Deuteronômio 12
npioncb (NPIONCB) vs ARA
1 याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुन्जेल तिमीहरूले होसियारीसाथ पालन गर्नुपर्ने उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।
1 São estes os estatutos e os juízos que cuidareis de cumprir na terra que vos deu o Senhor , Deus de vossos pais, para a possuirdes todos os dias que viverdes sobre a terra.
2 उनीहरूका अल्गा डाँडाहरू, हरेक पर्वत र प्रत्येक झ्याम्म परेको रूखमुनि, जुन स्थानहरूमा तिमीहरूले अधिकार गर्न लागेका जातिहरूले तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्छन्, ती सबै ठाउँहरू तिमीहरूले पूर्ण रूपले ध्वस्त पारिदिनू।
2 Destruireis por completo todos os lugares onde as nações que ides desapossar serviram aos seus deuses, sobre as altas montanhas, sobre os outeiros e debaixo de toda árvore frondosa;
3 तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र तिनीहरूका अशेराको खाँबो आगोमा जलाइदिनू। तिनीहरूका देवी-देवताहरूका मूर्तिहरू काटेर ढालिदिनू, र ती ठाउँहरूबाट तिनीहरूका नामसमेत मेटाइदिनू।
3 deitareis abaixo os seus altares, e despedaçareis as suas colunas, e os seus postes-ídolos queimareis, e despedaçareis as imagens esculpidas dos seus deuses, e apagareis o seu nome daquele lugar.
4 तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आराधना उनीहरूको तरिकाले नगर्नू।
4 Não fareis assim para com o Senhor , vosso Deus,
5 तर तिमीहरूले चाहिँ याहवेह तिमीहरूका परमेश्वरले आफ्नो वासस्थानको निम्ति तिमीहरूका कुलहरूबीचबाट चुन्नुभएको ठाउँलाई खोज्नुपर्छ। अनि त्यस ठाउँमा तिमीहरू जानुपर्छ।
5 mas buscareis o lugar que o Senhor , vosso Deus, escolher de todas as vossas tribos, para ali pôr o seu nome e sua habitação; e para lá ireis.
6 त्यहाँ तिमीहरूले आफ्ना अन्नबलि र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, भाकल भेटीहरू, स्वेच्छा-भेटीहरू र तिमीहरूका बगालहरू र बथानहरूका पहिला जन्मेका पशुहरू ल्याउनू।
6 A esse lugar fareis chegar os vossos holocaustos, e os vossos sacrifícios, e os vossos dízimos, e a oferta das vossas mãos, e as ofertas votivas, e as ofertas voluntárias, e os primogênitos das vossas vacas e das vossas ovelhas.
7 त्यहाँ तिमीहरूले आफ्ना याहवेह परमेश्वरको उपस्थितिमा तिमीहरू र तिमीहरूका परिवारहरूले खानपिन गर्नेछौ। अनि तिमीहरूले हात लगाएका हरेक कुराहरूमा रमाउनेछौ; किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।
7 Lá, comereis perante o Senhor , vosso Deus, e vos alegrareis em tudo o que fizerdes, vós e as vossas casas, no que vos tiver abençoado o Senhor , vosso Deus.
8 आज तिमीहरू आफूलाई जे ठिक लाग्छ, त्यही गरिरहेका छौ, तर तिमीहरू त्यहाँ गएपछि त्यस्तै नगर्नू;
8 Não procedereis em nada segundo estamos fazendo aqui, cada qual tudo o que bem parece aos seus olhos,
9 किनकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने विश्रामस्थान र अधिकार गर्ने देशमा तिमीहरू अझसम्म पुगेका छैनौ।
9 porque, até agora, não entrastes no descanso e na herança que vos dá o Senhor , vosso Deus.
10 तर तिमीहरू यर्दन पार गरेर जानेछौ र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने देशमा बसोबास गर्नेछौ। अनि उहाँले तिमीहरूका वरिपरि भएका शत्रुहरूदेखि विश्राम दिनुहुनेछ, ताकि तिमीहरू सुरक्षित बस्न सक।
10 Mas passareis o Jordão e habitareis na terra que vos fará herdar o Senhor , vosso Deus; e vos dará descanso de todos os vossos inimigos em redor, e morareis seguros.
