Ezequiel 40
npioncb (NPIONCB) vs ARA
1 हाम्रो निर्वासनको पच्चीसौँ वर्षको सुरुमा, महिनाको दसौँ दिनमा, सहर पतन भएको चौधौँ वर्षमा, त्यसै दिन याहवेहको हात ममाथि थियो र उहाँले मलाई त्यहाँ लानुभयो।
1 No ano vigésimo quinto do nosso exílio, no princípio do ano, no décimo dia do mês, catorze anos após ter caído a cidade, nesse mesmo dia, veio sobre mim a mão do Senhor , e ele me levou para lá.
2 परमेश्वरको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो र मलाई एउटा अति उच्च पर्वतमाथि राख्नुभयो, जसको दक्षिण भागतिर सहरजस्तै देखिने भवनहरू थिए।
2 Em visões, Deus me levou à terra de Israel e me pôs sobre um monte muito alto; sobre este havia um como edifício de cidade, para o lado sul.
3 उहाँले मलाई त्यहाँ लैजानुभयो र मैले एक जना मानिसलाई देखेँ, जसको रूप काँसाजस्तै थियो; तिनको एउटा हातमा मिहिन सुतीको डोरी र एउटा नाप्ने टाँगो थियो; अनि तिनी मूलढोकामा उभिरहेका थिए।
3 Ele me levou para lá, e eis um homem cuja aparência era como a do bronze; estava de pé na porta e tinha na mão um cordel de linho e uma cana de medir.
4 ती मानिसले मलाई भने, “हे मानिसको छोरा, मैले तँलाई देखाउन लागेको हरेक कुरालाई आँखाले हेर्, र कानले सुन्। अनि त्यसमा ध्यान लगा; किनकि यही कुरा देखाउनका निम्ति तँ यहाँ ल्याइएको होस्। तैँले देखेको हरेक कुरा इस्राएलका मानिसहरूलाई बताइदे।”
4 Disse-me o homem: Filho do homem, vê com os próprios olhos, ouve com os próprios ouvidos; e põe no coração tudo quanto eu te mostrar, porque para isso foste trazido para aqui; anuncia, pois, à casa de Israel tudo quanto estás vendo.
5 मैले मन्दिरको क्षेत्रको बाहिर वरिपरि पूर्ण रूपले पर्खालले घेरिराखेको देखेँ। ती मानिसको हातमा भएको नाप्ने टाँगोको लम्बाइ छ क्यूबिट थियो, जसमध्ये हरेक एक क्यूबिट र चार औँला बढी नापको थियो। तिनले पर्खाल नापे; त्यो एक क्यूबिट मोटो र एक क्यूबिट अग्लो थियो।
5 Vi um muro exterior que rodeava toda a casa e, na mão do homem, uma cana de medir, de seis côvados, cada um dos quais media um côvado e quatro dedos. Ele mediu a largura do edifício, uma cana; e a altura, uma cana.
6 तब तिनी पूर्वको मूलढोकामा गए। तिनी सिँढी उक्लेर तिनले मूलढोकाको सँघार नापे, जसको गहिराइ एक टाँगो थियो।
6 Então, veio à porta que olhava para o oriente e subiu pelos seus degraus; mediu o limiar da porta: uma cana de largura, e o outro limiar: uma cana de largura.
7 पहरेदारहरूका निम्ति कोठाहरू एक टाँगो लम्बाइ र एक टाँगो चौडाइ थिए; अनि कोठाहरूका बीचमा बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट मोटो थिए। अनि मन्दिरतिर फर्केको दलानको छेउको मूलढोकाको सँघार एक टाँगो गहिरो थियो।
7 Cada câmara tinha uma cana de comprido e uma cana de largura; o espaço entre uma e outra câmara era de cinco côvados; o limiar da porta, junto ao vestíbulo da porta interior, tinha uma cana.
8 तब तिनले मूलढोकाको दलान नापे;
8 Também mediu o vestíbulo da porta interior: uma cana.
9 त्यस मूलढोकाको दलान आठ क्यूबिट गहिरो थियो। अनि मूलढोकाका दलानका ढोकाका सँघारहरू दुई क्यूबिट मोटा थिए। मूलढोकाको दलान मन्दिरतिर फर्केको थियो।
9 Então, mediu o vestíbulo da porta, que tinha oito côvados; e os seus pilares: dois côvados; o vestíbulo olha do interior da casa para a porta.
