Deuteronômio 7
npioncb (NPIONCB) vs NVT
1 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न त्यस देशमा ल्याउनुहुनेछ, तब तिमीहरूका अगि तिमीहरूभन्दा ठूला, बलवान् यी सात जातिहरूलाई धपाइदिनुहुनेछ—हित्तीहरू, गिर्गाशीहरू, एमोरीहरू, कनानीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरू।
1 “Quando o S enhor , seu Deus, os fizer entrar na terra que vocês em breve possuirão, ele removerá de diante de vocês muitas nações: os hititas, os girgaseus, os amorreus, os cananeus, os ferezeus, os heveus e os jebuseus. Essas sete nações são mais numerosas e mais poderosas que vocês.
2 अनि जब याहवेह तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गर्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण रूपले नाश पार्नू। उनीहरूसँग सम्झौता नगर्नू, र उनीहरूलाई दया नदेखाउनू।
2 Quando o S enhor , seu Deus, entregá-las em suas mãos e vocês as conquistarem, destruam-nas completamente. Não façam tratados nem tenham pena delas.
3 तिनीहरूसँग विवाह नगर्नू। तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, न त तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनू।
3 Não se unam a elas por meio de casamentos. Não deem suas filhas em casamento aos filhos delas, nem tomem as filhas delas como esposas para seus filhos,
4 किनकि तिनीहरूले तिमीहरूका छोराछोरीहरूलाई मेरो साटो अरू देवी-देवताहरूको सेवा गर्न लगाउनेछन्। अनि याहवेहको रिस तिमीहरूको विरुद्धमा दन्कनेछ, र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।
4 pois farão seus filhos se afastarem de mim para adorar outros deuses. Então a ira do S enhor arderá contra vocês e os destruirá rapidamente.
5 तिमीहरूले तिनीहरूलाई यसो गर्नू: तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू चकनाचुर पारिदिनू। तिनीहरूका अशेराको खाँबो काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू।
5 Portanto, façam o seguinte: quebrem seus altares idólatras e despedacem suas colunas sagradas. Cortem os postes de Aserá e queimem seus ídolos.
6 किनकि तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका निम्ति एउटा पवित्र जाति हौ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उहाँका जाति र बहुमूल्य सम्पत्ति हुनलाई यस पृथ्वीका सबै जातिहरूका बीचबाट चुन्नुभएको छ।
6 Vocês são um povo santo que pertence ao S enhor , seu Deus. Dentre todos os povos da terra, o S enhor , seu Deus, os escolheu para serem sua propriedade especial.
7 तिमीहरू संख्यामा अरू जातिहरूभन्दा धेरै भएको कारण याहवेहले तिमीहरूप्रति आफ्नो प्रेम देखाउनुभएको होइन। तिमीहरू त सबै जातिहरूभन्दा थोरै थियौ।
7 “O S enhor não se afeiçoou a vocês nem os escolheu por serem mais numerosos que outras nações, pois vocês eram a menor de todas as nações!
8 तर याहवेहले तिमीहरूलाई प्रेम गर्नुभएको कारण र उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको कारण, यसकासाथै उहाँको महान् शक्तिद्वारा तिमीहरूलाई दासत्वको देश इजिप्टको राजा फारोको शक्तिबाट छुटकारा दिएर निकालेर ल्याउनुभयो।
8 Antes, foi simplesmente porque o S enhor os amou e foi fiel ao juramento que fez a seus antepassados. Por isso o S enhor os libertou com mão forte da escravidão e da opressão do faraó, rei do Egito.
9 यसकारण याहवेह तिमीहरूका परमेश्वर नै परमेश्वर हुनुहुन्छ भनी याद राख। उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञापालन गर्नेहरूका हजारौँ पुस्तासम्म आफ्नो प्रेमको करार पूरा गर्ने विश्वासयोग्य परमेश्वर उहाँ हुनुहुन्छ।
9 Reconheçam, portanto, que o S enhor , seu Deus, é, de fato, Deus. Ele é o Deus fiel que cumpre por mil gerações sua aliança de amor com todos que o amam e obedecem a seus mandamentos.