11 अनि याहवेह तिमीहरूका परमेश्वरले आफ्नो नामको खातिर चुन्नुहुने ठाउँमा—त्यहाँ मैले तिमीहरूलाई आज्ञा दिएका हरेक थोक तिमीहरूले ल्याउनू। तिमीहरूका होमबलिहरू र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, तिमीहरूले याहवेहसँग भाकल गरेका सबै उत्तम कुराहरू।
11 Então, haverá um lugar que escolherá o Senhor , vosso Deus, para ali fazer habitar o seu nome; a esse lugar fareis chegar tudo o que vos ordeno: os vossos holocaustos, e os vossos sacrifícios, e os vossos dízimos, e a oferta das vossas mãos, e toda escolha dos vossos votos feitos ao Senhor ,
12 अनि त्यहाँ तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरू, जसका आफ्ना कुनै पनि भाग वा अधिकार छैन, त्यहाँ सबैले याहवेह तिमीहरूका परमेश्वरको सामु आनन्द मनाओ।
12 e vos alegrareis perante o Senhor , vosso Deus, vós, os vossos filhos, as vossas filhas, os vossos servos, as vossas servas e o levita que mora dentro das vossas cidades e que não tem porção nem herança convosco.
13 होसियारी हुनु र तिमीहरूका होमबलिहरू तिमीहरूलाई मनपर्ने जुनसुकै ठाउँमा नचढाउनू।
13 Guarda-te, não ofereças os teus holocaustos em todo lugar que vires;
14 याहवेहले तिमीहरूका कुलहरूमध्ये चुनेको ठाउँमा मात्र ती होमबलि चढाउनू, र मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुरा पालना गर्नू।
14 mas, no lugar que o Senhor escolher numa das tuas tribos, ali oferecerás os teus holocaustos e ali farás tudo o que te ordeno.
15 तरै पनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार तिमीहरूले हरिण अथवा मृग खाएझैँ आफ्ना पशुहरूलाई तिमीहरूका कुनै पनि सहरमा इच्छा लागेअनुसार मारेर चाहेजति खान सक्छौ। विधिपूर्वक शुद्ध अथवा अशुद्ध दुवै व्यक्तिले खान सक्छन्।
15 Porém, consoante todo desejo da tua alma, poderás matar e comer carne nas tuas cidades, segundo a bênção do Senhor , teu Deus; o imundo e o limpo dela comerão, assim como se come da carne do corço e do veado.
16 तर तिमीहरूले रगतचाहिँ नखानू; रगतलाई पानीजस्तै भुइँमा खन्याइदिनू।
16 Tão somente o sangue não comerás; sobre a terra o derramarás como água.
17 तिमीहरूले तिमीहरूका अन्न, नयाँ दाखमद्य र जैतुन तेलको दशांश, बथान र बगालका पहिला जन्मेका पशु, तिमीहरूले दिन्छु भनी भाकल गरेका जुनसुकै थोक वा तिमीहरूका स्वेच्छा-भेटीहरू अथवा विशेष भेटीहरूचाहिँ तिमीहरूका आफ्नै सहरहरूमा नखानू।
17 Nas tuas cidades, não poderás comer o dízimo do teu cereal, nem do teu vinho, nem do teu azeite, nem os primogênitos das tuas vacas, nem das tuas ovelhas, nem nenhuma das tuas ofertas votivas, que houveres prometido, nem as tuas ofertas voluntárias, nem as ofertas das tuas mãos;
18 त्यसको सट्टामा तिमीहरू आफ्ना छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरूले याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा याहवेह तिमीहरूका परमेश्वरले चुन्नुभएको ठाउँमा ती खानू। अनि याहवेह तिमीहरूका परमेश्वरको सामु तिमीहरूले हात लगाएका हरेक काममा आनन्द मनाउनू।
18 mas o comerás perante o Senhor , teu Deus, no lugar que o Senhor , teu Deus, escolher, tu, e teu filho, e tua filha, e teu servo, e tua serva, e o levita que mora na tua cidade; e perante o Senhor , teu Deus, te alegrarás em tudo o que fizeres.
19 सावधान रहो! जबसम्म आफ्नो देशमा रहन्छौ, तबसम्म लेवीहरूको बेवास्ता नगर्नू।
19 Guarda-te, não desampares o levita todos os teus dias na terra.
20 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको प्रान्त ठूलो बनाइदिनुहुनेछ; अनि तिमीहरूले मासु खान ज्यादै इच्छा गर्नेछौ र भन्नेछौ, “मलाई मासु खान मन लाग्यो,” तब तिमीहरूले चाहेजति खान सक्छौ।
20 Quando o Senhor , teu Deus, alargar o teu território, como te prometeu, e, por desejares comer carne, disseres: Comerei carne, então, segundo o teu desejo, comerás carne.
21 यदि याहवेह तिमीहरूका परमेश्वरले आफ्नो नाम राख्नलाई चुन्नुहुने ठाउँ तिमीहरूदेखि अति टाढा छ भने याहवेहले तिमीहरूलाई दिनुभएका आफ्ना बथानहरू र बगालहरूबाट मैले तिमीहरूलाई आज्ञा दिएझैँ पशुहरू मार्न सक्छौ। अनि तिमीहरूका आफ्नै सहरहरूमा आफूलाई मन परेजति सक्दो ती खान सक्छौ।
21 Se estiver longe de ti o lugar que o Senhor , teu Deus, escolher para nele pôr o seu nome, então, matarás das tuas vacas e tuas ovelhas, que o Senhor te houver dado, como te ordenei; e comerás dentro da tua cidade, segundo todo o teu desejo.