10 पूर्वीय मूलढोकाको भित्र प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; ती तीन-तीन वटा कोठा एकै नापका थिए; अनि कोठाका वरिपरिका प्रत्येक भित्ताहरूको हरेक छेउ एकै नापका थिए।
10 A porta para o lado oriental possuía três câmaras de cada lado, cuja medida era a mesma para cada uma; também os pilares deste lado e do outro mediam o mesmo.
11 तब तिनले मूलढोकाको प्रवेशद्वारको चौडाइ नापे; त्यो दश क्यूबिट चौडा थियो र त्यसको लम्बाइ तेह्र क्यूबिट थियो।
11 Mediu mais a largura da entrada da porta, que era de dez côvados; a profundidade da entrada: treze côvados.
12 प्रत्येक कोठाको अगाडि एक क्यूबिट अग्लो पर्खाल थियो; अनि कोठाहरू छ क्यूबिट लम्बाइ र छ क्यूबिट चौडाइको वर्गाकार थियो।
12 O espaço em frente das câmaras era de um côvado, e de um côvado, o espaço do outro lado; cada câmara tinha seis côvados em quadrado.
13 त्यसपछि तिनले एउटा कोठाको पछाडिको पर्खालको टुप्पोबाट त्यसको विपरीत भएको पर्खालको टुप्पोसम्मको मूलढोकाको नाप लिए; एउटा ढोकाबाट अर्को ढोकासम्मको दूरी पच्चीस क्यूबिट थियो।
13 Então, mediu a porta desde a extremidade do teto de uma câmara até à da outra: vinte e cinco côvados de largura; e uma porta defronte da outra.
14 तिनले मूलढोकाको भित्रपट्टिका सबै वरिपरिका पर्खालहरू नापे—त्यो साठी क्यूबिट थियो। यो नाप चोकतिर फर्केको दलानसम्म थियो।
14 Mediu a distância até aos pilares, sessenta côvados, e o átrio se estendia até aos pilares em redor da porta.
15 मूलढोकाको प्रवेशद्वारदेखि भित्री दलानको पल्लो छेउसम्मको दूरी पचास क्यूबिट थियो।
15 Desde a dianteira da porta da entrada até à dianteira do vestíbulo da porta interior, havia cinquenta côvados.
16 प्रवेशद्वार भित्रको कोठामा र मूलढोकाको भित्रपट्टि चारैतिरका भित्ताहरूमाथि साँघुरा झ्यालहरू थिए; अनि दलानहरू पनि त्यस्तै थिए, र ती सबै झ्यालहरू भित्रपट्टि फर्केका थिए। बाहिरतिर देखिने भित्ताका भागहरूमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
16 Havia também janelas com fasquias fixas superpostas para as câmaras e para os pilares, e da mesma sorte, para os vestíbulos; as janelas estavam à roda pela parte de dentro, e nos pilares havia palmeiras esculpidas.
17 तब तिनले मलाई बाहिरी चोकमा ल्याए। त्यहाँ मैले केही कोठाहरू र चोकका चारैतिर ढुङ्गाले छापेर बनाइएको पिँडी देखेँ; ती ढुङ्गा छापेर बनिएको पिँडीमा तीस वटा कोठाहरू थिए।
17 Ele me levou ao átrio exterior; e eis que havia nele câmaras e um pavimento feito no átrio em redor; defronte deste pavimento havia trinta câmaras.
18 ढुङ्गा छापिएका बाटो मूलढोकाका किनारहरूसम्म नै थिए; अनि ती लम्बाइ र चौडाइमा बराबर थिए, त्यो तल्लो आँगन थियो।
18 O pavimento ao lado das portas era a par do comprimento das portas; era o pavimento inferior.
19 त्यसपछि तिनले तल्लो मूलढोकाको भित्री भागदेखि भित्री चोकको बाहिरी भागसम्मको दूरी नापे; त्यो पूर्वतिर र उत्तरतिर एक सय क्यूबिट नाप थियो।
19 Então, mediu a largura desde a dianteira da porta inferior até à dianteira do átrio interior, por fora: cem côvados do lado leste e do norte.