10 तर,
10 Não hesita, porém, em castigar e destruir aqueles que o rejeitam.
11 यसकारण मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।
11 Assim, obedeçam a todos estes mandamentos, decretos e estatutos que hoje lhes dou.
12 यदि तिमीहरूले यी व्यवस्थाहरूमा ध्यान दियौ, र यिनलाई होसियारीसाथ पालन गर्यौ भने याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको प्रेमको करार तिमीहरूसँग पूरा गर्नुहुनेछ।
12 “Se vocês guardarem estes estatutos e os cumprirem com cuidado, o S enhor , seu Deus, cumprirá sua aliança de amor com vocês, como prometeu sob juramento a seus antepassados.
13 उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ; आशिष् दिनुहुनेछ र तिमीहरूको संख्यामा वृद्धि गराइदिनुहुनेछ। उहाँले तिमीहरूका गर्भका फलमा, खेतका फसलमा, अन्नबालीमा, नयाँ दाखमद्यमा, जैतुन तेलमा, तिमीहरूका बथानका बाछाहरू र तिमीहरूका बगालका थुमाहरूलाई तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा आशिष् दिनुहुनेछ।
13 Ele os amará, os abençoará e os fará crescer, tornando férteis seus filhos, sua terra e seus animais. Quando chegarem à terra que ele jurou dar a seus antepassados, vocês terão produção farta de cereais, vinho novo e azeite, e também grandes rebanhos de bois e ovelhas.
14 तिमीहरू अरू जातिहरूभन्दा धेरै आशिषित हुनेछौ। तिमीहरूका कुनै पुरुष वा स्त्री निःसन्तान हुनेछैनन्, न त तिमीहरूका गाईबस्तु थारो हुनेछ।
14 Vocês serão mais abençoados que todas as nações da terra. Nenhum de seus homens ou mulheres será estéril, e todos os seus animais darão cria.
15 याहवेहले तिमीहरूलाई सबै किसिमका रोगहरूबाट अलग राख्नुहुनेछ। तिमीहरूले इजिप्टमा देखेका कुनै पनि डरलाग्दा रोगहरू उहाँले तिमीहरूमाथि ल्याउनुहुनेछैन। तर उहाँले ती रोगहरू तिमीहरूलाई घृणा गर्नेहरूमाथि ल्याउनुहुनेछ।
15 O S enhor os protegerá de toda enfermidade. Não permitirá que sofram as doenças terríveis que conheceram no Egito; em vez disso, ele as enviará sobre todos os seus inimigos!
16 याहवेहले तिमीहरूलाई सुम्पिदिनुभएका सबै मानिसहरूलाई तिमीहरूले नाश गर्नुपर्छ। तिनीहरूमाथि दया नदेखाउनू र तिनीहरूका देवी-देवताहरूको सेवा नगर्नू। किनकि त्यो त तिमीहरूका निम्ति पासो हुनेछ।
16 “Destruam todas as nações que o S enhor , seu Deus, lhes entregar. Não tenham pena delas nem adorem seus deuses, pois isso seria uma armadilha para vocês.
17 तिमीहरू आफैँले यसरी सोचौला, “यी जातिहरू हामीभन्दा बलवान् छन्। हामी तिनीहरूलाई कसरी धपाउन सक्छौँ?”
