2 Samuel 12
npioncb (NPIONCB) vs ARA
1 याहवेहले नातानलाई दावीदकहाँ पठाउनुभयो। जब नातान दावीदकहाँ आए, र तिनले भने, “कुनै एउटा सहरमा दुई जना मानिसहरू थिए, एक जना धनी र अर्कोचाहिँ गरिब थिए।
1 O Senhor enviou Natã a Davi. Chegando Natã a Davi, disse-lhe: Havia numa cidade dois homens, um rico e outro pobre.
2 त्यस धनी मानिससँग धेरै भेडा र गाईबस्तुहरू थिए।
2 Tinha o rico ovelhas e gado em grande número;
3 तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो।
3 mas o pobre não tinha coisa nenhuma, senão uma cordeirinha que comprara e criara, e que em sua casa crescera, junto com seus filhos; comia do seu bocado e do seu copo bebia; dormia nos seus braços, e a tinha como filha.
4 “एक दिन धनी मानिसकहाँ एक जना यात्री पाहुना आयो। तर त्यस धनी मानिसले आफूकहाँ आएको यात्रीको निम्ति भोजन बनाउनको लागि आफ्नो भेडा अथवा गाईबस्तु मार्ने इच्छा गरेनन्। बरु त्यसको सट्टा तिनले त्यस गरिब मानिसको त्यो पाठी लिएर आफूकहाँ आएको व्यक्तिको निम्ति भोजन तयार गर्यो।”
4 Vindo um viajante ao homem rico, não quis este tomar das suas ovelhas e do gado para dar de comer ao viajante que viera a ele; mas tomou a cordeirinha do homem pobre e a preparou para o homem que lhe havia chegado.
5 तब दावीद त्यो कुरा सुनेर त्यस धनी मानिससँग साह्रै रिसाए, र तिनले नातानलाई भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्चय नै त्यसो गर्ने त्यो मानिस मारिनैपर्छ!
5 Então, o furor de Davi se acendeu sobremaneira contra aquele homem, e disse a Natã: Tão certo como vive o Senhor , o homem que fez isso deve ser morto.
6 त्यस मानिसले त्यस पाठीको दाम चार गुणा तिर्नुपर्छ। किनकि त्यसले त्यस्तो काम गर्यो, र त्यसले कुनै दया देखाएन।”
6 E pela cordeirinha restituirá quatro vezes, porque fez tal coisa e porque não se compadeceu.
7 तब नातानले दावीदलाई भने, “त्यो मानिस तपाईं नै हुनुहुन्छ! याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेँ; अनि मैले तँलाई शाऊलको हातबाट छुटाएँ।
7 Então, disse Natã a Davi: Tu és o homem. Assim diz o Senhor , Deus de Israel: Eu te ungi rei sobre Israel e eu te livrei das mãos de Saul;
8 मैले तँलाई तेरा मालिकको घर र तेरा मालिकका पत्नीहरू तेरो हातमा दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घराना दिएँ। अनि यदि तँलाई यी सबै कुराहरू अपुग भएको भए म तँलाई अझ बढी दिनेथिएँ।
8 dei-te a casa de teu senhor e as mulheres de teu senhor em teus braços e também te dei a casa de Israel e de Judá; e, se isto fora pouco, eu teria acrescentado tais e tais coisas.
9 तैँले याहवेहको वचनलाई तुच्छ ठानेर किन उहाँको दृष्टिमा जे खराब छ, त्यही गरिस्? तैँले हित्ती उरियाहलाई तरवारले मारिस्, र त्यसकी पत्नीलाई आफ्नी पत्नी बनाइस्। तैँले त्यसलाई अम्मोनीहरूको तरवारद्वारा मारिस्।
9 Por que, pois, desprezaste a palavra do Senhor , fazendo o que era mau perante ele? A Urias, o heteu, feriste à espada; e a sua mulher tomaste por mulher, depois de o matar com a espada dos filhos de Amom.
10 यसकारण अब तेरो घरानाले कहिल्यै तरवारबाट विश्राम पाउनेछैन; किनकि मलाई तुच्छ ठानेर तैँले हित्ती उरियाहकी पत्नीलाई ल्याएर आफ्नी पत्नी बनाइस्।’
10 Agora, pois, não se apartará a espada jamais da tua casa, porquanto me desprezaste e tomaste a mulher de Urias, o heteu, para ser tua mulher.