20 तब तिनले बाहिरी चोकतिर जाने उत्तरतिर फर्केको मूलढोकाको लम्बाइ र चौडाइ नापे।
20 Quanto à porta que olhava para o norte, no átrio exterior, ele mediu o seu comprimento e a sua largura.
21 यसका कोठाहरू—प्रत्येक छेउमा तीन वटा कोठाहरू थिए; अनि त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पहिलो मूलढोकाका जति नै थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्चीस क्यूबिट चौडाइ थियो।
21 As suas câmaras, três de um lado e três do outro, e os seus pilares, e os seus vestíbulos eram da medida do primeiro vestíbulo; de cinquenta côvados era o seu comprimento, e a largura, de vinte e cinco côvados.
22 त्यसका झ्यालहरू, त्यसको दलान र त्यसका सिँगार्ने खजूरका रूखहरूका नापहरू पूर्वतिर फर्केको मूलढोकाका जति नै थिए। पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए र विपरीत दिशामा दलान थियो।
22 As suas janelas, e os seus vestíbulos, e as suas palmeiras eram da medida da porta que olhava para o oriente; subia-se para ela por sete degraus, e o seu vestíbulo estava diante dela.
23 पूर्व मूलढोकामा भएजस्तै उत्तरी ढोकातिर फर्केका भित्री चोकमा जाने ढोका थियो। तिनले एउटा ढोकादेखि विपरीततिरका ढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
23 Essa porta do átrio interior estava defronte tanto da porta do norte como da do oriente; e mediu, de porta a porta, cem côvados.
24 त्यसपछि तिनले मलाई दक्षिण भागतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूलढोका देखेँ। तिनले त्यस ढोकाको सँघार र दलान नापे; अनि तिनीहरूका नापहरू पूर्वीय र उत्तरी मूलढोकाको नापजस्तै थिए।
24 Então, ele me levou para o lado sul, e eis que havia ali uma porta que olhava para o sul; e mediu os seus pilares e os seus vestíbulos, que tinham as mesmas dimensões.
25 दक्षिणी मूलढोका र यसको दलानका वरिपरि साँघुरा झ्यालहरू अरू भित्ताका झ्यालहरूजस्ता थिए। दक्षिणी मूलढोका पचास क्यूबिट लम्बाइ र पच्चीस क्यूबिट चौडाइ थियो।
25 Havia também janelas em redor dos seus vestíbulos, como as outras janelas; cinquenta côvados, o comprimento do vestíbulo, e a largura, vinte e cinco côvados.
26 पूर्वी मूलढोकामा जाने सात वटा खुड्किलाहरू थिए, र त्यसको विपरीतपट्टि दलान थियो; बाहिरतिर देखिने भित्ताका हरेक भागमा खजूरका बोटहरूका बुट्टा खोपेर सिँगारिएका थिए।
26 De sete degraus eram as suas subidas, e os seus vestíbulos estavam diante deles; e tinha palmeiras esculpidas, uma de um lado e outra do outro, nos seus pilares.
27 भित्री चोकमा पनि दक्षिणतिर फर्केको एउटा मूलढोका थियो; अनि तिनले यस दक्षिणी मूलढोकाबाट दक्षिणतिरको बाहिरी मूलढोकासम्म नापे; त्यो एक सय क्यूबिट थियो।
27 Também havia uma porta no átrio interior para o sul; e mediu, de porta a porta, para o sul, cem côvados.
28 त्यसपछि तिनले मलाई दक्षिणी मूलढोका हुँदै भित्री चोकमा ल्याए; अनि तिनले दक्षिणी ढोकालाई नापे; त्यसको नाप अरू ढोकाहरूको जस्तै थियो।
28 Então, me levou ao átrio interior pela porta do sul; e mediu a porta do sul, que tinha as mesmas dimensões.
29 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्चीस क्यूबिट चौडाइ थियो।
29 As suas câmaras, e os seus pilares, e os seus vestíbulos eram segundo estas medidas; e tinham também janelas ao redor dos seus vestíbulos; o comprimento do vestíbulo era de cinquenta côvados, e a largura, de vinte e cinco côvados.
