2 Samuel 12

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए।
1 E o Senhor enviou a Davi o profeta Natã. Ao chegar, ele disse a Davi: "Dois homens viviam numa cidade, um era rico e o outro, pobre.
2 त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए।
2 O rico possuía muitas ovelhas e bois,
3 तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो।
3 mas o pobre nada tinha, senão uma cordeirinha que havia comprado. Ele a criou, e ela cresceu com ele e com seus filhos. Ela comia junto dele, bebia do seu copo e até dormia em seus braços. Era como uma filha para ele.
4 “एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्‍यो।”
4 "Certo dia, um viajante chegou à casa do rico, e este não quis pegar uma de suas próprias ovelhas ou do seus bois para preparar-lhe uma refeição. Em vez disso, preparou para o visitante a cordeira que pertencia ao pobre".
5 तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ!
5 Então, Davi encheu-se de ira contra o homem e disse a Natã: "Juro pelo nome do Senhor que o homem que fez isso merece a morte!
6 त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्‍यो, र त्यसले कुनै दया देखाएन।”
6 Deverá pagar quatro vezes o preço da cordeira, porquanto agiu sem misericórdia".
7 तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ।
7 Então Natã disse a Davi: "Você é esse homem! Assim diz o Senhor, o Deus de Israel: ‘Eu o ungi rei de Israel, e livrei-o das mãos de Saul.
8 मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ।
8 Dei-lhe a casa e as mulheres do seu senhor. Dei-lhe a nação de Israel e Judá. E, se tudo isso não fosse suficiente, eu lhe teria dado mais ainda.
9 तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्‍टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्।
9 Por que você desprezou a palavra do Senhor, fazendo o que ele reprova? Você matou Urias, o hitita, com a espada dos amonitas e ficou com a mulher dele.
10 यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’
10 Por isso, a espada nunca se afastará de sua família, pois você me desprezou e tomou a mulher de Urias, o hitita, para ser sua mulher’.
11 “याहवेह यसो भन्‍नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ।
11 "Assim diz o Senhor: ‘De sua própria família trarei desgraça sobre você. Tomarei as suas mulheres diante dos seus próprios olhos e as darei a outro; e ele se deitará com elas em plena luz do dia.
12 तैँले गुप्‍तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ”
12 Você fez isso às escondidas, mas eu o farei diante de todo o Israel, em plena luz do dia’ ".
13 त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।”
13 Então Davi disse a Natã: "Pequei contra o Senhor! " E Natã respondeu: "O Senhor perdoou o seu pecado. Você não morrerá.
14 तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्‍चय मर्नेछ।”
14 Entretanto, uma vez que você insultou o Senhor, o menino morrerá".
15 अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो।
15 Depois que Natã foi para casa, o Senhor fez adoecer o filho que a mulher de Urias dera a Davi.
16 दावीदले त्यस शिशुको निम्ति परमेश्‍वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर भुइँमा लम्पसार परेर रात बिताए।
16 E Davi implorou a Deus em favor da criança. Ele jejuou e, entrando em casa, passou a noite deitado no chão.
17 तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्।
17 Os oficiais do palácio tentaram fazê-lo levantar-se do chão, mas ele não quis, e recusou comer.
18 सातौँ दिनमा त्यो शिशु मर्‍यो। दावीदका नोकरहरूले त्यो शिशु मरेको खबर दिन डराए। किनकि तिनीहरूले सोचे, “शिशु जीवित हुँदा नै हामीले दावीदसँग कुरा गर्दासमेत उहाँले हाम्रो कुरा सुन्‍नुभएन। अब शिशु मर्‍यो भनेर हामीले उहाँलाई कसरी भनौँ? यो सुनेर निश्‍चय नै उहाँले आफूलाई केही हानि गर्न सक्नुहुनेछ।”
18 Sete dias depois a criança morreu. Os conselheiros de Davi estavam com medo de dizer-lhe que a criança estava morta, e comentavam: "Enquanto a criança ainda estava viva, falamos com ele, e ele não quis escutar-nos. Como vamos dizer-lhe que a criança morreu? Ele poderá cometer alguma loucura! "
19 दावीदले आफ्ना नोकरहरूलाई आपसमा कानेखुसी गरिरहेको देखे, तब तिनले शिशु मर्‍यो भन्‍ने थाहा पाए। तिनले सोधे, “के शिशु मरेकै हो?”
19 Davi, percebendo que seus conselheiros cochichavam entre si, compreendeu que a criança estava morta e perguntou: "A criança morreu? " "Sim, morreu", responderam eles.
