Romanos 6

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 अब हामी के भनौँ त? अनुग्रह बढोस् भनेर पाप गरिरहने त?
1 Que diremos, pois? Permaneceremos no pecado, para que a graça seja mais abundante?
2 यस्तो कहिल्यै नहोस्! हामी जो पापको निम्ति मरिसक्यौँ; फेरि कसरी पापमा जिइरहने त?
2 De modo nenhum! Nós que estamos mortos para o pecado, como viveremos ainda nele?
3 के तिमीहरूलाई थाहा छैन कि हामी जति जनाले ख्रीष्‍ट येशूमा बप्‍तिस्मा लियौँ, उहाँसँग एक हुनका लागि उहाँको मृत्युमा बप्‍तिस्मा लिएका थियौँ?
3 Ou não sabeis que todos quantos fomos batizados em Jesus Cristo fomos batizados na sua morte?
4 तसर्थ बप्‍तिस्माद्वारा उहाँसँगै एक हुनका लागि मृत्यु भएको कारण हामी उहाँसँगै गाडियौँ। जसरी ख्रीष्‍ट मृत्युबाट पिताको महिमाद्वारा पुनर्जीवित पारिनुभयो, त्यसरी नै हामी पनि नयाँ जीवन जिऔँ।
4 De sorte que fomos sepultados com ele pelo batismo na morte; para que, como Cristo ressuscitou dos mortos pela glória do Pai, assim andemos nós também em novidade de vida.
5 यदि हामी उहाँसँगै उहाँको मृत्युको समानतामा एक भएका छौँ भने निश्‍चित रूपमा उहाँसँगै उहाँको पुनरुत्थानको समानतामा पनि उहाँसँगै एक हुनेछौँ।
5 Porque, se fomos plantados juntamente com ele na semelhança da sua morte, também o seremos na da sua ressurreição;
6 किनकि हामी जान्दछौँ, हाम्रो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगियो, ताकि पापको स्वभाव नाश होस् र अब उसो हामी पापको सेवकहरू भएर बस्‍नु नपरोस्।
6 sabendo isto: que o nosso velho homem foi com ele crucificado, para que o corpo do pecado seja desfeito, a fim de que não sirvamos mais ao pecado.
7 किनकि जो मरेको छ, ऊ पापबाट मुक्त भएको छ।
7 Porque aquele que está morto está justificado do pecado.
8 अहिले यदि हामी ख्रीष्‍टसँग मरेका छौँ भने हामी विश्‍वास गर्छौँ कि, उहाँसँगै जिउने पनि छौँ।
8 Ora, se já morremos com Cristo, cremos que também com ele viveremos;
9 किनकि हामी जान्दछौँ, ख्रीष्‍ट मरेकाबाट पुनर्जीवित हुनुभएकोले फेरि मर्नुहुन्‍न; उहाँमाथि अब उसो मृत्युको अधिकार छैन।
9 sabendo que, havendo Cristo ressuscitado dos mortos, já não morre; a morte não mais terá domínio sobre ele.
10 जुन मृत्युमा उहाँ मर्नुभयो; त्यो मृत्यु सबैका पापका लागि एकै पटकका लागि मर्नुभयो; तर जुन जीवन उहाँ अब जिउनुहुन्छ, त्यो जीवन परमेश्‍वरका निम्ति जिउनुहुन्छ।
10 Pois, quanto a ter morrido, de uma vez morreu para o pecado; mas, quanto a viver, vive para Deus.
11 यसरी नै तिमीहरूले पनि आफूलाई पापका निम्ति मरेका, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरका निम्ति जीवित भएका ठान्‍नुपर्छ।
