Romanos 6
npioncb (NPIONCB) vs NAA
1 अब हामी के भनौँ त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त?
1 Que diremos, então? Continuaremos no pecado, para que a graça aumente ainda mais?
2 यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त?
2 De modo nenhum! Como viveremos ainda no pecado, nós, que já morremos para ele?
3 के तिमीहरूलाई थाहा छैन कि हामी जति जनाले ख्रीष्ट येशूमा बप्तिस्मा लियौँ, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्तिस्मा लिएका थियौँ?
3 Ou será que vocês ignoram que todos nós que fomos batizados em Cristo Jesus fomos batizados na sua morte?
4 तसर्थ बप्तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
4 Fomos sepultados com ele na morte pelo batismo, para que, como Cristo foi ressuscitado dentre os mortos pela glória do Pai, assim também nós andemos em novidade de vida.
5 यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ।
5 Porque, se fomos unidos com ele na semelhança da sua morte, certamente o seremos também na semelhança da sua ressurreição,
6 किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्नु नपरोस्।
6 sabendo isto: que a nossa velha natureza foi crucificada com ele, para que o corpo do pecado seja destruído, e não sejamos mais escravos do pecado.
7 किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।
7 Pois quem morreu está justificado do pecado.
8 अहिले यदि हामी ख्रीष्टसँग मरेका छौँ भने हामी विश्वास गर्छौँ कि, उहाँसँगै जिउने पनि छौँ।
8 Ora, se já morremos com Cristo, cremos que também viveremos com ele.
9 किनकि हामी जान्दछौँ, ख्रीष्ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन।
9 Sabemos que, havendo Cristo ressuscitado dentre os mortos, já não morre; a morte já não tem domínio sobre ele.
10 जुन मृत्युमा उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापका लागि एकै पटकका लागि मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्वरका निम्ति जिउनुहुन्छ।
10 Pois, quanto a ter morrido, de uma vez para sempre morreu para o pecado; mas, quanto a viver, vive para Deus.
11 यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरका निम्ति जीवित भएका ठान्नुपर्छ।
11 Assim também vocês considerem-se mortos para o pecado, mas vivos para Deus, em Cristo Jesus.
12 यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ।
12 Portanto, não permitam que o pecado reine em seu corpo mortal, fazendo com que vocês obedeçam às suas paixões.
13 आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।
13 Também não ofereçam os membros do corpo ao pecado, como instrumentos de injustiça, mas, como pessoas que passaram da morte para a vida, ofereçam a si mesmos a Deus e ofereçam os seus membros a Deus, como instrumentos de justiça.
14 अब उसो पाप तिम्रो मालिक हुनेछैन; किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौ।
14 Porque o pecado não terá domínio sobre vocês, pois vocês não estão debaixo da lei, e sim da graça.
15 अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन!
15 E então? Havemos de pecar porque não estamos debaixo da lei, e sim da graça? De modo nenhum!
16 के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरेपछि, तिमीहरू जसको आज्ञा मान्दछौ, उसको सेवकहरू हुन्छौ? कि त तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्याउँछ, कि त आज्ञाकारिताको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ।
16 Será que vocês não sabem que, ao se oferecerem como servos para obediência, vocês são servos daquele a quem obedecem, seja do pecado, que leva à morte, ou da obediência, que conduz à justiça?
17 तर परमेश्वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
17 Mas graças a Deus que, tendo sido escravos do pecado, vocês vieram a obedecer de coração à forma de doutrina a que foram entregues.
18 तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताका सेवकहरू तुल्याइएका छौ।
18 E, uma vez libertados do pecado, foram feitos servos da justiça.
19 म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैँ बढिरहने दुष्टताको निम्ति सेवक हुनलाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनलाई समर्पण गरिदेओ।
19 Falo em termos humanos, por causa das limitações de vocês. Assim como ofereceram os seus membros para que fossem escravos da impureza e da maldade que leva à maldade, assim ofereçam agora os seus membros para que sejam servos da justiça para a santificação.
20 जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ।
20 Porque, quando vocês eram escravos do pecado, estavam livres em relação à justiça.
21 जुन कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो।
21 Naquele tempo, que frutos vocês colheram? Somente as coisas de que agora vocês se envergonham. Porque o fim delas é morte.
22 तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्वरका सेवकहरू भएका छौ। परमेश्वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्याउँछ र यसको परिणाम अनन्त जीवन हो।
22 Agora, porém, libertados do pecado, transformados em servos de Deus, o fruto que vocês colhem é para a santificação. E o fim, neste caso, é a vida eterna.
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
23 Porque o salário do pecado é a morte, mas o dom gratuito de Deus é a vida eterna em Cristo Jesus, nosso Senhor.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Romanos 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.