2 Samuel 10
npioncb (NPIONCB) vs VC
1 केही समयपछि अम्मोनीहरूका राजाको मृत्यु भयो, र तिनीपछि तिनका छोरा हानून राजा भए।
1 Aconteceu que, morrendo o rei dos amonitas, seu filho Hanon sucedeu-lhe no trono.
2 दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए।
2 Vou pôr-me em boas relações com Hanon, filho de Naas, pensou Davi, assim como seu pai fez comigo. Enviou-lhe, pois, mensageiros que lhe exprimissem suas condolências pela morte de seu pai. Quando os servos de Davi chegaram à terra dos amonitas,
3 तब अम्मोनी अधिकारीहरूले तिनीहरूका मालिक हानूनलाई भने, “के दावीदले तपाईंकहाँ समवेदना प्रकट गर्नलाई मानिसहरू पठाएर तपाईंका पितालाई आदर दिइरहेका छन् भनी तपाईं ठान्नुहुन्छ? के दावीदले तिनीहरूलाई यस सहरको जानकारी लिएर यसलाई जित्नको लागि जासुसी गर्न पठाएका होइनन् र?”
3 os chefes dos amonitas disseram ao seu senhor Hanon: Julgas que Davi pretende honrar teu pai, mandando-te consoladores? Não seria antes para examinar, espionar e destruir a cidade, que ele mandou os seus servos?
4 यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए।
4 Então Hanon prendeu os servos de Davi, rapou-lhes metade da barba, cortou-lhes as vestes bem curtas e despediu-os.
5 जब यो कुरा दावीदलाई भनियो, तब तिनले ती मानिसहरूलाई भेट्न मानिसहरू पठाए। किनकि अम्मोनीहरूलाई भेट्न भनी पठाएका मानिसहरू साह्रै अपमानित भएका थिए। तब राजाले भने, “तिमीहरूका दाह्री नबढेसम्म यरीहोमै बस्नू, तब मात्र फर्केर आउनू।”
5 Davi, tendo conhecimento disso, mandou mensageiros ao seu encontro - pois estavam profundamente humilhados - para dizer-lhes: Ficai em Jericó até que vossa barba tenha de novo crescido, e então voltareis.
6 जब अम्मोनीहरूले दावीदका लागि तिनीहरू अप्रिय भएको कुरा महसुस गरे, तब तिनीहरूले बेथ-रहोब र सोबाहबाट बीस हजार अरामी पैदल-सेना भाडामा लिए। साथै एक हजार मानिसहरूसहित माकाका राजालाई लिए; अनि तोबबाट पनि बाह्र हजार मानिसहरू लिए।
6 Vendo os amonitas que se haviam tornado odiosos a Davi, mandaram delegados para tomarem ao seu soldo os arameus de Bet-Roob e os de Soba, ou seja, vinte mil soldados de infantaria, e o rei de Maaca, com mil homens, e os de Tob, com doze mil.
7 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए।
7 A esta notícia, Davi levantou todo o exército com Joab e os mais valentes.
8 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए। अनि सोबाह र रहोबका अरामीहरू, तोब र माकाका मानिसहरूचाहिँ खुला मैदानमा मोर्चा बाँधे।
8 Os amonitas puseram-se em linha de combate à entrada da porta, ao passo que os arameus de Soba e de Roob ficaram no campo com os homens de Tob e de Maaca.
9 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।
9 Joab, vendo que estava preparada a batalha contra ele, tanto pela frente como por detrás, escolheu os melhores de Israel e formou-os em linha de batalha contra os arameus.
10 तिनले बाँकी रहेका मानिसहरूलाई आफ्नो भाइ अबीशैको नेतृत्वमा अम्मोनीहरूको विरुद्धमा खटाए।
10 Confiou o resto do exército ao seu irmão Abisaí, que o pôs em linha de combate contra os amonitas.
11 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउन आउनेछु।
11 Disse-lhe: Se os arameus prevalecerem contra mim, tu virás em meu socorro; e se os amonitas prevalecerem contra ti, eu irei em teu auxílio.
12 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्टिमा जे असल छ, त्यो गर्नुहुनेछ।”
12 Coragem! Lutemos com valor por nosso povo e pelas cidades de nosso Deus. O Senhor faça o que lhe parecer melhor!
13 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे।
13 Joab avançou com sua tropa contra os arameus, que fugiram diante dele.
14 जब अम्मोनीहरूले अरामीहरू भागिरहेका देखे, तब तिनीहरू अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब अम्मोनीहरूसँग युद्ध गर्न छाडेर यरूशलेममा फर्केर आए।
14 Vendo os arameus em fuga, recuaram também os amonitas diante de Abisaí e voltaram para a cidade. Joab deixou os amonitas e foi para Jerusalém.
15 जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए।
15 Os arameus, vendo-se batidos pelos israelitas, reuniram-se em massa.
16 हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरामीहरूलाई झिकाए थिए; तिनीहरू हददेजेरको सेनाहरूको सेनापति शोबाकको नेतृत्वमा हेलाममा गए।
16 Hadadezer enviou então um delegado para mobilizar os arameus de além do rio, e estes vieram para Helão, tendo à sua frente Sobac, general de Hadadezer.
17 जब दावीदलाई यो कुरा सुनाइयो, तब तिनले समस्त इस्राएलीहरूलाई भेला गराए, र यर्दन नदी तरेर हेलाममा गए। अरामीहरूले दावीदको सामना गर्नलाई युद्धको मोर्चा बाँधे, र तिनीसित युद्ध गरे।
17 Davi, informado disso, reuniu todo o Israel, passou o Jordão e foi contra o Helão. Houve uma dura batalha entre os arameus e Davi,
18 तर तिनीहरू इस्राएलको सामुबाट भागे, र दावीदले तिनीहरूका सात सय रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। तिनले तिनीहरूका सेनाहरूका सेनापति शोबाकलाई पनि प्रहार गरे; अनि तिनी त्यहीँ मरे।
18 mas os arameus fugiram diante de Israel; Davi matou-lhes setecentos cavalos de carros e quarenta mil homens. Feriu também o seu general Sobac, que morreu naquele mesmo lugar.
19 जब हददेजेरका अधीनमा रहेका सबै राजाहरूले आफूहरू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले इस्राएलसँग सन्धि गरे। त्यसपछि तिनीहरू इस्राएलीहरूको अधीनमा भए।
19 Todos os reis que eram vassalos de Hadadezer, vendo-se vencidos pelos israelitas, fizeram paz com eles e tornaram-se seus tributários. Daí por diante os arameus não ousaram mais dar socorro aos amonitas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Samuel 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.