17 Talvez vocês se perguntem: ‘Como poderemos conquistar essas nações que são muito mais numerosas que nós?’.
18 तर तिनीहरूसँग नडराओ; याहवेह तिमीहरूका परमेश्वरले फारो र सारा इजिप्टलाई के गर्नुभएको थियो, त्यो स्मरण गर।
18 Não tenham medo delas! Lembrem-se apenas daquilo que o S enhor , seu Deus, fez ao faraó e a toda a terra do Egito.
19 याहवेह तिमीहरूका परमेश्वरले ठूला-ठूला सङ्कष्टहरू, अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई निकालेर ल्याउनुभएको तिमीहरूले आफ्नै आँखाले देखेका थियौ। यसरी नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू अहिले डराएका सबै जातिहरूलाई त्यस्तै गर्नुहुनेछ।
19 Lembrem-se das grandes demonstrações de poder que o S enhor , seu Deus, enviou contra eles. Vocês viram com os próprios olhos! E lembrem-se dos sinais e maravilhas, da mão forte e do braço poderoso com os quais ele os tirou do Egito. O S enhor , seu Deus, usará esse mesmo poder contra todos os povos que vocês temem.
20 यसबाहेक याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट लुकेर बाँचेकाहरू सबै नाश नभएसम्म तिनीहरूको माझ अरिङ्गाल पठाउनुहुनेछ।
20 Sim, o S enhor , seu Deus, enviará terror para expulsar os poucos sobreviventes que ainda estiverem escondidos de vocês!
21 तिनीहरूसँग नडराओ; किनकि तिमीहरूसँग हुनुहुने, याहवेह तिमीहरूका परमेश्वर महान् र भययोग्य परमेश्वर हुनुहुन्छ।
21 “Não tenham medo dessas nações, pois o S enhor , seu Deus, está entre vocês, e é Deus grande e temível.
22 याहवेह तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूकै सामु, अलि-अलि गर्दै धपाउनुहुनेछ। तिनीहरूलाई एकैचोटि निकाल्ने अनुमति तिमीहरूलाई दिइनेछैन, नत्रता तिमीहरूको चारैतिर जङ्गली पशुहरूको संख्या बढ्न सक्छ।
22 O S enhor , seu Deus, expulsará essas nações de diante de vocês, pouco a pouco. Vocês não as eliminarão de uma vez, pois, se assim fosse, os animais selvagens se multiplicariam rápido demais e os ameaçariam.
23 तर याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूका अधीनमा सुम्पिदिनुहुनेछ। तिनीहरू नाश नभएसम्म ठूलो अन्योलमा पारेर राख्नुहुनेछ।
23 Mas o S enhor , seu Deus, as entregará a vocês. Ele as lançará em total confusão, até que sejam destruídas.
24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूका अधीनमा दिनुहुनेछ, र तिमीहरूले तिनीहरूका नामनिशानै आकाशमुनिबाट मेटिदिनेछौ। तिमीहरूको विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। तिमीहरूले तिनीहरूलाई नाश गर्नेछौ।
24 Entregará os reis dessas nações em suas mãos, e vocês apagarão o nome deles da face da terra. Ninguém poderá lhes resistir, e vocês destruirão a todos.
25 तिमीहरूले तिनीहरूका देवी-देवताहरूको मूर्तिहरूलाई आगोमा जलाइदिनू। तिनीहरूसँग भएका चाँदी र सुनको लालच नगर्नू। अनि ती तिमीहरूले आफ्नै लागि नलिनू, नत्रता तिमीहरू त्यसद्वारा पासोमा पर्नेछौ। किनकि याहवेह तिमीहरूका परमेश्वरका निम्ति त्यो घृणित कुरा हो।
25 “Queimem os ídolos das nações no fogo e não cobicem a prata nem o ouro que os revestem. Não tomem nenhum desses metais para si, pois isso seria uma armadilha para vocês; é algo detestável para o S enhor , seu Deus.
26 कुनै घृणित कुरा आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै विनाशका लागि अलग गरिनेछौ। त्यसलाई घृणा गर्नू, र एकदमै तिरस्कार गर्नू; किनकि त्यो विनाशका निम्ति अलग गरिएको हो।
26 Não levem para dentro de suas casas objeto algum que seja detestável, pois, como eles, vocês serão destruídos. Considerem essas coisas absolutamente detestáveis, pois estão separadas para a destruição.”
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.