Salmos 140

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्,

2 तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्।

3 तिनीहरूका जिब्राहरू विषालु सर्पहरूका जस्तै छन्।

4 हे परमप्रभु, मलाई दुष्ट मानिसहरूबाट जोगाई दिनुहोस्,

5 ती अंहकारीहरूले मेरो निम्ति पासो थापे।

6 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ।

7 हे परमप्रभु, तपाईं मेरो बलवान स्वामी हुनुहुन्छ। तपाईं मेरो मुक्तिदाता हुनुहुन्छ।

8 हे परमप्रभु, ती मानिसहरू दुष्ट छन्।

9 परमप्रभु, कुनै पनि शत्रुहरूलाई जित्न नदिनुहोस्। ती मानिसहरूले दुष्ट योजना बनाँउछन्।

10 जल्दै गरेको कोईलाहरू उनीहरूकै शिरमा बर्षोस्,

11 परमप्रभु, ती झूटाहरूलाई बस्न वा बाँच्न नदिनुहोस्।

12 म जान्दछु कि परमप्रभुले दीन-दुःखी मानिसहरूलाई निष्पक्ष रूपले न्याय गर्नुहुनेछ

13 धर्मी मानिसहरूले, तपाईंको नाउँको गुण-गान गर्नेछन् परमप्रभु।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 140, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.