1 तब परमेश्वर भुँवरीबाट अय्यूबसित बोल्नु भयो। परमेश्वरले भन्नुभयोः
2 “त्यो अज्ञानी मानिस को हो?
3 अय्यूब, कम्मर कस, मेरो प्रश्नको उत्तर दिनलाई तैयार बस।
4 “तिमी कहाँ थियौ जब मैले पृथ्वी सृष्टि गरे?
5 यदि तिमी साह्रै चतुर छौ भने, संसार यति ठूलो हुनुपर्छ भनेर कसले निर्णय गर्यो?
6 पृथ्वीको आधारशिला के हो?
7 जब त्यसो गरियो, बिहान ताराहरूले एकैसाथ गाए
8 “अय्यूब, जब समुद्र पृथ्वीमा गहिरोबाट बग्यो
9 त्यसबेला यसलाई मैले बादलहरूले ढाकें
10 मैले समुद्रको सीमा बाँधें
11 मैले समुद्रलाई भनें, ‘तँ यतिसम्म आउन सक्छस, अरू बेशी होइन।
12 “अय्यूब, के तिमीले आफ्नो जीवनमा कहिल्यै बिहानलाई शुरू हुने आज्ञा दिएको थियौ
13 अय्यूब, के तिमीले कहिले बिहानको उज्यालोलाई पृथ्वी समात भन्यौ
14 बिहानको उज्यालोले पहाडहरू
15 दुष्ट मानिसहरूले उज्यालो मन पराउँदैनन्।
16 “अय्यूब, तिमी कहिले समुद्रको गहिरो भागमा पुगेको छौ जहाँबाट समुद्र शुरू हुन्छ?
17 अय्यूब तिमीले मृत्युको कालो ठाउँमा डोर्याउने द्वारहरू कहिले देखेका छौ?
18 अय्यूब, पृथ्वी कति विस्तृत छ के तिमी साँच्चै जान्दछौ?
19 “अय्यूब, प्रकाश कहाँबाट आउने गर्छ?
20 अय्यूब, के तिमी प्रकाश र अन्धकार कहाँबाट आए तिनीहरू त्यतैतिर फर्काउन सक्छौ?
21 निःसन्देह तिमी ती कुराहरू जान्दछौ, अय्यूब। तिमी धेरै बृद्ध र ज्ञानी छौ।
22 “अय्यूब, तिमी कहिले त्यो भण्डार भित्र गएका छौ
23 मैले हिऊँ र असिना संकट र लडाइँ,
24 तिमी त्यस ठाउँमा कहिले गएका छौ जहाँबाट घाम उदाउँछ
25 अय्यूब, कसले आकाशमा हात्तीसुँढे पानी पार्न नहरहरू खने?
26 कसले मानिसहरू नबस्ने ठाउँमा पानी पर्ने बनायो?
27 त्यो रित्तो ठाउँ पनि पानीले भूमिलाई प्रशस्त भिजाउँछ
28 के बर्षाको पिता छ
29 के हिंऊको आमा छ?
30 पानी ढुङ्गा भन्दा पनि कडा हुन्छ
31 “अय्यूब, के तिमी सप्तऋषि तारालाई बाँध्न सक्छौ?
32 के तिमी ठीक समयमा ताराको झुण्डलाई प्रकट गराउन सक्छौ?
33 के तिमीले आकाश नियन्त्रण गर्ने नियमहरू जान्दछौ?
34 “अय्यूब के तिमी बादलाई चिच्याउन सक्छौ
35 के तिमीले बिजुलीलाई आदेश गर्न सक्छौ,
36 “अय्यूब, मानिसहरूलाई ज्ञानी कसले बनायो?
37 त्यस्तो ज्ञानी कस्को छ जसले बादल गन्न सक्छ
38 यसैले धूलो हिलो बनिन्छ
39 “अय्यूब के तिमीले सिंहहरूको लागि भोजन पाउँछौ?
40 ती सिंहहरू आफ्ना गुफामा लडिरहेका छन्।
41 जब त्यसका बच्चाहरू क्षुधातुर भएर परमेश्वरलाई पुर्कादा