Deuteronômio 6

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्‍वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्,
1 Moisés disse ao povo: — São esses os mandamentos e as
2 ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्‍वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्।
2 Temam o Senhor , nosso Deus, vocês, os seus filhos e os seus netos, e cumpram sempre todos os mandamentos e leis que eu lhes estou dando e assim vocês viverão muitos anos.
3 हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
3 Povo de Israel, tenha o cuidado de cumprir a lei de Deus. Então, conforme disse o Senhor , o Deus dos nossos antepassados, tudo correrá bem para vocês, e vocês se tornarão numerosos naquela terra boa e rica onde vão viver.
4 हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्‍वर, एक मात्र याहवेह हुनुहुन्छ।
4 — Escute, povo de Israel! O Senhor , e somente o Senhor , é o nosso Deus.
5 याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर।
5 Portanto, amem o Senhor , nosso Deus, com todo o coração, com toda a alma e com todas as forças.
6 आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
6 Guardem sempre no coração as leis que eu lhes estou dando hoje
7 यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
7 e não deixem de ensiná-las aos seus filhos. Repitam essas leis em casa e fora de casa, quando se deitarem e quando se levantarem.
8 यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख।
8 Amarrem essas leis nos braços e na testa, para não as esquecerem;
9 यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
9 e as escrevam nos batentes das portas das suas casas e nos seus portões.
10 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्‍न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ,
10 Moisés continuou: — O
11 तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्‍त हुनेछौ,
11 há casas cheias de objetos de valor, que vocês não ajuntaram; poços de água, que vocês não cavaram; e plantações de uvas e de azeitonas, que vocês não plantaram. Quando o Senhor os levar para essa terra, e vocês tiverem comida à vontade,
12 तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
12 tenham o cuidado de não esquecerem Deus, que os tirou do Egito, onde vocês eram escravos.
13 याहवेह तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू।
13 Temam o Senhor , seu Deus, sirvam somente a ele e jurem só pelo nome dele.
14 तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू;
14 Não adorem outros deuses, os deuses dos povos vizinhos.
15 किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
15 Pois o Senhor , nosso Deus, está com vocês e ele não tolera outros deuses. Se vocês os adorarem, o Senhor ficará irado com vocês e destruirá vocês completamente.
16 तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू।
16 — Não ponham à prova o Senhor , seu Deus, como o puseram à prova em Massá.
17 याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू।
17 Obedeçam cuidadosamente a todos os mandamentos e leis que ele lhes deu.
18 याहवेहको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक।
18 Façam aquilo que Deus acha bom e certo, e assim tudo correrá bem para vocês, e vocês entrarão e tomarão posse da boa terra que o Senhor jurou dar aos nossos antepassados.
19 अनि याहवेहले भन्‍नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।
19 E, conforme prometeu, ele expulsará todos os inimigos que vocês enfrentarem.
20 भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्‍वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?”
20 — No futuro os seus filhos perguntarão: “Por que foi que o Senhor , nosso Deus, nos deu estes mandamentos e estas leis?”
21 तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
21 Aí vocês responderão: “Nós éramos escravos do rei do Egito, mas o Senhor , com o seu grande poder, nos tirou de lá.
22 हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो।
22 Nós vimos com os nossos próprios olhos os grandes milagres e as coisas espantosas que Deus fez contra os egípcios e contra o seu rei e toda a gente do seu palácio.
23 तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो।
23 E Deus nos tirou do Egito para nos trazer aqui e nos dar esta terra, como havia jurado aos nossos antepassados.
24 याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्‍वरको डर मान्‍नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्‍नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।
24 Ele nos mandou obedecer a todas estas leis e sempre temer o Senhor , nosso Deus. Se fizermos isso, ele nos guardará de todo mal, como tem feito até hoje, e tudo sempre correrá bem para nós.
25 अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्‍वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्‍यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”
25 E, se tivermos o cuidado de obedecer a todas estas leis que o Senhor , nosso Deus, nos deu, a nossa vida agradará a ele.”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.