22 तिमीहरूले हरिण वा मृग खाएझैँ ती खानू। विधिपूर्वक शुद्ध र अशुद्ध दुवै व्यक्तिले ती खान सक्छन्।
22 Porém, como se come da carne do corço e do veado, assim comerás destas carnes; destas comerá tanto o homem imundo como o limpo.
23 तर रगतचाहिँ कहिल्यै नखानू; किनकि रगत नै प्राण हो। त्यसैले तिमीहरूले प्राणसँगै मासु खानुहुँदैन।
23 Somente empenha-te em não comeres o sangue, pois o sangue é a vida; pelo que não comerás a vida com a carne.
24 तिमीहरूले रगत नखानू; तर रगतलाई पानीजस्तै भुइँमा बगाइदिनू।
24 Não o comerás; na terra o derramarás como água.
25 रगतलाई नखानू, ताकि तिमीहरूले याहवेहको दृष्टिमा जे ठिक छ, त्यो गरिरहेका हुनेछौ। अनि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई भलो हुनेछ।
25 Não o comerás, para que bem te suceda a ti e a teus filhos, depois de ti, quando fizeres o que é reto aos olhos do Senhor .
26 तर तिमीहरूले अर्पण गरेका कुराहरू र तिमीहरूले दिन्छु भनी भाकल गरेका सबै कुरासमेत लिएर याहवेहले छान्नुहुने ठाउँमा जाओ।
26 Porém tomarás o que houveres consagrado daquilo que te pertence e as tuas ofertas votivas e virás ao lugar que o Senhor escolher.
27 याहवेह तिमीहरूका परमेश्वरको वेदीमा तिमीहरूका होमबलि, मासु र रगत दुवै चढाउनू। तिमीहरूका बलिदानहरूको रगत याहवेह तिमीहरूका परमेश्वरको वेदीको छेउमा पोखाउनुपर्छ, तर मासुचाहिँ तिमीहरूले खान सक्छौ।
27 E oferecerás os teus holocaustos, a carne e o sangue sobre o altar do Senhor , teu Deus; e o sangue dos teus sacrifícios se derramará sobre o altar do Senhor , teu Deus; porém a carne comerás.
28 मैले तिमीहरूलाई दिइरहेका यी सबै नीति-नियमहरू होसियारीसाथ पालन गर्न तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा जे ठिक छ त्यो गर्नु, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई सधैँ भलो होस्।
28 Guarda e cumpre todas estas palavras que te ordeno, para que bem te suceda a ti e a teus filhos, depois de ti, para sempre, quando fizeres o que é bom e reto aos olhos do Senhor , teu Deus.
29 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले आक्रमण गरेर धपाउन लागेका जातिहरूलाई तिमीहरूको सामुबाट नाश गर्नुहुनेछ। तर जब तिमीहरूले तिनीहरूलाई बाहिर धपाएर तिनीहरूको देशमा बसोबास गर्नेछौ,
29 Quando o Senhor , teu Deus, eliminar de diante de ti as nações, para as quais vais para possuí-las, e as desapossares e habitares na sua terra,
30 अनि तिमीहरूको सामुबाट तिनीहरू नष्ट भएपछि तिमीहरू होसियारी बस। अनि तिमीहरूले तिनीहरूका चालचलनको चासो राखेर उनीहरूका देवी-देवताको बारेमा यसो भन्दै नफस, “यी जातिहरूले आफ्ना देवी-देवताहरूको पूजा कसरी गर्छन्? हामी पनि त्यसै गरौँ।”
30 guarda-te, não te enlaces com imitá-las, após terem sido destruídas diante de ti; e que não indagues acerca dos seus deuses, dizendo: Assim como serviram estas nações aos seus deuses, do mesmo modo também farei eu.
31 तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई तिनीहरूको तरिकाले नपुज्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूलाई पुज्दा याहवेहले घृणा गर्नुहुने हरप्रकारको घृणित कुराहरू गर्दछन्। तिनीहरूले आफ्ना देवी-देवताहरूका निम्ति बलिदानको रूपमा आफ्ना छोराछोरीहरूलाई समेत आगोमा बलि चढाउँछन्।
31 Não farás assim ao Senhor , teu Deus, porque tudo o que é abominável ao Senhor e que ele odeia fizeram eles a seus deuses, pois até seus filhos e suas filhas queimaram aos seus deuses.
32 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू होसियारीसाथ पालन गर; त्यसमा केही नथप्नू र त्यसबाट केही नघटाउनू।
32 Tudo o que eu te ordeno observarás; nada lhe acrescentarás, nem diminuirás.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.