Deuteronômio 12

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुन्जेल तिमीहरूले होसियारीसाथ पालन गर्नुपर्ने उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।
1 Estas são as leis e preceitos que devereis observar na terra que o Senhor, o Deus de vossos pais, vos deu como propriedade por todos os dias de vossa vida na terra.
2 उनीहरूका अल्गा डाँडाहरू, हरेक पर्वत र प्रत्येक झ्याम्म परेको रूखमुनि, जुन स्थानहरूमा तिमीहरूले अधिकार गर्न लागेका जातिहरूले तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्छन्, ती सबै ठाउँहरू तिमीहरूले पूर्ण रूपले ध्वस्त पारिदिनू।
2 Todos os lugares em que os povos despojados por vós tiverem dado culto aos seus deuses, nos altos montes e colinas, ou debaixo de qualquer árvore frondosa, vós os destruireis completamente.
3 तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र तिनीहरूका अशेराको खाँबो आगोमा जलाइदिनू। तिनीहरूका देवी-देवताहरूका मूर्तिहरू काटेर ढालिदिनू, र ती ठाउँहरूबाट तिनीहरूका नामसमेत मेटाइदिनू।
3 Derrubareis os seus altares, quebrareis suas estejas, cortareis suas asserás de madeira, jogareis no fogo os ídolos de seus deuses e apagareis os seus nomes daqueles lugares.
4 तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आराधना उनीहरूको तरिकाले नगर्नू।
4 Não fareis assim com o Senhor, vosso Deus,
5 तर तिमीहरूले चाहिँ याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो वासस्थानको निम्ति तिमीहरूका कुलहरूबीचबाट चुन्‍नुभएको ठाउँलाई खोज्नुपर्छ। अनि त्यस ठाउँमा तिमीहरू जानुपर्छ।
5 mas irás ao lugar que o Senhor, vosso Deus, escolher entre todas as vossas tribos para aí estabelecer o seu nome e unicamente ali irás procurá-lo.
6 त्यहाँ तिमीहरूले आफ्ना अन्‍नबलि र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, भाकल भेटीहरू, स्वेच्छा-भेटीहरू र तिमीहरूका बगालहरू र बथानहरूका पहिला जन्मेका पशुहरू ल्याउनू।
6 É nesse lugar que apresentareis vossos holocaustos e vossos sacrifícios, vossos dízimos, vossas primícias, vossos votos, vossas ofertas espontâneas, os primogênitos de vossos rebanhos grosso e miúdo.
7 त्यहाँ तिमीहरूले आफ्ना याहवेह परमेश्‍वरको उपस्थितिमा तिमीहरू र तिमीहरूका परिवारहरूले खानपिन गर्नेछौ। अनि तिमीहरूले हात लगाएका हरेक कुराहरूमा रमाउनेछौ; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
7 É ali que fareis vossos sagrados banquetes em presença do Senhor, vosso Deus, e gozareis, vós e vossas famílias, de todos os bens que vossas mãos produzirem, com a bênção do Senhor, vosso Deus.
8 आज तिमीहरू आफूलाई जे ठिक लाग्छ, त्यही गरिरहेका छौ, तर तिमीहरू त्यहाँ गएपछि त्यस्तै नगर्नू;
8 Não fareis nesse lugar o que nós fazemos hoje aqui, onde cada um faz o que bem lhe parece,
9 किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने विश्रामस्थान र अधिकार गर्ने देशमा तिमीहरू अझसम्म पुगेका छैनौ।
9 porque não entrasses ainda em vosso repouso e na possessão que vos dá o Senhor, vosso Deus.
10 तर तिमीहरू यर्दन पार गरेर जानेछौ र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने देशमा बसोबास गर्नेछौ। अनि उहाँले तिमीहरूका वरिपरि भएका शत्रुहरूदेखि विश्राम दिनुहुनेछ, ताकि तिमीहरू सुरक्षित बस्‍न सक।
10 Quando tiverdes passado o Jordão e vos tiverdes estabelecido na terra que o Senhor, vosso Deus, vos dá em herança, e ele vos tiver dado repouso, livrando-vos dos inimigos que vos cercam, de sorte que vivais em segurança,
11 अनि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नामको खातिर चुन्‍नुहुने ठाउँमा—त्यहाँ मैले तिमीहरूलाई आज्ञा दिएका हरेक थोक तिमीहरूले ल्याउनू। तिमीहरूका होमबलिहरू र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, तिमीहरूले याहवेहसँग भाकल गरेका सबै उत्तम कुराहरू।
11 então, ao lugar que o Senhor, vosso Deus, escolheu para estabelecer nele o seu nome, ali levareis todas as coisas que vos ordeno: vossos holocaustos, vossos sacrifícios, vossos dízimos, vossas primícias e todas as ofertas escolhidas que tiverdes prometido por voto ao Senhor.
