Deuteronômio 8
npioncb (NPIONCB) vs NAA
1 मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।
1 — Tenham o cuidado de cumprir todos os mandamentos que hoje lhes ordeno, para que vocês vivam, se multipliquem, entrem e tomem posse da terra que o Senhor prometeu sob juramento aos pais de vocês.
2 तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर तिमीहरूका हृदय जान्न, तिमीहरूलाई नम्र बनाउन अनि जाँच्नलाई कसरी याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उजाडस्थानभरि यी चालीस वर्षसम्म डोर्याउनुभयो, सो स्मरण गर।
2 Lembrem-se de todo o caminho pelo qual o Senhor , seu Deus, os guiou no deserto durante estes quarenta anos, para humilhar vocês, para pôr vocês à prova, para saber o que estava no coração de vocês, se guardariam ou não os seus mandamentos.
3 उहाँले तिमीहरूलाई नम्र तुल्याउन भोकाउन दिनुभयो। त्यसपछि मन्न खुवाउनुभयो; जसलाई न तिमीहरूले, न त तिमीहरूका पितापुर्खाहरूले नै जानेका थिए। मानिस भोजनले मात्र जीवित रहँदैन, तर याहवेहको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर सिकाउनलाई त्यसो गर्नुभयो।
3 Ele humilhou vocês, ele os deixou passar fome, ele os sustentou com o maná, que vocês não conheciam e que nem os pais de vocês conheciam, para que vocês compreendessem que o ser humano não viverá só de pão, mas de tudo o que procede da boca do Senhor .
4 यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्।
4 Durante estes quarenta anos, as roupas que vocês usavam não envelheceram, e os seus pés não ficaram inchados.
5 यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।
5 Portanto, saibam em seu coração que, assim como um homem disciplina o seu filho, assim o Senhor , seu Deus, disciplina vocês.
6 याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर।
6 Guardem os mandamentos do Senhor , seu Deus, para que vocês andem nos seus caminhos e o temam.
7 किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यस्तो उत्तम देशमा ल्याउनुहुँदैछ, जुन देशमा नदीनालाहरू, पानीका धाराहरू र पानीका मूलहरू पहाड र बेँसीहरूबाट बगेर निस्कन्छन्।
7 Porque o Senhor , o Deus de vocês, os faz entrar numa terra boa, terra de ribeiros de águas, de fontes, de mananciais profundos, que saem dos vales e das montanhas;
8 यस्तो देश, जहाँ गहुँ र जौ, अङ्गुर र नेभाराका रूखहरू, अनार, जैतुनको तेल र मह उत्पादन हुँदछन्।
8 terra de trigo e cevada, de vinhas, figueiras e romãzeiras; terra de oliveiras, de azeite e mel;
9 यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।
9 terra em que vocês não terão escassez e em que não lhes faltará nada; terra cujas pedras são ferro e de cujos montes vocês extrairão o cobre.
10 जब तिमीहरूले खाएर तृप्त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर।
10 Vocês comerão e ficarão satisfeitos, e louvarão o Senhor , seu Deus, pela boa terra que lhes deu.
11 आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल
11 — Tenham o cuidado de não se esquecer do Senhor , seu Deus, deixando de cumprir os seus mandamentos, os seus juízos e os seus estatutos, que hoje lhes ordeno.
12 नत्रता तिमीहरू खाएर तृप्त हुनेछौ, तब तिमीहरूले राम्रा घरहरू बनाएर बसोबास गर्छौ।
12 Não aconteça que, depois de terem comido e estarem fartos, depois de haverem edificado boas casas e morado nelas;
13 अनि जब तिमीहरूका बथान र बगालहरू वृद्धि हुँदै जानेछन्; तिमीहरूका चाँदी र सुन प्रशस्त हुनेछ। अनि तिमीहरूसँग भएका सबै कुराहरू वृद्धि हुनेछ,
13 depois de se multiplicarem o seu gado e os seus rebanhos, e aumentar a sua prata e o seu ouro, e ser abundante tudo o que vocês têm,
14 तब तिमीहरूका हृदयमा घमण्ड आउनेछ, र तिमीहरूलाई इजिप्टको दासत्वबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूले बिर्सनेछौ।
14 se eleve o seu coração e vocês se esqueçam do Senhor , seu Deus, que os tirou da terra do Egito, da casa da servidão,
15 उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।
15 que os conduziu por aquele grande e terrível deserto de serpentes abrasadoras, de escorpiões e de aridez, onde não havia água; e que fez sair água da rocha para vocês beberem;
16 अन्त्यमा उहाँले तिमीहरूलाई सबै अशल कुराहरू दिन सक्नुभएको होस् भनेर उहाँले तिमीहरूलाई नम्र बनाउन र जाँच गर्न तिमीहरूका पितापुर्खाहरूले कहिल्यै नजानेका मन्न उजाडस्थानमा खानलाई दिनुभयो।
16 que no deserto os sustentou com maná, que os pais de vocês não conheciam; para humilhar vocês, para pôr vocês à prova e, afinal, lhes fazer bem.
17 तिमीहरूले आफ्नो मनमा सोचौला, “मेरा आफ्ना हातका शक्ति र मेरा हातका बलले आफ्ना निम्ति यो धन कमाएको हुँ।”
17 — Portanto, não pensem: “A minha força e o poder do meu braço me conseguiram estas riquezas.”
18 तर याहवेह तिमीहरूका परमेश्वरलाई स्मरण गर; किनकि उहाँले नै तिमीहरूलाई धन कमाउने क्षमता दिनुभएको छ। अनि उहाँले तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा गर्नुभएको करार निश्चित गर्नुहुन्छ, जसरी आजको दिनसम्म गर्नुभएको छ।
18 Pelo contrário, lembrem-se do Senhor , seu Deus, porque é ele quem lhes dá força para conseguir riquezas; para confirmar a sua aliança, que, sob juramento, prometeu aos pais de vocês, como hoje se vê.
19 यदि कुनै दिन तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई बिर्सेर अरू देवी-देवताहरूलाई पछ्याएर तिनीहरूलाई पूजा गर्यौ र तिनीहरूको सामु निहुर्यौ भने म आज तिमीहरूको विरुद्धमा साक्षी दिन्छु; तिमीहरू निश्चय नै नष्ट हुनेछौ।
19 Se vocês se esquecerem do Senhor , seu Deus, e seguirem outros deuses, os servirem e os adorarem, eu lhes asseguro hoje que vocês certamente serão destruídos.
20 तिमीहरूकै सामु याहवेहले जातिहरूलाई नाश गर्नुभएझैँ, तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्वरको आज्ञापालन नगरेको कारण नष्ट हुनेछौ।
20 Como as nações que o Senhor destruiu diante de vocês, assim vocês também perecerão, porque não quiseram obedecer à voz do Senhor , seu Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.