान आठ क्यूबिट गहिरो थियो। अनि मूलढोकाका दलानका ढोकाका सँघारहरू दुई क्यूबिट मोटा थिए। मूलढोकाको दलान मन्दिरतिर फर्केको थियो।
9 Ele tinha oito côvados, e suas pilastras, dois côvados. Esse vestíbulo do pórtico estava situado no interior.
10 पूर्वीय मूलढोकाको भित्र प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; ती तीन-तीन वटा कोठा एकै नापका थिए; अनि कोठाका वरिपरिका प्रत्येक भित्ताहरूको हरेक छेउ एकै नापका थिए।
10 As câmaras do pórtico oriental eram em número de três de cada lado: Tinham todas as três as mesmas dimensões, do mesmo modo que as pilastras.
11 तब तिनले मूलढोकाको प्रवेशद्वारको चौडाइ नापे; त्यो दश क्यूबिट चौडा थियो र त्यसको लम्बाइ तेह्र क्यूबिट थियो।
11 Ele mediu a largura do vão da porta: dez côvados; a extensão do pórtico era de treze côvados.
12 प्रत्येक कोठाको अगाडि एक क्यूबिट अग्लो पर्खाल थियो; अनि कोठाहरू छ क्यूबिट लम्बाइ र छ क्यूबिट चौडाइको वर्गाकार थियो।
12 Diante dos cômodos havia uma barreira de um côvado de cada lado. A própria câmara media seis côvados em cada direção.
13 त्यसपछि तिनले एउटा कोठाको पछाडिको पर्खालको टुप्पोबाट त्यसको विपरीत भएको पर्खालको टुप्पोसम्मको मूलढोकाको नाप लिए; एउटा ढोकाबाट अर्को ढोकासम्मको दूरी पच्‍चीस क्यूबिट थियो।
13 Mediu o pórtico, desde o teto de uma câmara até o teto de outra: vinte e cinco côvados de largura, de porta a porta.
14 तिनले मूलढोकाको भित्रपट्टिका सबै वरिपरिका पर्खालहरू नापे—त्यो साठी क्यूबिट थियो। यो नाप चोकतिर फर्केको दलानसम्म थियो।
14 Depois contou sessenta côvados para as pilastras, perto das quais se encontrava a átrio que rodeava o pórtico.
15 मूलढोकाको प्रवेशद्वारदेखि भित्री दलानको पल्‍लो छेउसम्मको दूरी पचास क्यूबिट थियो।
15 O espaço entre a porta de entrada e o vestíbulo da porta interior era de cinqüenta côvados.
16 प्रवेशद्वार भित्रको कोठामा र मूलढोकाको भित्रपट्टि चारैतिरका भित्ताहरूमाथि साँघुरा झ्यालहरू थिए; अनि दलानहरू पनि त्यस्तै थिए, र ती सबै झ्यालहरू भित्रपट्टि फर्केका थिए। बाहिरतिर देखिने भित्ताका भागहरूमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
16 Havia nas câmaras e nas pilastras janelas gradeadas para o interior do pórtico; havia o mesmo nos vestíbulos: janelas se encontravam em toda a volta, dando para o interior. Sobre as pilastras, havia palmeiras.
17 तब तिनले मलाई बाहिरी चोकमा ल्याए। त्यहाँ मैले केही कोठाहरू र चोकका चारैतिर ढुङ्गाले छापेर बनाइएको पिँडी देखेँ; ती ढुङ्गा छापेर बनिएको पिँडीमा तीस वटा कोठाहरू थिए।
17 Em seguida ele me fez entrar no átrio exterior onde vi câmaras, e um lajeamento disposto em redor do átrio: sobre esse lajeamento havia trinta câmaras.
18 ढुङ्गा छापिएका बाटो मूलढोकाका किनारहरूसम्म नै थिए; अनि ती लम्बाइ र चौडाइमा बराबर थिए, त्यो तल्‍लो आँगन थियो।
18 O lajeamento se estendia de cada lado dos pórticos, numa extensão igual à extensão desse pórtico: era o pavimento interior.