12 अनि त्यहाँ तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरू, जसका आफ्ना कुनै पनि भाग वा अधिकार छैन, त्यहाँ सबैले याहवेह तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाओ।
12 Alegrar-vos-eis em presença do Senhor, vosso Deus, vós, vossos filhos vossas filhas, vossos servos e vossas servas, assim como o levita que se encontrar dentro de vossos muros, porque ele não tem parte nem herança em Israel.
13 होसियारी हुनु र तिमीहरूका होमबलिहरू तिमीहरूलाई मनपर्ने जुनसुकै ठाउँमा नचढाउनू।
13 Guarda-te de oferecer os teus holocaustos em qualquer lugar;
14 याहवेहले तिमीहरूका कुलहरूमध्ये चुनेको ठाउँमा मात्र ती होमबलि चढाउनू, र मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुरा पालना गर्नू।
14 oferecê-los-ás unicamente no lugar que o Senhor escolher em uma de suas tribos, e é ali que oferecerás teus holocaustos e farás tudo o que te ordeno.
15 तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार तिमीहरूले हरिण अथवा मृग खाएझैँ आफ्ना पशुहरूलाई तिमीहरूका कुनै पनि सहरमा इच्छा लागेअनुसार मारेर चाहेजति खान सक्छौ। विधिपूर्वक शुद्ध अथवा अशुद्ध दुवै व्यक्तिले खान सक्छन्।
15 Se quiseres, entretanto, comer carne, poderás, em qualquer cidade onde habitares, matar do teu rebanho, segundo as bênçãos que o Senhor, teu Deus, te der; tanto pode comê-la o homem impuro como o puro, como se come a gazela e o veado.
16 तर तिमीहरूले रगतचाहिँ नखानू; रगतलाई पानीजस्तै भुइँमा खन्याइदिनू।
16 Somente vos abstereis do sangue, que espalhareis sobre a terra como água.
17 तिमीहरूले तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलको दशांश, बथान र बगालका पहिला जन्मेका पशु, तिमीहरूले दिन्छु भनी भाकल गरेका जुनसुकै थोक वा तिमीहरूका स्वेच्छा-भेटीहरू अथवा विशेष भेटीहरूचाहिँ तिमीहरूका आफ्नै सहरहरूमा नखानू।
17 Não comerás dentro dos teus muros o dízimo de teu trigo, nem de teu vinho, nem de teu óleo, nem os primogênitos de teu gado grosso ou miúdo, nem aquilo que ofereceres por votos, nem tuas ofertas espontâneas, nem tuas primícias.
18 त्यसको सट्टामा तिमीहरू आफ्ना छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको ठाउँमा ती खानू। अनि याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूले हात लगाएका हरेक काममा आनन्द मनाउनू।
18 Mas comerás essas coisas diante do Senhor, teu Deus, no lugar que o Senhor, teu Deus, tiver escolhido, tu, teu filho, tua filha, teu servo e tua serva, assim como o levita que se encontrar dentro dos teus muros; e alegrar-te-ás em presença do Senhor, por todos os bens que tuas mãos tiverem adquirido.
19 सावधान रहो! जबसम्म आफ्नो देशमा रहन्छौ, तबसम्म लेवीहरूको बेवास्ता नगर्नू।
19 Guarda-te de abandonar o levita durante todo o tempo que viveres em teu solo.
20 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको प्रान्त ठूलो बनाइदिनुहुनेछ; अनि तिमीहरूले मासु खान ज्यादै इच्छा गर्नेछौ र भन्‍नेछौ, “मलाई मासु खान मन लाग्यो,” तब तिमीहरूले चाहेजति खान सक्छौ।
20 Quando o Senhor, teu Deus, tiver alargado os teus limites, como te prometeu, e quando disseres, levado pelo desejo de comer carne: eu gostaria de comer carne, come-a então quanto quiseres.
21 यदि याहवेह तिमीहरूका परमेश्‍वरले आफ्नो नाम राख्नलाई चुन्‍नुहुने ठाउँ तिमीहरूदेखि अति टाढा छ भने याहवेहले तिमीहरूलाई दिनुभएका आफ्ना बथानहरू र बगालहरूबाट मैले तिमीहरूलाई आज्ञा दिएझैँ पशुहरू मार्न सक्छौ। अनि तिमीहरूका आफ्नै सहरहरूमा आफूलाई मन परेजति सक्दो ती खान सक्छौ।
21 Se o lugar escolhido pelo Senhor, teu Deus, para nele ser invocado o seu nome, for muito afastado, poderás matar teus bois ou tuas ovelhas, que o Senhor te tiver dado, segundo o que te prescrevi, e poderás comer como te aprouver dentro de teus muros.
