Deuteronômio 8

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।
1 Tereis muito cuidado em praticar tudo o que hoje vos prescrevo, para que possais viver e multiplicar-vos, e entrar na possessão da terra que o Senhor jurou dar a vossos pais.
2 तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर तिमीहरूका हृदय जान्‍न, तिमीहरूलाई नम्र बनाउन अनि जाँच्नलाई कसरी याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उजाडस्थानभरि यी चालीस वर्षसम्म डोर्‍याउनुभयो, सो स्मरण गर।
2 Lembra-te de todo o caminho por onde o Senhor te conduziu durante esses quarenta anos no deserto, para humilhar-te e provar-te, e para conhecer os sentimentos de teu coração, e saber se observarias ou não os seus mandamentos.
3 उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्‍न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
3 Humilhou-te com a fome; deu-te por sustento o maná, que não conhecias nem tinham conhecido os teus pais, para ensinar-te que o homem não vive só de pão, mas de tudo o que sai da boca do Senhor.
4 यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्।
4 Tuas vestes não se gastaram sobre ti, e teu pai, não se magoou durante estes quarenta anos.
5 यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।
5 Reconhece, pois, em teu coração, que assim como um homem corrige seu filho, assim te corrige o Senhor, teu Deus.
6 याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर।
6 Guardar s os mandamentos do Senhor, teu Deus, andando em seus caminhos e temendo-o.
7 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।
7 Porque o Senhor, teu Deus, vai conduzir-te a uma terra excelente, cheia de torrentes, de fontes e de águas profundas que brotam nos vales e nos montes;
8 यस्तो देश, जहाँ गहुँ र जौ, अङ्‌गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्।
8 uma terra de trigo e de cevada, de vinhas, de figueiras, de romãzeiras, uma terra de óleo de oliva e de mel,
9 यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।
9 uma terra onde não será racionado o pão que comeres, e onde nada faltará; terra cujas pedras são de ferro e de cujas montanhas extrairás o bronze.
10 जब तिमीहरूले खाएर तृप्‍त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर।
10 Comer à saciedade, e bendirás o Senhor, teu Deus, pela boa terra que te deu.
11 आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल
11 Guarda-te de esquecer o Senhor, teu Deus, negligenciando a observância de suas ordens, seus preceitos e suas leis que hoje te prescrevo.
12 नत्रता तिमीहरू खाएर तृप्‍त हुनेछौ, तब तिमीहरूले राम्रा घरहरू बनाएर बसोबास गर्छौ।
12 Não suceda que, depois de teres comido à saciedade, de teres construído e habitado formosas casas,
13 अनि जब तिमीहरूका बथान र बगालहरू वृद्धि हुँदै जानेछन्; तिमीहरूका चाँदी र सुन प्रशस्त हुनेछ। अनि तिमीहरूसँग भएका सबै कुराहरू वृद्धि हुनेछ,
13 de teres visto multiplicar teus bois e tuas ovelhas, e aumentar a tua prata, o teu ouro e o teu bem,
14 तब तिमीहरूका हृदयमा घमण्ड आउनेछ, र तिमीहरूलाई इजिप्टको दासत्वबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले बिर्सनेछौ।
14 o teu coração se eleve, e te esqueças do Senhor, teu Deus, que te tirou do Egito, da casa da servidão.
15 उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।
15 Foi ele o teu guia neste vasto e terrível deserto, cheio de serpentes ardentes e escorpiões, terra árida e sem água, onde fez jorrar para ti água do rochedo duríssimo;
16 अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्‍न उजाडस्थानमा खानलाई दिनुभयो।
16 foi ele quem te alimentou no deserto com um maná desconhecido de teus pais, para humilhar-te e provar-te, a fim de te fazer o bem depois disso.
17 तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”
17 Não digas no teu coração: a minha força e o vigor do meu braço adquiriram-me todos esses bens.
18 तर याहवेह तिमीहरूका परमेश्‍वरलाई स्मरण गर; किनकि उहाँले नै तिमीहरूलाई धन कमाउने क्षमता दिनुभएको छ। अनि उहाँले तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा गर्नुभएको करार निश्‍चित गर्नुहुन्छ, जसरी आजको दिनसम्म गर्नुभएको छ।
18 Lembra-te de que ,é o Senhor, teu Deus, quem te dá a força para adquiri-los, a fim de confirmar, como o faz hoje, a aliança que jurou a teus pais.
19 यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्‍यौ र तिनीहरूको सामु निहुर्‍यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ।
19 Se, esquecendo-te do Senhor, teu Deus, seguires outros deuses, rendendo-lhes culto e prostrando-te diante deles, desde hoje vos declaro que perecereis com toda a certeza.
20 तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञापालन नगरेको कारण नष्‍ट हुनेछौ।
20 Como as nações que o Senhor exterminou diante de vós, assim também perecereis vós, se não ouvirdes a voz do Senhor, vosso Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.