Tito 2
npioncb (NPIONCB) vs ACF
1 तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू।
1 Tu, porém, fala o que convém à sã doutrina.
2 वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्वासमा, प्रेममा र धीरजमा पक्का हुन सिकाउनू।
2 Os velhos, que sejam sóbrios, graves, prudentes, sãos na fé, no amor, e na paciência;
3 त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।
3 As mulheres idosas, semelhantemente, que sejam sérias no seu viver, como convém a santas, não caluniadoras, não dadas a muito vinho, mestras no bem;
4 तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न,
4 Para que ensinem as mulheres novas a serem prudentes, a amarem seus maridos, a amarem seus filhos,
5 आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्न सिकाऊन्, ताकि कसैले पनि परमेश्वरको वचनको निन्दा गर्न नपाओस्।
5 A serem moderadas, castas, boas donas de casa, sujeitas a seus maridos, a fim de que a palavra de Deus não seja blasfemada.
6 त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।
6 Exorta semelhantemente os jovens a que sejam moderados.
7 जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ।
7 Em tudo te dá por exemplo de boas obras; na doutrina mostra incorrupção, gravidade, sinceridade,
8 सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्।
8 Linguagem sã e irrepreensível, para que o adversário se envergonhe, não tendo nenhum mal que dizer de nós.
9 सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्।
9 Exorta os servos a que se sujeitem a seus senhores, e em tudo agradem, não contradizendo,
10 तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्।
10 Não defraudando, antes mostrando toda a boa lealdade, para que em tudo sejam ornamento da doutrina de Deus, nosso Salvador.
11 किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ।
11 Porque a graça salvadora de Deus se há manifestado a todos os homens,
12 यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;
12 Ensinando-nos que, renunciando à impiedade e às concupiscências mundanas, vivamos neste presente século sóbria, e justa, e piamente,
13 जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,
13 Aguardando a bem-aventurada esperança e o aparecimento da glória do grande Deus e nosso Senhor Jesus Cristo;
14 जसले हामीलाई हरेक दुष्टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।
14 O qual se deu a si mesmo por nós para nos remir de toda a iniqüidade, e purificar para si um povo seu especial, zeloso de boas obras.
15 यसकारण यी कुराहरू तिमीले विश्वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।
15 Fala disto, e exorta e repreende com toda a autoridade. Ninguém te despreze.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Tito 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.