19 त्यसपछि तिनले तल्‍लो मूलढोकाको भित्री भागदेखि भित्री चोकको बाहिरी भागसम्मको दूरी नापे; त्यो पूर्वतिर र उत्तरतिर एक सय क्यूबिट नाप थियो।
19 Ele mediu a largura desde a frente do pórtico interior até diante do ártrio interior: cem côvados ao leste e ao norte.
20 तब तिनले बाहिरी चोकतिर जाने उत्तरतिर फर्केको मूलढोकाको लम्बाइ र चौडाइ नापे।
20 Quanto ao pórtico setentrional do ártrio exterior, mediu a extensão e a largura.
21 यसका कोठाहरू—प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; अनि त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पहिलो मूलढोकाका जति नै थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
21 Os aposentos eram em número de três de cada lado; suas pilastras e seus vestíbulos tinham as mesmas dimensões que as do primeiro pórtico: cinqüenta côvados de extensão por vinte e cinco de largura.
22 त्यसका झ्यालहरू, त्यसको दलान र त्यसका सिँगार्ने खजूरका रूखहरूका नापहरू पूर्वतिर फर्केको मूलढोकाका जति नै थिए। पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए र विपरीत दिशामा दलान थियो।
22 Suas janelas, seu vestíbulo e suas palmeiras tinham as mesmas dimensões que as do pórtico oriental. Chegava-se aí por sete degraus, em frente dos quais ficava o seu vestíbulo.
23 पूर्व मूलढोकामा भएजस्तै उत्तरी ढोकातिर फर्केका भित्री चोकमा जाने ढोका थियो। तिनले एउटा ढोकादेखि विपरीततिरका ढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
23 Diante do pórtico norte, como diante do pórtico oriental, havia uma porta com saída para o átrio interior. De um pórtico a outro contou cem côvados.
24 त्यसपछि तिनले मलाई दक्षिण भागतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूलढोका देखेँ। तिनले त्यस ढोकाको सँघार र दलान नापे; अनि तिनीहरूका नापहरू पूर्वीय र उत्तरी मूलढोकाको नापजस्तै थिए।
24 Ele me conduziu até o lado do meio-dia, onde vi o pórtico meridional. As pilastras e o vestíbulo, que mediu, tinham idêntica dimensão.
25 दक्षिणी मूलढोका र यसको दलानका वरिपरि साँघुरा झ्यालहरू अरू भित्ताका झ्यालहरूजस्ता थिए। दक्षिणी मूलढोका पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
25 Esse pórtico tinha, em todo o seu âmbito, assim como seu vestíbulo, janelas semelhantes às outras. Havia cinqüenta côvados de extensão por vinte e cinco de largura.
26 पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए, र त्यसको विपरीतपट्टि दलान थियो; बाहिरतिर देखिने भित्ताका हरेक भागमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
26 Chegava-se aí por sete degraus, em frente dos quais ficava o vestíbulo. De uma e outra parte havia palmeiras em suas pilastras.
27 भित्री चोकमा पनि दक्षिणतिर फर्केको एउटा मूलढोका थियो; अनि तिनले यस दक्षिणी मूलढोकाबाट दक्षिणतिरको बाहिरी मूलढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
27 O átrio interior tinha também um pórtico meridional. De um pórtico a outro, para o meio-dia, contou cem côvados.
28 त्यसपछि तिनले मलाई दक्षिणी मूलढोका हुँदै भित्री चोकमा ल्याए; अनि तिनले दक्षिणी ढोकालाई नापे; त्यसको नाप अरू ढोकाहरूको जस्तै थियो।
28 Ele me fez entrar no átrio interior pelo pórtico meridional, o qual tinha as mesmas dimensões.
29 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
29 Suas câmaras, pilastras e vestíbulo tinham as mesmas dimensões. Esse pórtico, assim como o seu vestíbulo, estavam guarnecidos de janelas em toda a volta. Suas dimensões eram: cinqüenta côvados de extensão por vinte e cinco de largura.
