1 Tessalonicenses 1

npioncb (NPIONCB)

1 पावल, सिलास र तिमोथीबाट,

2 हाम्रा प्रार्थनाहरूमा निरन्तर याद गर्दै तिमीहरू सबैका लागि हामी सधैँ परमेश्‍वरलाई धन्यवाद चढाउँछौँ;

3 हाम्रा परमेश्‍वर र पिताको सामु तिमीहरूको विश्‍वासद्वारा उत्पन्‍न भएका तिमीहरूका काम, प्रेमद्वारा प्रोत्साहित भएका तिमीहरूका परिश्रम, प्रभु येशू ख्रीष्‍टमा राखेको आशाद्वारा प्रेरित भएका तिमीहरूको सहनशीलतालाई हामी निरन्तर स्मरण गर्दछौँ।

4 दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्‍नुभएको हो भनी हामी जान्दछौँ।

5 किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्‍चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ।

6 तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्‍टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्‍यौ।

7 यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्‍वासीहरूका लागि नमुना बनेका छौ।

8 तिमीहरूबाट प्रभुको सुसमाचार म्यासिडोनिया र अखैयामा मात्र प्रचार गरिएन, तर परमेश्‍वरप्रति भएको तिमीहरूको विश्‍वास चारैतिर फैलिएको छ। यसकारण यस बारेमा हामीले केही भन्‍नु आवश्यक छैन।

9 किनकि तिमीहरूले हामीलाई कसरी स्वागत गर्‍यौ; अनि कसरी तिमीहरूले मूर्तिहरूलाई छोडेर जिउँदो र सत्य परमेश्‍वरको सेवा गर्न फर्क्यौ, सो कुरा तिनीहरू आफैँले बताउँछन्।

10 अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्र, जसलाई परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात् येशूको जसले आउन लागेको क्रोधबाट हामीलाई छुटाउनुहुनेछ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Tessalonicenses 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.