1 Tessalonicenses 2
npioncb (NPIONCB) vs ARIB
1 दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ।
1 Porque vós mesmos sabeis, irmãos, que a nossa entrada entre vós não foi vã;
2 तिमीहरूलाई थाहै छ, फिलिप्पीमा हामीले कष्ट भोगेर अपमानित हुनुपरेको थियो; तर परमेश्वरको सहायताले घोर विरोध भए तापनि हामीले साहससाथ तिमीहरूलाई सुसमाचार प्रचार गर्यौँ।
2 mas, havendo anteriormente padecido e sido maltratados em Filipos, como sabeis, tivemos a confiança em nosso Deus para vos falar o evangelho de Deus em meio de grande combate.
3 किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ।
3 Porque a nossa exortação não procede de erro, nem de imundícia, nem é feita com dolo;
4 तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौँ।
4 mas, assim como fomos aprovados por Deus para que o evangelho nos fosse confiado, assim falamos, não para agradar aos homens, mas a Deus, que prova os nossos corações.
5 तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ।
5 Pois, nunca usamos de palavras lisonjeiras, como sabeis, nem agimos com intuitos gananciosos. Deus é testemunha,
6 न त हामीले मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्यौँ। त्यसो त हामी ख्रीष्टका प्रेरितहरू भएका कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौँ।
6 nem buscamos glória de homens, quer de vós, quer de outros, embora pudéssemos, como apóstolos de Cristo, ser-vos pesados;
7 तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ।
7 antes nos apresentamos brandos entre vós, qual ama que acaricia seus próprios filhos.
8 यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्यौँ; यसैले तिमीहरूसँग परमेश्वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ।
8 Assim nós, sendo-vos tão afeiçoados, de boa vontade desejávamos comunicar-vos não somente o evangelho de Deus, mas ainda as nossas próprias almas; porquanto vos tornastes muito amados de nós.
9 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्यौँ, यो कुरा निश्चय नै तिमीहरूलाई थाहा छ।
9 Porque vos lembrais, irmãos, do nosso labor e fadiga; pois, trabalhando noite e dia, para não sermos pesados a nenhum de vós, vos pregamos o evangelho de Deus.
10 तिमीहरू र परमेश्वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो।
10 Vós e Deus sois testemunhas de quão santa e irrepreensivelmente nos portamos para convosco que credes;
11 किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्यौँ;
11 assim como sabeis de que modo vos tratávamos a cada um de vós, como um pai a seus filhos,
12 ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
12 exortando-vos e consolando-vos, e instando que andásseis de um modo digno de Deus, o qual vos chama ao seu reino e glória.
13 अनि यस कुराको निम्ति पनि हामी परमेश्वरलाई निरन्तर धन्यवाद चढाउँछौँ; किनकि तिमीहरूले हामीबाट सुनेका परमेश्वरको वचनलाई मानिसको वचनजस्तो होइन, तर परमेश्वरकै वचनको रूपमा स्वीकार गर्यौ; जुनचाहिँ वास्तवमा नै परमेश्वरको वचन हो, र यस वचनले तिमी विश्वास गर्नेहरूमा काम पनि गरिरहेको छ।
13 Por isso nós também, sem cessar, damos graças a Deus, porquanto vós, havendo recebido a palavra de Deus que de nós ouvistes, a recebestes, não como palavra de homens, mas {segundo ela é na verdade} como palavra de Deus, a qual também opera em vós que credes.
14 किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरू ख्रीष्ट येशूमा यहूदियामा भएका परमेश्वरका मण्डलीहरूका अनुकरण गर्नेहरू भयौ; तिमीहरूले आफ्नै मानिसहरूबाट जे कष्ट भोग्यौ, त्यही ती मण्डलीहरूले यहूदीहरूबाट कष्ट भोगेका थिए।
14 Pois vós, irmãos, vos haveis feito imitadores das igrejas de Deus em Cristo Jesus que estão na Judéia; porque também padecestes de vossos próprios concidadãos o mesmo que elas padeceram dos judeus;
15 ती यहूदीहरूले नै प्रभु येशूलाई र अगमवक्ताहरूलाई मारे, र हामीलाई पनि लखेटे। तिनीहरूले परमेश्वरलाई अप्रसन्न तुल्याउँछन्, र सबै मानिसहरूका विरोधी हुन्।
15 os quais mataram ao Senhor Jesus, bem como aos profetas, e a nós nos perseguiram, e não agradam a Deus, e são contrários a todos os homens,
16 गैरयहूदीहरूको उद्धार नहोस् भनेर तिनीहरूले हामीलाई अरू जातिका मानिसहरूकहाँ मुक्तिको कुरा प्रचार गर्न दिएनन्। यसरी तिनीहरूले सधैँ आफ्ना पापहरूको थुप्रो लगाउँछन्। यसको परिणाम स्वरूप परमेश्वरको क्रोध तिनीहरूमाथि आइपरेको छ।
16 e nos impedem de falar aos gentios para que sejam salvos; de modo que enchem sempre a medida de seus pecados; mas a ira caiu sobre eles afinal.
17 तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्यौँ।
17 Nós, porém, irmãos, sendo privados de vós por algum tempo, de vista, mas não de coração, tanto mais procuramos com grande desejo ver o vosso rosto;
18 हामी तिमीहरूकहाँ आउन खोजेका थियौँ। म पावल, आफैँले अनेक पटक प्रयास गरेँ, तर शैतानले हामीलाई बाधा गर्यो।
18 pelo que quisemos ir ter convosco, pelo menos eu, Paulo, não somente uma vez, mas duas, e Satanás nos impediu.
19 किनकि हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौँ, के तिमीहरू नै होइनौ र?
19 Porque, qual é a nossa esperança, ou gozo, ou coroa de glória, diante de nosso Senhor Jesus na sua vinda? Porventura não o sois vós?
20 निश्चय तिमीहरू हाम्रो गौरव र आनन्द हौ।
20 Na verdade vós sois a nossa glória e o nosso gozo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Tessalonicenses 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.