Tito 2

npioncb (NPIONCB)

1 तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू।

2 वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनमा राख्न सक्ने, र विश्‍वासमा, प्रेममा र धीरजमा पक्‍का हुन सिकाउनू।

3 त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।

4 तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न,

5 आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनमा बस्‍न सिकाऊन्, ताकि कसैले पनि परमेश्‍वरको वचनको निन्दा गर्न नपाओस्।

6 त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।

7 जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ।

8 सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रा विरोधीहरू शर्ममा परून्।

9 सेवकहरूलाई सिकाऊ, हरेक कुरामा तिनीहरू आ-आफ्ना मालिकहरूका अधीनमा बसून्; तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्।

10 तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्‍वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्‍वर मुक्तिदाताको शिक्षालाई शोभा बढाऊन्।

11 किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्‍वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ।

12 यो अनुग्रहले हामीलाई भक्तिहीनता र सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्तिपूर्ण जीवन जिउन सिकाउँछ;

13 जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौँ,

14 जसले हामीलाई हरेक दुष्‍टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्न आफ्नो प्राण दिनुभयो।

15 यसकारण यी कुराहरू तिमीले विश्‍वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Tito 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.