Tito 1

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 परमेश्‍वरको सेवक र येशू ख्रीष्‍टको प्रेरित पावलबाट—परमेश्‍वरका चुनिएकाहरूका विश्‍वासलाई बढाउन तथा भक्तिमा डोर्‍याउने सत्यको ज्ञानको लागि,
1 Paulo, servo de Deus, apóstolo de Jesus Cristo para levar aos eleitos de Deus a fé e o profundo conhecimento da verdade que conduz à piedade,
2 अनन्त जीवनको आशामा अडिएको त्यो विश्‍वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्‍वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो।
2 na esperança da vida eterna prometida em tempos longínquos por Deus veraz e fiel,
3 अनि मलाई हाम्रा मुक्तिदाता परमेश्‍वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो।
3 que na ocasião escolhida manifestou a sua palavra mediante a pregação que me foi confiada por ordem de Deus, nosso Salvador,
4 एउटै विश्‍वासमा भएको मेरो साँचो छोरा तीतसलाई:
4 a Tito, meu verdadeiro filho em nossa fé comum: graça e paz da parte de Deus Pai e de Jesus Cristo, nosso Salvador!
5 मैले तिमीलाई क्रेटमा छोडेको कारणचाहिँ अधुरो कामहरू पूरा गर्न, र मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक सहरमा मण्डली प्रधानहरू नियुक्त गर्नलाई हो।
5 Eu te deixei em Creta para acabares de organizar tudo e estabeleceres anciãos em cada cidade, de acordo com as normas que te tracei.
6 मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्‍वासयोग्य होऊन्; अनि कामुकता र अनाज्ञाकारिताको दोष नलागेका होऊन्।
6 {Devem ser escolhidos entre} quem seja irrepreensível, casado uma só vez, tenha filhos fiéis e não acusados de má conduta ou insubordinação.
7 मण्डली अध्यक्षमाथि परमेश्‍वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ।
7 Porquanto é mister que o bispo seja irrepreensível, como administrador que é posto por Deus. Não arrogante, nem colérico, nem intemperante, nem violento, nem cobiçoso.
8 बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, इमानदार, भक्तिमा लागेको र अनुशासित हुनुपर्छ।
8 Ao contrário, seja hospitaleiro, amigo do bem, prudente, justo, piedoso, continente,
9 तिनलाई सिकाइएका विश्‍वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि यस शिक्षाले अरूलाई उत्साहित पार्न सकोस् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकोस्।
9 firmemente apegado à doutrina da fé tal como foi ensinada, para poder exortar segundo a sã doutrina e rebater os que a contradizem.
10 किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतनाका समर्थकहरू नै यस्तै हुन्छन्।
10 Com efeito, há muitos insubmissos, charlatães e sedutores, principalmente entre os da circuncisão.
11 तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्‍ट पारिरहेका हुनाले तिनीहरूलाई चुप गराउनैपर्छ।
11 É necessário tapar-lhes a boca, porque transtornam famílias inteiras, ensinando o que não convém, e isso por vil espírito de lucro.
12 तिनीहरूका अगमवक्ताहरूमध्ये एक जनाले यसो पनि भनेका छन्, “क्रेट निवासीहरू सधैँ झूटा, दुष्‍ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।”
12 Um dentre eles, o profeta deles disse: Os cretenses são sempre mentirosos, feras selvagens, glutões preguiçosos.
13 यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्‍वासमा दह्रो बन्‍न सकून्;
13 Esta asserção reflete a verdade. Portanto, repreende-os severamente, para que se mantenham sãos na fé,
14 अनि यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदेऊन्।
14 e não dêem ouvidos a fábulas judaicas nem a preceitos de homens avessos à verdade.
15 शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्‍ट छन् र विश्‍वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्‍ट भएका हुन्छन्।
15 Para os puros todas as coisas são puras. Para os corruptos e descrentes nada é puro: até a sua mente e consciência são corrompidas.
16 तिनीहरूले परमेश्‍वरलाई जान्दछौँ भनी दाबी त गर्छन्, तर आफ्ना कामले भने उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित, अटेरी र कुनै असल काम गर्ने योग्यका छैनन्।
16 Proclamam que conhecem a Deus, mas na prática o renegam, detestáveis que são, rebeldes e incapazes de qualquer boa obra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Tito 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.