30 (भित्री चोकको चारैतिरका मूलढोकाहरूका दलानहरू पच्‍चीस क्यूबिट लम्बाइ र पाँच क्यूबिट चौडाइ थियो)।
30 Em toda a volta havia vestíbulos de vinte e cinco côvados de comprimento por cinco de largura.
31 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारहरूलाई खजूरका रूखहरूका बुट्टाले दुवैतिर सिँगारेका थिए; अनि मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
31 Seu vestíbulo se encontrava do lado do átrio exterior. Suas pilastras eram ornadas de palmeiras; subia-se até aí por uma escada de oito degraus.
32 त्यसपछि तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे; ती प्रवेशद्वारका नाप अरू प्रवेशद्वारको जस्तै एकै नापको थियो।
32 Depois conduziu-me ao pórtico oriental do átrio interior, que ele mediu, e no qual encontrou as mesmas dimensões.
33 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
33 Tinham também as mesmas dimensões suas câmaras, pilastras e vestíbulo. O pórtico assim como seu vestíbulo, estavam guarnecidos de janelas em toda a sua extensão. Suas dimensões eram de cinqüenta côvados de comprimento por vinte e cinco de largura.
34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
34 Seu vestíbulo dava para o átrio exterior. Havia, de uma e outra parte, palmeiras em suas pilastras, e uma escada de oito degraus.
35 त्यसपछि तिनले मलाई उत्तरी मूलढोकामा ल्याए र त्यसलाई नापे। त्यसका नापहरू अरूका जस्तै थिए;
35 Ele me conduziu então ao pórtico setentrional, que mediu, e no qual encontrou as mesmas dimensões,
36 अनि त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पनि त्यस्तै थिए, र त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्‍चीस क्यूबिट चौडाइ थियो।
36 do mesmo modo que em suas câmaras, pilastras e vestíbulo. Havia janelas em toda a volta. As dimensões eram de cinqüenta côvados de comprimento por vinte e cinco de largura.
37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
37 Seu vestíbulo dava para o átrio exterior. Havia, de uma a outra parte, palmeiras em suas pilastras, e uma escada de oito degraus.
38 प्रत्येक भित्री मूलढोकामा भएको दलानको छेउमा ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलिका पशुहरूलाई धुने गरिन्थ्यो।
38 Havia uma sala, cuja porta se encontrava junto às pilastras dos pórticos; era lá que se lavavam os holocaustos.
39 मूलढोकाको दलानमा दुवैतिर दुई-दुई वटा टेबुलहरू थिए, जुन टेबुलमा होमबलिहरू, पापबलिहरू र दोषबलिहरूका पशुहरू काट्ने गरिन्थ्यो।
39 No vestíbulo do pórtico encontravam-se, de uma e outra parte, duas mesas nas quais se degolavam as vítimas destinadas aos sacrifícios pelo pecado e pelo delito.
40 प्रवेशद्वारका दलानको भित्ताको छेउमा उत्तरीय मूलढोकातिर जाने प्रवेशद्वारको नजिकै दुई वटा टेबुलहरू थिए; अनि खुड्किलाहरूको अर्कोपट्टि दुई वटा टेबुलहरू थिए।
40 No exterior, do lado norte, para quem subia no pórtico, encontravam-se duas mesas, e duas outras mesas do lado do vestíbulo desse pórtico.