22 तिमीहरूले हरिण वा मृग खाएझैँ ती खानू। विधिपूर्वक शुद्ध र अशुद्ध दुवै व्यक्तिले ती खान सक्छन्।
22 Como se come a carne da gazela ou do veado, assim comerás essas carnes: poderão comê-la tanto o homem impuro como o puro.
23 तर रगतचाहिँ कहिल्यै नखानू; किनकि रगत नै प्राण हो। त्यसैले तिमीहरूले प्राणसँगै मासु खानुहुँदैन।
23 Mas guarda-te de absorver o sangue; porque o sangue é a vida, e tu não podes comer a vida com a carne
24 तिमीहरूले रगत नखानू; तर रगतलाई पानीजस्तै भुइँमा बगाइदिनू।
24 Não beberás, pois, o sangue, mas derramá-lo-ás sobre a terra como água.
25 रगतलाई नखानू, ताकि तिमीहरूले याहवेहको दृष्‍टिमा जे ठिक छ, त्यो गरिरहेका हुनेछौ। अनि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई भलो हुनेछ।
25 Não o sorverás, para que sejas feliz, tu e teus filhos depois de ti, por terdes feito o que é reto aos olhos do Senhor.
26 तर तिमीहरूले अर्पण गरेका कुराहरू र तिमीहरूले दिन्छु भनी भाकल गरेका सबै कुरासमेत लिएर याहवेहले छान्‍नुहुने ठाउँमा जाओ।
26 Mas as ofertas que te são impostas, ou as que fizeres em virtude de um voto, tu as tomarás contigo e irás ao lugar escolhido pelo Senhor;
27 याहवेह तिमीहरूका परमेश्‍वरको वेदीमा तिमीहरूका होमबलि, मासु र रगत दुवै चढाउनू। तिमीहरूका बलिदानहरूको रगत याहवेह तिमीहरूका परमेश्‍वरको वेदीको छेउमा पोखाउनुपर्छ, तर मासुचाहिँ तिमीहरूले खान सक्छौ।
27 ali as oferecerás em holocausto, carne e sangue, sobre o altar do Senhor, teu Deus. Quanto aos outros sacrifícios, o seu sangue será derramado sobre o altar do Senhor, teu Deus, e comerás as suas carnes.
28 मैले तिमीहरूलाई दिइरहेका यी सबै नीति-नियमहरू होसियारीसाथ पालन गर्न तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा जे ठिक छ त्यो गर्नु, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई सधैँ भलो होस्।
28 Ouve todas estas ordens que te prescrevo e põe-nas em prática, para que sejas feliz perpetuamente, tu e teus filhos depois de ti, por terdes feito o que é bom e reto aos olhos do Senhor.
29 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले आक्रमण गरेर धपाउन लागेका जातिहरूलाई तिमीहरूको सामुबाट नाश गर्नुहुनेछ। तर जब तिमीहरूले तिनीहरूलाई बाहिर धपाएर तिनीहरूको देशमा बसोबास गर्नेछौ,
29 Quando o Senhor teu Deus tiver exterminado diante de ti as nações, cujos territórios invadirás para despojá-los, quando ocupares a sua terra,
30 अनि तिमीहरूको सामुबाट तिनीहरू नष्‍ट भएपछि तिमीहरू होसियारी बस। अनि तिमीहरूले तिनीहरूका चालचलनको चासो राखेर उनीहरूका देवी-देवताको बारेमा यसो भन्दै नफस, “यी जातिहरूले आफ्ना देवी-देवताहरूको पूजा कसरी गर्छन्? हामी पनि त्यसै गरौँ।”
30 guarda-te de cair no laço, imitando-as, depois de sua destruição. Guarda-te de seguir os seus deuses, dizendo: como adoravam essas nações os seus deuses, para que também e faça o mesmo?
31 तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई तिनीहरूको तरिकाले नपुज्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूलाई पुज्दा याहवेहले घृणा गर्नुहुने हरप्रकारको घृणित कुराहरू गर्दछन्। तिनीहरूले आफ्ना देवी-देवताहरूका निम्ति बलिदानको रूपमा आफ्ना छोराछोरीहरूलाई समेत आगोमा बलि चढाउँछन्।
31 Não farás assim com o Senhor, teu Deus; porque tudo o que o Senhor odeia, tudo o que ele detesta, elas fizeram-no pelos seus deuses, chegando mesmo a queima em sua honra os seus filhos e filhas.
32 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू होसियारीसाथ पालन गर; त्यसमा केही नथप्नू र त्यसबाट केही नघटाउनू।
32 Cuidareis de fazer tudo o que vos prescrevo, sem acrescentar nada, nem nada tirar.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.