11 “याहवेह यसो भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ।
11 Assim diz o Senhor : Eis que da tua própria casa suscitarei o mal sobre ti, e tomarei tuas mulheres à tua própria vista, e as darei a teu próximo, o qual se deitará com elas, em plena luz deste sol.
12 तैँले गुप्तमा यो गरिस्, तर मचाहिँ यो कुरा सारा इस्राएलको सामु दिउँसो उज्यालोमा गराउनेछु।’ ”
12 Porque tu o fizeste em oculto, mas eu farei isto perante todo o Israel e perante o sol.
13 त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।”
13 Então, disse Davi a Natã: Pequei contra o Senhor . Disse Natã a Davi: Também o Senhor te perdoou o teu pecado; não morrerás.
14 तर तपाईंले यस्तो काम गर्नुभएकोले गर्दा याहवेहका शत्रुहरूलाई घृणा गर्ने मौका दिनुभयो। त्यसकारण तपाईंबाट जन्मेको छोराचाहिँ निश्चय मर्नेछ।”
14 Mas, posto que com isto deste motivo a que blasfemassem os inimigos do Senhor , também o filho que te nasceu morrerá.
15 अनि नातान घर गए। तब उरियाहकी पत्नीले दावीदबाट जन्माएको शिशुलाई याहवेहले प्रहार गर्नुभयो, र त्यो सिकिस्त बिरामी भयो।
15 Então, Natã foi para sua casa. E o
16 दावीदले त्यस शिशुको निम्ति परमेश्वरसँग बिन्ती गरे। तिनी उपवास बसे, र कोठाभित्र गएर शोक वस्त्र लगाएर भुइँमा लम्पसार परेर रात बिताए।
16 Buscou Davi a Deus pela criança; jejuou Davi e, vindo, passou a noite prostrado em terra.
17 तिनका घरानाका प्रधानहरू तिनलाई जमिनबाट उठाउनलाई तिनीकहाँ नजिक आए। तर तिनले इन्कार गरे; अनि तिनीहरूसँग केही पनि खान मानेनन्।
17 Então, os anciãos da sua casa se achegaram a ele, para o levantar da terra; porém ele não quis e não comeu com eles.
18 सातौँ दिनमा त्यो शिशु मर्यो। दावीदका नोकरहरूले त्यो शिशु मरेको खबर दिन डराए। किनकि तिनीहरूले सोचे, “शिशु जीवित हुँदा नै हामीले दावीदसँग कुरा गर्दासमेत उहाँले हाम्रो कुरा सुन्नुभएन। अब शिशु मर्यो भनेर हामीले उहाँलाई कसरी भनौँ? यो सुनेर निश्चय नै उहाँले आफूलाई केही हानि गर्न सक्नुहुनेछ।”
18 Ao sétimo dia, morreu a criança; e temiam os servos de Davi informá-lo de que a criança era morta, porque diziam: Eis que, estando a criança ainda viva, lhe falávamos, porém não dava ouvidos à nossa voz; como, pois, lhe diremos que a criança é morta? Porque mais se afligirá.
19 दावीदले आफ्ना नोकरहरूलाई आपसमा कानेखुसी गरिरहेको देखे, तब तिनले शिशु मर्यो भन्ने थाहा पाए। तिनले सोधे, “के शिशु मरेकै हो?”
19 Viu, porém, Davi que seus servos cochichavam uns com os outros e entendeu que a criança era morta, pelo que disse aos seus servos: É morta a criança? Eles responderam: Morreu.
20 तब दावीद भुइँबाट उठे। त्यसपछि तिनले नुहाए, तेल लगाए, लुगा फेरे। तिनी याहवेहको भवनभित्र गएर दण्डवत् गरे। तिनी आफ्नो घरमा गए; अनि तिनकै अनुरोधमा तिनीहरूले भोजन राखिदिए, र तिनले खाए।
20 Então, Davi se levantou da terra; lavou-se, ungiu-se, mudou de vestes, entrou na Casa do Senhor e adorou; depois, veio para sua casa e pediu pão; puseram-no diante dele, e ele comeu.
21 तिनका नोकरहरूले तिनलाई सोधे, “तपाईंले किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ? जब शिशु जीवित थियो, तब उसका निम्ति तपाईंले उपवास बसेर विलाप गर्नुभयो। तर अब तिनी मरेपछि तपाईं उठ्नुभयो, र भोजन गर्नुभयो!”
21 Disseram-lhe seus servos: Que é isto que fizeste? Pela criança viva jejuaste e choraste; porém, depois que ela morreu, te levantaste e comeste pão.