41 यसरी मूलढोकाको एकातिर चार वटा टेबुलहरू थिए र अर्कोतिर चार वटा गरी जम्मा आठ वटा टेबुलहरू थिए; जसमाथि बलिदानका पशुहरू काट्ने गरिन्थ्यो।
41 Assim, quatro mesas de cada lado do pórtico, o que perfaz oito mesas, nas quais se degolavam as vítimas.
42 त्यहाँ होमबलिहरूका निम्ति कुँदेका ढुङ्गाका चार वटा टेबुलहरू पनि थिए। ती हरेक टेबुलहरू डेढ क्यूबिट लम्बाइ, डेढ क्यूबिट चौडाइ र एक क्यूबिट अग्ला थिए। त्यहाँ होमबलिहरू र अरू बलिदान गर्दा चलाउने हातहतियारहरू राखिन्थे।
42 Havia, além disso, para os holocaustos, quatro mesas de pedra de cantaria, do comprimento de um côvado e meio, e a largura de um côvado e meio e a altura de um côvado. Depositavam-se nelas os instrumentos que serviam para degolar as vítimas dos holocaustos e dos sacrifícios.
43 अनि चारैतिर भित्तामा एक हात चोडा भएको दुई चुच्‍चे अङ्कुसेहरू झुण्डाइएका थिए। ती टेबुलहरू बलि चढाइएका मासुहरूका निम्ति थिए।
43 Havia bordas da largura de um palmo em todo o âmbito interior. Era sobre essas mesas que eram depositadas as carnes sacrificadas.
44 भित्री मूलढोकाको बाहिरपट्टि भित्री चोकभित्रै दुई वटा कोठाहरू थिए; अनि एउटा कोठा दक्षिणतिर फर्केको उत्तरी मूलढोकाको छेउमा थियो, र अर्को कोठा दक्षिणी मूलढोकाको छेउमा उत्तरतिर फर्केको थियो।
44 No átrio interior, fora do pórtico interior, ficavam os lugares dos cantores, um do lado do pórtico setentrional, olhando para o sul, outro do lado do pórtico oriental, olhando para o norte.
45 तिनले मलाई भने, “दक्षिणतिर फर्केको कोठा पुजारीहरूका निम्ति हो, जसले मन्दिरको जिम्मेवारी वहन गर्दथे।
45 O homem disse-me: Esta câmara, que olha para o sul, é reservada aos sacerdotes que têm a guarda do templo;
46 उत्तरतिर फर्केको कोठा ती पुजारीहरूका निम्ति हो, जसले वेदीको जिम्मेवारी वहन गर्दथे। यिनीहरू सादोकका छोराहरू हुन्, र ती लेवीहरू हुन्, जसले मात्र याहवेहको सेवा गर्नलाई उहाँको छेउमा जान पाउनेछन्।”
46 e a que olha para o norte é destinada aos sacerdotes que fazem o serviço do altar. Estes são os descendentes de Sadoc, {únicos} descendentes de Levi que {podem} aproximar-se do Senhor para o servirem.
47 त्यसपछि तिनले चोकको नाप लिए; त्यो एउटा वर्गाकार थियो—एक सय क्यूबिट लम्बाइ र एक सय क्यूबिट चौडाइ। अनि वेदीचाहिँ मन्दिरको अगाडिपट्टि थियो।
47 Mediu o átrio: era um quadrado de cem côvados de lado. O altar encontrava-se diante do edifício.
48 तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका ढोकाको सँघार नापे; ती दुवैतिर पाँच क्यूबिट चौडा थिए। प्रवेशद्वारको चौडाइ चौध क्यूबिट थियो र कोठाका बाहिर देखिने दुवैपट्टिका भित्ताहरू तीन क्यूबिट चौडा थिए।
48 Ele conduziu-me então ao vestíbulo do templo, cujas pilastras mediu: cinco côvados de cada lado, enquanto a largura do pórtico era de três côvados de cada lado.
49 त्यसको दलान बीस क्यूबिट चौडा र अगाडिको भागदेखि पछाडिको भागसम्म बाह्र क्यूबिट थियो। दलानसम्म जानलाई दश खुड्किलाहरू थिए; अनि ढोकाको सँघारका दुवैतिर मन्दिरको अगाडिपट्टि खम्बाहरू थिए।
49 O vestíbulo tinha vinte côvados de comprimento por onze de largura; chegava-se aí por degraus. Junto às pilastras, de uma e outra parte, havia {duas} colunas.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 40, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.