1 Tessalonicenses 2

npioncb (NPIONCB) vs BKJ

Sair da comparação
1 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ।
1 Porque vós mesmos, irmãos, sabeis que a nossa entrada para convosco não foi vã;
2 तिमीहरूलाई थाहै छ, फिलिप्पीमा हामीले कष्‍ट भोगेर अपमानित हुनुपरेको थियो; तर परमेश्‍वरको सहायताले घोर विरोध भए तापनि हामीले साहससाथ तिमीहरूलाई सुसमाचार प्रचार गर्‍यौँ।
2 mas, mesmo depois de termos antes sofrido e sido envergonhados, como sabeis, em Filipos, tornamo-nos ousados em nosso Deus, para vos falar o evangelho de Deus com grande combate.
3 किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ।
3 Porque a nossa exortação não foi com engano, nem com imundícia, nem com malícia;
4 तर परमेश्‍वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्‍न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्‍वरलाई प्रसन्‍न पार्न कोसिस गर्दछौँ।
4 mas, como fomos aprovados de Deus para que o evangelho nos fosse confiado, assim falamos, não como para agradar aos homens, mas a Deus, quem prova os nossos corações.
5 तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्‍वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ।
5 Porque nunca usamos de palavras lisonjeiras, como sabeis, nem houve um pretexto de avareza; Deus é testemunha.
6 न त हामीले मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्‍यौँ। त्यसो त हामी ख्रीष्‍टका प्रेरितहरू भएका कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौँ।
6 E não buscamos glória dos homens, nem de vós, nem ainda de outros, quando podíamos ser-vos pesados, como os apóstolos de Cristo;
7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ।
7 mas fomos brandos entre vós, como a ama que cuida de seus filhos.
8 यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्‍यौँ; यसैले तिमीहरूसँग परमेश्‍वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ।
8 Assim nós, sendo-vos tão afeiçoados, de boa vontade quiséramos comunicar-vos, não o evangelho de Deus apenas, mas ainda as nossas próprias almas; porque éreis muito queridos a nós.
9 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्‍यौँ, यो कुरा निश्‍चय नै तिमीहरूलाई थाहा छ।
9 Porque bem vos lembrais, irmãos, do nosso trabalho e dor; porque, trabalhando noite e dia, para não sermos pesados a nenhum de vós, vos pregamos o evangelho de Deus.
10 तिमीहरू र परमेश्‍वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्‍वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो।
10 Vós sois testemunhas, e Deus também, de quão santa, justa e irrepreensivelmente nos portamos para convosco, os que crestes.
11 किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्‍यौँ;
11 Assim, como sabeis de que modo exortamos, consolamos e cobramos a cada um de vós, como o pai faz a seus filhos,
12 ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्‍वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
12 para que vós andásseis dignamente diante de Deus, que vos chama para o seu reino e glória.
13 अनि यस कुराको निम्ति पनि हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद चढाउँछौँ; किनकि तिमीहरूले हामीबाट सुनेका परमेश्‍वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्‍वरकै वचनको रूपमा स्वीकार गर्‍यौ; जुनचाहिँ वास्तवमा नै परमेश्‍वरको वचन हो, र यस वचनले तिमी विश्‍वास गर्नेहरूमा काम पनि गरिरहेको छ।
13 Por isso também damos graças a Deus sem cessar, porque, havendo recebido de nós a palavra da pregação de Deus, a recebestes, não a palavra de homens, mas segundo é, na verdade, a palavra de Deus, a qual também opera de forma eficaz em vós, os que crestes.
14 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा यहूदियामा भएका परमेश्‍वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्‍ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्‍ट भोगेका थिए।
14 Porque vós, irmãos, haveis sido feitos seguidores das igrejas de Deus que, na Judeia, estão em Cristo Jesus; porquanto também sofrestes de vossos próprios concidadãos o mesmo que os judeus lhes fizeram,
15 ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्।
15 os quais também mataram o Senhor Jesus e os seus próprios profetas, e nos têm perseguido, e não agradam a Deus, e são contrários a todos os homens.
16 गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्‍वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।
16 E nos impedem de falar aos gentios para que possam ser salvos, a fim de encherem sempre a medida de seus pecados; mas a ira de Deus caiu sobre eles até o fim.
17 तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्‍यौँ।
17 Nós, porém, irmãos, separados da vossa presença por pouco tempo, não do coração, apressamo-nos o máximo possível para vermos vossas faces com grande desejo.
18 हामी तिमीहरूकहाँ आउन खोजेका थियौँ। म पावल, आफैँले अनेक पटक प्रयास गरेँ, तर शैतानले हामीलाई बाधा गर्‍यो।
18 Por isso bem quisemos ir ter convosco, pelo menos eu, Paulo, uma e outra vez; mas Satanás nos impediu.
19 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र?
19 Porque qual é a nossa esperança, ou alegria, ou coroa de glória? Por acaso não o sois vós na presença de nosso Senhor Jesus Cristo em sua vinda?
20 निश्‍चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ।
20 Porque vós sois nossa glória e alegria.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Tessalonicenses 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.