22 तब तिनले जवाफ दिए, “जब त्यो शिशु जिउँदो थियो, र म उपवास बसेँ, र रोएँ। किनकि मैले सोचेँ, ‘कतै याहवेहले ममाथि कृपा गरेर त्यो शिशुलाई बचाइदिनु पो हुन्छ कि?’
22 Respondeu ele: Vivendo ainda a criança, jejuei e chorei, porque dizia: Quem sabe se o Senhor se compadecerá de mim, e continuará viva a criança?
23 तर अब शिशु मरिहाल्यो; यसकारण म किन उपवास बसूँ? के म उसलाई फेरि फर्काएर ल्याउन सक्छु र? म उसकहाँ जानेछु, तर अब त्यो मकहाँ फर्केर आउनेछैन।”
23 Porém, agora que é morta, por que jejuaria eu? Poderei eu fazê-la voltar? Eu irei a ela, porém ela não voltará para mim.
24 त्यसपछि दावीदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए; अनि दावीद तिनीकहाँ गए, र तिनीसँग सुते। अनि तिनले एउटा छोरा जन्माइन्। तिनीहरूले त्यसको नाम सोलोमन राखे। याहवेहले त्यसलाई प्रेम गर्नुभयो।
24 Então, Davi veio a Bate-Seba, consolou-a e se deitou com ela; teve ela um filho a quem Davi deu o nome de Salomão; e o Senhor o amou.
25 याहवेहले त्यसलाई प्रेम गर्नुभएको कारण उहाँले अगमवक्ता नातानद्वारा त्यसको नाम यददीयाह राख्नू भनी वचन पठाउनुभयो।
25 Davi o entregou nas mãos do profeta Natã, e este lhe chamou Jedidias, por amor do Senhor .
26 यसैबीच योआबले अम्मोनीहरूको सहर रब्बाको विरुद्धमा युद्ध गरे। अनि राजकीय किल्ला कब्जा गरे।
26 Entretanto, pelejou Joabe contra Rabá, dos filhos de Amom, e tomou a cidade real.
27 तब योआबले दावीदकहाँ यसो भनेर दूतहरू पठाए, “मैले रब्बा सहरको विरुद्धमा युद्ध गरेँ, र त्यसको पानीको मुहानहरू पनि कब्जा गरेको छु।
27 Então, mandou Joabe mensageiros a Davi e disse: Pelejei contra Rabá e tomei a cidade das águas.
28 अब बाँकी रहेका सेनाहरूलाई भेला गरेर त्यस सहरलाई घेरेर कब्जा गर्नुहोस्; नत्रता म त्यस सहरलाई कब्जा गर्नेछु, र त्यस सहरलाई मेरो नाम दिइनेछ।”
28 Ajunta, pois, agora o resto do povo, e cerca a cidade, e toma-a, para não suceder que, tomando-a eu, se aclame sobre ela o meu nome.
29 यसकारण दावीदले सम्पूर्ण सेनालाई भेला गरे, र रब्बा सहरमा गए; त्यसमाथि आक्रमण गरे, र त्यसलाई कब्जा गरे।
29 Reuniu, pois, Davi a todo o povo, e marchou para Rabá, e pelejou contra ela, e a tomou.
30 दावीदले अम्मोनीहरूका राजाको शिरबाट मुकुट लिए, जसको तौल चौँतीस किलो सुनको थियो, र त्यसमा बहुमूल्य पत्थरहरू जडिएका थिए। दावीदले त्यस सहरबाट धेरै मात्रामा लुटका मालसामानहरू लिए।
30 Tirou a coroa da cabeça do seu rei; o peso da coroa era de um talento de ouro, e havia nela pedras preciosas, e foi posta na cabeça de Davi; e da cidade levou mui grande despojo.
31 अनि त्यहाँ भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा चलाउने काम, गैँती र बन्चरो चलाउने काम गर्न लगाए। अनि इँटाभट्टीमा पनि इँटा बनाउने काममा लगाए। यसरी तिनले समस्त अम्मोनी सहरहरूमा त्यसै गरे। त्यसपछि दावीद र तिनका सम्पूर्ण फौज यरूशलेममा फर्के।
31 Trazendo o povo que havia nela, fê-lo passar a serras, e a picaretas, e a machados de ferro, e em fornos de tijolos; e assim fez a todas as cidades dos filhos de Amom. Voltou Davi com todo o povo para Jerusalém.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Samuel 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.