30 (भित्री चोकको चारैतिरका मूलढोकाहरूका दलानहरू पच्चीस क्यूबिट लम्बाइ र पाँच क्यूबिट चौडाइ थियो)।
30 Havia vestíbulos em redor; o comprimento era de vinte e cinco côvados, e a largura, de cinco côvados.
31 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारहरूलाई खजूरका रूखहरूका बुट्टाले दुवैतिर सिँगारेका थिए; अनि मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
31 Os seus vestíbulos olhavam para o átrio exterior, e havia palmeiras nos seus pilares; e de oito degraus eram as suas subidas.
32 त्यसपछि तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे; ती प्रवेशद्वारका नाप अरू प्रवेशद्वारको जस्तै एकै नापको थियो।
32 Depois, me levou ao átrio interior, para o oriente, e mediu a porta, que tinha as mesmas dimensões.
33 त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसका दलानका नापहरू पनि अरूहरूजस्तै थिए। मूलढोका र त्यसका दलानका झ्यालहरू चारैतिर थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्चीस क्यूबिट चौडाइ थियो।
33 Também as suas câmaras, e os seus pilares, e os seus vestíbulos, segundo estas medidas; havia também janelas em redor dos seus vestíbulos; o comprimento do vestíbulo era de cinquenta côvados, e a largura, de vinte e cinco côvados.
34 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
34 Os seus vestíbulos olhavam para o átrio exterior; também havia palmeiras nos seus pilares, de um e de outro lado; e eram as suas subidas de oito degraus.
35 त्यसपछि तिनले मलाई उत्तरी मूलढोकामा ल्याए र त्यसलाई नापे। त्यसका नापहरू अरूका जस्तै थिए;
35 Então, me levou à porta do norte e a mediu; tinha as mesmas dimensões.
36 अनि त्यसका कोठाहरू, त्यसका बाहिर देखिने भित्ताहरू र त्यसको दलानका नापहरू पनि त्यस्तै थिए, र त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास क्यूबिट लम्बाइ र पच्चीस क्यूबिट चौडाइ थियो।
36 Também as suas câmaras, e os seus pilares, e os seus vestíbulos, e as suas janelas em redor; o comprimento do vestíbulo era de cinquenta côvados, e a largura, de vinte e cinco côvados.
37 त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो; त्यसका ढोकाको सँघारमा खजूरका बोटका चित्रहरू दुवैतिर सजाइएका थिए। मूलढोकासम्म पुग्नलाई आठ वटा खुड्किलाहरू थिए।
37 Os seus pilares olhavam para o átrio exterior; também havia palmeiras nos seus pilares, de um e de outro lado; e eram as suas subidas de oito degraus.
38 प्रत्येक भित्री मूलढोकामा भएको दलानको छेउमा ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलिका पशुहरूलाई धुने गरिन्थ्यो।
38 A sua câmara e a sua entrada estavam junto aos pilares dos vestíbulos onde lavavam o holocausto.
39 मूलढोकाको दलानमा दुवैतिर दुई-दुई वटा टेबुलहरू थिए, जुन टेबुलमा होमबलिहरू, पापबलिहरू र दोषबलिहरूका पशुहरू काट्ने गरिन्थ्यो।
39 No vestíbulo da porta havia duas mesas de um lado e duas do outro, para nelas se degolar o holocausto e a oferta pelo pecado e pela culpa.
40 प्रवेशद्वारका दलानको भित्ताको छेउमा उत्तरीय मूलढोकातिर जाने प्रवेशद्वारको नजिकै दुई वटा टेबुलहरू थिए; अनि खुड्किलाहरूको अर्कोपट्टि दुई वटा टेबुलहरू थिए।
40 Também do lado de fora da subida para a entrada da porta do norte havia duas mesas; e, no outro lado do vestíbulo da porta, havia duas mesas.
