Deuteronômio 7

npioncb (NPIONCB)

1 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न त्यस देशमा ल्याउनुहुनेछ, तब तिमीहरूका अगि तिमीहरूभन्दा ठूला, बलवान् यी सात जातिहरूलाई धपाइदिनुहुनेछ—हित्तीहरू, गिर्गाशीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू।

2 अनि जब याहवेह तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गर्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण रूपले नाश पार्नू। उनीहरूसँग सम्झौता नगर्नू, र उनीहरूलाई दया नदेखाउनू।

3 तिनीहरूसँग विवाह नगर्नू। तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, न त तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनू।

4 किनकि तिनीहरूले तिमीहरूका छोराछोरीहरूलाई मेरो साटो अरू देवी-देवताहरूको सेवा गर्न लगाउनेछन्। अनि याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ, र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।

5 तिमीहरूले तिनीहरूलाई यसो गर्नू: तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू चकनाचुर पारिदिनू। तिनीहरूका अशेराको खाँबो काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।

6 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति एउटा पवित्र जाति हौ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँका जाति र बहुमूल्य सम्पत्ति हुनलाई यस पृथ्वीका सबै जातिहरूका बीचबाट चुन्‍नुभएको छ।

7 तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएको कारण याहवेहले तिमीहरूप्रति आफ्नो प्रेम देखाउनुभएको होइन। तिमीहरू त सबै जातिहरूभन्दा थोरै थियौ।

8 तर याहवेहले तिमीहरूलाई प्रेम गर्नुभएको कारण र उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको कारण, यसकासाथै उहाँको महान् शक्तिद्वारा तिमीहरूलाई दासत्वको देश इजिप्टको राजा फारोको शक्तिबाट छुटकारा दिएर निकालेर ल्याउनुभयो।

9 यसकारण याहवेह तिमीहरूका परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्‍वासयोग्य परमेश्‍वर उहाँ हुनुहुन्छ।

10 तर,

11 यसकारण मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।

12 यदि तिमीहरूले यी व्यवस्थाहरूमा ध्यान दियौ, र यिनलाई होसियारीसाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको प्रेमको करार तिमीहरूसँग पूरा गर्नुहुनेछ।

13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ; आशिष् दिनुहुनेछ र तिमीहरूको संख्यामा वृद्धि गराइदिनुहुनेछ। उहाँले तिमीहरूका गर्भका फलमा, खेतका फसलमा, अन्‍नबालीमा, नयाँ दाखमद्यमा, जैतुन तेलमा, तिमीहरूका बथानका बाछाहरू र तिमीहरूका बगालका थुमाहरूलाई तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा आशिष् दिनुहुनेछ।

14 तिमीहरू अरू जातिहरूभन्दा धेरै आशिषित हुनेछौ। तिमीहरूका कुनै पुरुष वा स्त्री निःसन्तान हुनेछैनन्, न त तिमीहरूका गाईबस्तु थारो हुनेछ।

15 याहवेहले तिमीहरूलाई सबै किसिमका रोगहरूबाट अलग राख्नुहुनेछ। तिमीहरूले इजिप्टमा देखेका कुनै पनि डरलाग्दा रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन। तर उहाँले ती रोगहरू तिमीहरूलाई घृणा गर्नेहरूमाथि ल्याउनुहुनेछ।

16 याहवेहले तिमीहरूलाई सुम्पिदिनुभएका सबै मानिसहरूलाई तिमीहरूले नाश गर्नुपर्छ। तिनीहरूमाथि दया नदेखाउनू र तिनीहरूका देवी-देवताहरूको सेवा नगर्नू। किनकि त्यो त तिमीहरूका निम्ति पासो हुनेछ।

17 तिमीहरू आफैँले यसरी सोचौला, “यी जातिहरू हामीभन्दा बलवान् छन्। हामी तिनीहरूलाई कसरी धपाउन सक्छौँ?”

18 तर तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्‍वरले फारो र सारा इजिप्टलाई के गर्नुभएको थियो, त्यो स्मरण गर।

19 याहवेह तिमीहरूका परमेश्‍वरले ठूला-ठूला सङ्कष्‍टहरू, अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई निकालेर ल्याउनुभएको तिमीहरूले आफ्नै आँखाले देखेका थियौ। यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू अहिले डराएका सबै जातिहरूलाई त्यस्तै गर्नुहुनेछ।

20 यसबाहेक याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट लुकेर बाँचेकाहरू सबै नाश नभएसम्म तिनीहरूको माझ अरिङ्गाल पठाउनुहुनेछ।

21 तिनीहरूसँग नडराओ; किनकि तिमीहरूसँग हुनुहुने, याहवेह तिमीहरूका परमेश्‍वर महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ।

22 याहवेह तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूकै सामु, अलि-अलि गर्दै धपाउनुहुनेछ। तिनीहरूलाई एकैचोटि निकाल्ने अनुमति तिमीहरूलाई दिइनेछैन, नत्रता तिमीहरूको चारैतिर जङ्गली पशुहरूको संख्या बढ्न सक्छ।

23 तर याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूका अधीनमा सुम्पिदिनुहुनेछ। तिनीहरू नाश नभएसम्म ठूलो अन्योलमा पारेर राख्नुहुनेछ।

24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूका अधीनमा दिनुहुनेछ, र तिमीहरूले तिनीहरूका नामनिशानै आकाशमुनिबाट मेटिदिनेछौ। तिमीहरूको विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। तिमीहरूले तिनीहरूलाई नाश गर्नेछौ।

25 तिमीहरूले तिनीहरूका देवी-देवताहरूको मूर्तिहरूलाई आगोमा जलाइदिनू। तिनीहरूसँग भएका चाँदी र सुनको लालच नगर्नू। अनि ती तिमीहरूले आफ्नै लागि नलिनू, नत्रता तिमीहरू त्यसद्वारा पासोमा पर्नेछौ। किनकि याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति त्यो घृणित कुरा हो।

26 कुनै घृणित कुरा आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै विनाशका लागि अलग गरिनेछौ। त्यसलाई घृणा गर्नू, र एकदमै तिरस्कार गर्नू; किनकि त्यो विनाशका निम्ति अलग गरिएको हो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.