20 तब दावीद भुइँबाट उठे। त्यसपछि तिनले नुहाए, तेल लगाए, लुगा फेरे। तिनी याहवेहको भवनभित्र गएर दण्डवत् गरे। तिनी आफ्नो घरमा गए; अनि तिनकै अनुरोधमा तिनीहरूले भोजन राखिदिए, र तिनले खाए।
20 Então Davi levantou-se do chão, lavou-se, perfumou-se e trocou de roupa. Depois entrou no santuário do Senhor e adorou. E voltando ao palácio, pediu que lhe preparassem uma refeição e comeu.
21 तिनका नोकरहरूले तिनलाई सोधे, “तपाईंले किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? जब शिशु जीवित थियो, तब उसका निम्ति तपाईंले उपवास बसेर विलाप गर्नुभयो। तर अब तिनी मरेपछि तपाईं उठ्नुभयो, र भोजन गर्नुभयो!”
21 Seus conselheiros lhe perguntaram: "Por que ages assim? Enquanto a criança estava viva, jejuaste e choraste; mas, agora que a criança está morta, te levantas e comes! "
22 तब तिनले जवाफ दिए, “जब त्यो शिशु जिउँदो थियो, र म उपवास बसेँ, र रोएँ। किनकि मैले सोचेँ, ‘कतै याहवेहले ममाथि कृपा गरेर त्यो शिशुलाई बचाइदिनु पो हुन्छ कि?’
22 Ele respondeu: "Enquanto a criança ainda estava viva, jejuei e chorei. Eu pensava: ‘Quem sabe? Talvez o Senhor tenha misericórdia de mim e deixe a criança viver’.
23 तर अब शिशु मरिहाल्यो; यसकारण म किन उपवास बसूँ? के म उसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर अब त्यो मकहाँ फर्केर आउनेछैन।”
23 Mas agora que ela morreu, por que deveria jejuar? Poderia eu trazê-la de volta à vida? Eu irei até ela, mas ela não voltará para mim".
24 त्यसपछि दावीदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए; अनि दावीद तिनीकहाँ गए, र तिनीसँग सुते। अनि तिनले एउटा छोरा जन्माइन्। तिनीहरूले त्यसको नाम सोलोमन राखे। याहवेहले त्यसलाई प्रेम गर्नुभयो।
24 Depois Davi consolou sua mulher Bate-Seba e deitou-se com ela, e ela teve um menino, a quem Davi deu o nome de Salomão. E o Senhor o amou
25 याहवेहले त्यसलाई प्रेम गर्नुभएको कारण उहाँले अगमवक्ता नातानद्वारा त्यसको नाम यददीयाह राख्नू भनी वचन पठाउनुभयो।
25 e, por isso, enviou o profeta Natã para dizer a Davi que, o menino deveria chamar-se Jedidias.
26 यसैबीच योआबले अम्मोनीहरूको सहर रब्बाको विरुद्धमा युद्ध गरे। अनि राजकीय किल्‍ला कब्जा गरे।
26 Enquanto isso, Joabe atacou Rabá dos amonitas e conquistou a fortaleza real.
27 तब योआबले दावीदकहाँ यसो भनेर दूतहरू पठाए, “मैले रब्बा सहरको विरुद्धमा युद्ध गरेँ, र त्यसको पानीको मुहानहरू पनि कब्जा गरेको छु।
27 Então mandou mensageiros a Davi, dizendo: "Lutei contra Rabá e apoderei-me dos seus reservatórios de água.
28 अब बाँकी रहेका सेनाहरूलाई भेला गरेर त्यस सहरलाई घेरेर कब्जा गर्नुहोस्; नत्रता म त्यस सहरलाई कब्जा गर्नेछु, र त्यस सहरलाई मेरो नाम दिइनेछ।”
28 Agora, convoca o restante do exército, cerca a cidade e conquista-a. Se não, eu terei a fama de havê-la conquistado".
29 यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे।
29 Então, Davi convocou todo o exército, foi a Rabá, atacou a cidade e a conquistou.
30 दावीदले अम्मोनीहरूका राजाको शिरबाट मुकुट लिए, जसको तौल चौँतीस किलो सुनको थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए। दावीदले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू लिए।
30 A seguir tirou a coroa da cabeça de Milcom, uma coroa de ouro de trinta e cinco quilos; ornamentada com pedras preciosas. E ela foi colocada na cabeça de Davi. Ele levou uma grande quantidade de bens da cidade
31 अनि त्यहाँ भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा चलाउने काम, गैँती र बन्चरो चलाउने काम गर्न लगाए। अनि इँटाभट्टीमा पनि इँटा बनाउने काममा लगाए। यसरी तिनले समस्त अम्मोनी सहरहरूमा त्यसै गरे। त्यसपछि दावीद र तिनका सम्पूर्ण फौज यरूशलेममा फर्के।
31 e levou também os seus habitantes, designando-lhes trabalhos com serras, picaretas e machados, além da fabricação de tijolos. Davi fez assim com todas as cidades amonitas. Depois voltou com todo o seu exército para Jerusalém.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Samuel 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.