41 यसरी मूलढोकाको एकातिर चार वटा टेबुलहरू थिए र अर्कोतिर चार वटा गरी जम्मा आठ वटा टेबुलहरू थिए; जसमाथि बलिदानका पशुहरू काट्ने गरिन्थ्यो।
41 Quatro mesas de um lado, e quatro do outro lado; junto à porta, oito mesas, sobre as quais imolavam.
42 त्यहाँ होमबलिहरूका निम्ति कुँदेका ढुङ्गाका चार वटा टेबुलहरू पनि थिए। ती हरेक टेबुलहरू डेढ क्यूबिट लम्बाइ, डेढ क्यूबिट चौडाइ र एक क्यूबिट अग्ला थिए। त्यहाँ होमबलिहरू र अरू बलिदान गर्दा चलाउने हातहतियारहरू राखिन्थे।
42 As quatro mesas para o holocausto eram de pedras lavradas; o comprimento era de um côvado e meio, a largura, de um côvado e meio, e a altura, de um côvado; sobre elas se punham os instrumentos com que imolavam o holocausto e os sacrifícios.
43 अनि चारैतिर भित्तामा एक हात चोडा भएको दुई चुच्चे अङ्कुसेहरू झुण्डाइएका थिए। ती टेबुलहरू बलि चढाइएका मासुहरूका निम्ति थिए।
43 Os ganchos, de quatro dedos de comprimento, estavam fixados por dentro ao redor, e sobre as mesas estava a carne da oblação.
44 भित्री मूलढोकाको बाहिरपट्टि भित्री चोकभित्रै दुई वटा कोठाहरू थिए; अनि एउटा कोठा दक्षिणतिर फर्केको उत्तरी मूलढोकाको छेउमा थियो, र अर्को कोठा दक्षिणी मूलढोकाको छेउमा उत्तरतिर फर्केको थियो।
44 Fora da porta interior estavam duas câmaras dos cantores, no átrio de dentro; uma, do lado da porta do norte, e olhava para o sul; outra, do lado da porta do sul, e olhava para o norte.
45 तिनले मलाई भने, “दक्षिणतिर फर्केको कोठा पुजारीहरूका निम्ति हो, जसले मन्दिरको जिम्मेवारी वहन गर्दथे।
45 Ele me disse: Esta câmara que olha para o sul é para os sacerdotes que têm a guarda do templo.
46 उत्तरतिर फर्केको कोठा ती पुजारीहरूका निम्ति हो, जसले वेदीको जिम्मेवारी वहन गर्दथे। यिनीहरू सादोकका छोराहरू हुन्, र ती लेवीहरू हुन्, जसले मात्र याहवेहको सेवा गर्नलाई उहाँको छेउमा जान पाउनेछन्।”
46 Mas a câmara que olha para o norte é para os sacerdotes que têm a guarda do altar; são estes os filhos de Zadoque, os quais, dentre os filhos de Levi, se chegam ao Senhor para o servirem.
47 त्यसपछि तिनले चोकको नाप लिए; त्यो एउटा वर्गाकार थियो—एक सय क्यूबिट लम्बाइ र एक सय क्यूबिट चौडाइ। अनि वेदीचाहिँ मन्दिरको अगाडिपट्टि थियो।
47 Ele mediu o átrio: comprimento, cem côvados, largura, cem côvados, um quadrado; o altar estava diante do templo.
48 तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका ढोकाको सँघार नापे; ती दुवैतिर पाँच क्यूबिट चौडा थिए। प्रवेशद्वारको चौडाइ चौध क्यूबिट थियो र कोठाका बाहिर देखिने दुवैपट्टिका भित्ताहरू तीन क्यूबिट चौडा थिए।
48 Então, me levou ao vestíbulo do templo e mediu cada pilar do vestíbulo, cinco côvados de um lado e cinco do outro; e a largura da porta, três côvados de um lado e três do outro.
49 त्यसको दलान बीस क्यूबिट चौडा र अगाडिको भागदेखि पछाडिको भागसम्म बाह्र क्यूबिट थियो। दलानसम्म जानलाई दश खुड्किलाहरू थिए; अनि ढोकाको सँघारका दुवैतिर मन्दिरको अगाडिपट्टि खम्बाहरू थिए।
49 O comprimento do vestíbulo era de vinte côvados, e a largura, de onze; e era por degraus que se subia. Havia colunas junto aos pilares, uma de um lado e outra do outro.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 40, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.