Deuteronômio 6
npioncb (NPIONCB) vs BKJ
1 तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्,
1 Agora estes são os mandamentos, os estatutos e os juízos que o SENHOR vosso Deus ordenou que vos ensinasse, para que pudésseis cumpri-los na terra que vais possuir;
2 ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्।
2 para que possas temer o SENHOR teu Deus, para guardar todos os seus estatutos e mandamentos, que eu te ordeno, a ti, e a teu filho, e ao filho do teu filho, todos os dias da tua vida, e para que se prolonguem os teus dias.
3 हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
3 Portanto ouve, ó Israel, e guarda-os, para que tudo te vá bem, e para que te multipliques, como o SENHOR Deus dos teus pais te prometeu, na terra que mana leite e mel.
4 हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्वर, एक मात्र याहवेह हुनुहुन्छ।
4 Ouve, ó Israel: O SENHOR nosso Deus é o único SENHOR.
5 याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर।
5 E amarás ao SENHOR teu Deus com todo o teu coração, e com toda a tua alma, e com todas as suas forças.
6 आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
6 E estas palavras, que te ordeno neste dia, estarão no teu coração;
7 यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
7 e as ensinarás diligentemente a teus filhos, e falarás delas, quando te assentares em tua casa, e quando andares pelo caminho, e quando te deitares, e quando te levantares.
8 यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख।
8 E as levarás atadas como sinal em tua mão, e elas serão como testeiras entre os teus olhos,
9 यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
9 e as escreverás nos umbrais de tua casa e nas tuas portas.
10 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ,
10 E acontecerá que, quando o SENHOR teu Deus tiver te trazido à terra que jurou aos teus pais, a Abraão, a Isaque, e a Jacó, dar-te cidades grandes e boas, que tu não edificaste,
11 तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्त हुनेछौ,
11 e casas cheias de todas as boas coisas, que não encheste, e poços cavados, que não cavaste, e vinhas e oliveiras, que não plantaste; quando comeres e te saciares;
12 तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
12 então cuidado, para que não te esqueças do SENHOR, que te tirou da terra do Egito, da casa de servidão.
13 याहवेह तिमीहरूका परमेश्वरको भय मान्नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू।
13 Temerás ao SENHOR teu Deus, e o servirás, e jurarás pelo seu nome.
14 तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू;
14 Não buscareis outros deuses, os deuses dos povos que houver à sua volta;
15 किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
15 (porque o SENHOR teu Deus é um Deus ciumento entre vós), para que a ira do SENHOR teu Deus não se acenda contra ti, e não te destrua da face da terra.
16 तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्वरको परीक्षा नगर्नू।
16 Não tentareis ao SENHOR vosso Deus, como o tentastes em Massá.
17 याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू।
17 Guardareis diligentemente os mandamentos do SENHOR vosso Deus, e os seus testemunhos, e os seus estatutos, que ele vos ordenou.
18 याहवेहको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक।
18 E farás o que é correto e bom aos olhos do SENHOR; para que tudo vá bem contigo e para que possas entrar e possuir a boa terra que o SENHOR jurou a teus pais,
19 अनि याहवेहले भन्नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।
19 para que expulses todos os teus inimigos de diante de ti, como o SENHOR falou.
20 भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?”
20 E quando teu filho te perguntar, no tempo que virá, dizendo: O que significam os testemunhos, e os estatutos, e os juízos que o SENHOR nosso Deus vos ordenou?
21 तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
21 Então dirás a teu filho: Nós éramos servos de Faraó no Egito, mas o SENHOR nos tirou do Egito com mão forte;
22 हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो।
22 e o SENHOR mostrou sinais e prodígios, grandes e dolorosos ao Egito, a Faraó, e a toda sua casa, diante de nossos olhos;
23 तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो।
23 e nos tirou de lá, para que pudesse nos trazer, para nos dar a terra que jurou aos nossos pais.
24 याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्वरको डर मान्नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।
24 E o SENHOR ordenou que fizéssemos todos estes estatutos, que temêssemos ao SENHOR nosso Deus para o nosso bem eterno, para que ele pudesse nos preservar vivos, como somos neste dia.
25 अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”
25 E será nossa justiça, se observarmos todos esses mandamentos diante do SENHOR nosso Deus, como ele nos ordenou.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.