11 Assim também vós considerai-vos como mortos para o pecado, mas vivos para Deus, em Cristo Jesus, nosso Senhor.
12 यसकारण शरीरका खराब अभिलाषाहरूका अनुसार चल्नु नपरोस् भनेर तिमीहरूका मरणशील शरीरमा पापलाई शासन गर्न नदेओ।
12 Não reine, portanto, o pecado em vosso corpo mortal, para lhe obedecerdes em suas concupiscências;
13 आफ्ना शरीरका कुनै पनि अङ्गलाई दुष्‍टताको हतियारको रूपमा पापको निम्ति अर्पण नगर। तर मृत्युबाट जीवन पाएकाहरूझैँ, आफूलाई परमेश्‍वरका निम्ति अर्पण गर, र आफ्ना शरीरका सबै अङ्गहरूलाई धार्मिकताको हतियारको रूपमा अर्पण गर।
13 nem tampouco apresenteis os vossos membros ao pecado por instrumentos de iniquidade; mas apresentai-vos a Deus, como vivos dentre mortos, e os vossos membros a Deus, como instrumentos de justiça.
14 अब उसो पाप तिम्रो मालिक हुनेछैन; किनकि तिमी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौ।
14 Porque o pecado não terá domínio sobre vós, pois não estais debaixo da lei, mas debaixo da graça.
15 अब के त? हामी व्यवस्थाको होइन, तर अनुग्रहको अधीनमा छौँ भनेर पाप गरौँ त? आवश्य पनि होइन!
15 Pois quê? Pecaremos porque não estamos debaixo da lei, mas debaixo da graça? De modo nenhum!
16 के तिमीहरूलाई थाहा छैन, जब तिमीहरू कसैको आज्ञाकारी सेवकहरूका रूपमा आफूलाई समर्पण गरेपछि, तिमीहरू जसको आज्ञा मान्दछौ, उसको सेवकहरू हुन्छौ? कि त तिमीहरू पापको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई मृत्युमा पुर्‍याउँछ, कि त आज्ञाकारिताको सेवकहरू बन्छौ, जसले तिमीहरूलाई धार्मिकता प्रदान गर्छ।
16 Não sabeis vós que a quem vos apresentardes por servos para lhe obedecer, sois servos daquele a quem obedeceis, ou do pecado para a morte, ou da obediência para a justiça?
17 तर परमेश्‍वरलाई धन्यवाद होस्, यद्यपि तिमीहरू पापको सेवकहरू थियौ, अब जुन शिक्षामा तिमीहरू समर्पित छौ, त्यो हृदयले पालन गर्ने भएका छौ।
17 Mas graças a Deus que, tendo sido servos do pecado, obedecestes de coração à forma de doutrina a que fostes entregues.
18 तिमीहरू पापको दासत्वबाट स्वतन्त्र भएका छौ र धार्मिकताका सेवकहरू तुल्याइएका छौ।
18 E, libertados do pecado, fostes feitos servos da justiça.
19 म तिमीहरूलाई तिमीहरूका मानवीय कमजोरीका कारण मानवीय दृष्‍टिकोणबाट यो भन्दैछु। जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र सधैँ बढिरहने दुष्‍टताको निम्ति सेवक हुनलाई समर्पण गरेका थियौ, त्यसरी नै अहिले आफ्ना अङ्गहरूलाई पवित्रताको लागि धार्मिकताका सेवक हुनलाई समर्पण गरिदेओ।
19 Falo como homem, pela fraqueza da vossa carne; pois que, assim como apresentastes os vossos membros para servirem à imundícia e à maldade para a maldade, assim apresentai agora os vossos membros para servirem à justiça para a santificação.
20 जब तिमीहरू पापका सेवकहरू थियौ, धार्मिकताको नियन्त्रणबाट स्वतन्त्र थियौ।
20 Porque, quando éreis servos do pecado, estáveis livres da justiça.
21 जुन कुराको निम्ति अहिले तिमीहरू लज्जित छौ, ती कुराहरूबाट तिमीहरूलाई के फाइदा भएको थियो र? ती कुराहरूको परिणाम त मृत्यु हो।
21 E que fruto tínheis, então, das coisas de que agora vos envergonhais? Porque o fim delas é a morte.
22 तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो।
22 Mas, agora, libertados do pecado e feitos servos de Deus, tendes o vosso fruto para santificação, e por fim a vida eterna.
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको वरदान ख्रीष्‍ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
23 Porque o salário do pecado é a morte, mas o dom gratuito de Deus é a vida eterna, por Cristo Jesus, nosso Senhor.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Romanos 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.