Mateus 8
npioncb (NPIONCB) vs NAA
1 जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो।
1 Quando Jesus desceu do monte, grandes multidões o seguiram.
2 कुष्ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
2 E eis que um leproso aproximou-se e o adorou, dizendo: — Senhor, se quiser, pode me purificar.
3 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्ठरोगबाट निको भइहाल्यो।
3 E Jesus, estendendo a mão, tocou nele, dizendo: E, no mesmo instante, ele ficou limpo da sua lepra.
4 तब येशूले त्यसलाई भन्नुभयो, “यो कुरा कसैलाई नभन्नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”
4 Então Jesus lhe disse:
5 जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे।
5 Tendo Jesus entrado em Cafarnaum, um centurião se aproximou dele, implorando:
6 तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्ट पाइरहेको छ।”
6 — Senhor, o meu servo está na minha casa, de cama, paralítico, sofrendo horrivelmente.
7 येशूले तिनलाई भन्नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”
7 Jesus lhe disse:
8 तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ।
8 Mas o centurião respondeu: — Senhor, não sou digno de recebê-lo em minha casa. Mas apenas mande com uma palavra, e o meu servo será curado.
9 किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।”
9 Porque também eu sou homem sujeito à autoridade, tenho soldados às minhas ordens e digo a este: “Vá”, e ele vai; e a outro: “Venha”, e ele vem; e ao meu servo: “Faça isto”, e ele o faz.
10 यो सुनेर येशू आश्चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्वास पाएको छैनँ।
10 Ao ouvir isso, Jesus ficou admirado e disse aos que o acompanhavam:
11 म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्नेछन्।
11 Digo a vocês que muitos virão do Oriente e do Ocidente e tomarão lugar à mesa com Abraão, Isaque e Jacó no Reino dos Céus.
12 तर परमेश्वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
12 Mas os filhos do Reino serão lançados para fora, nas trevas; ali haverá choro e ranger de dentes.
13 तब येशूले त्यस सेनापतिलाई भन्नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
13 Então Jesus disse ao centurião: E, naquela mesma hora, o servo do centurião foi curado.
14 जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो।
14 Tendo Jesus chegado à casa de Pedro, viu a sogra deste acamada, com febre.
15 उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो; अनि उठेर तिनले उहाँको सेवा गरिन्।
15 Mas Jesus tomou-a pela mão, e a febre a deixou. Ela se levantou e passou a servi-lo.
16 जब साँझ पर्यो, दुष्ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो।
16 Ao cair da tarde, trouxeram a Jesus muitos endemoniados. E apenas com a palavra expulsou os espíritos e curou todos os que estavam doentes,
17 यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो:
17 para se cumprir o que foi dito por meio do profeta Isaías: “Ele mesmo tomou as nossas enfermidades e carregou as nossas doenças.”
18 आफ्नो चारैतिर भीडलाई देखेर येशूले आफ्ना चेलाहरूलाई तालको पारिपट्टि जाने आज्ञा दिनुभयो।
18 Vendo Jesus muita gente ao seu redor, ordenou que passassem para a outra margem.
19 तब एक जना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंको पछि-पछि लाग्नेछु।”
19 Então, aproximando-se dele um escriba, disse a Jesus: — Mestre, vou segui-lo para onde quer que o senhor for.
20 येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर मानिसको पुत्रको निम्ति शिर राख्ने ठाउँ पनि छैन।”
20 Mas Jesus lhe respondeu:
21 अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको लास गाड्न जान दिनुहोस्।”
21 E outro dos discípulos lhe disse: — Senhor, deixe-me ir primeiro sepultar o meu pai.
22 तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”
22 Mas Jesus respondeu:
23 तब उहाँ डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरूले उहाँलाई पछ्याए।
23 Jesus entrou no barco e os seus discípulos o seguiram.
24 अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो।
24 E eis que levantou-se no mar uma grande tempestade, de modo que as ondas cobriam o barco. Jesus, porém, estava dormindo.
25 चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!”
25 Mas os discípulos foram acordá-lo, dizendo: — Senhor, salve-nos! Estamos perecendo!
26 अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो।
26 Então Jesus perguntou: E, levantando-se, repreendeu os ventos e o mar; e tudo ficou bem calmo.
27 ती मानिसहरू छक्क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।”
27 E aqueles homens ficaram admirados, dizendo: — Quem é este que até os ventos e o mar lhe obedecem?
28 जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो।
28 Quando Jesus chegou à outra margem, à terra dos gadarenos, dois endemoniados foram ao seu encontro, saindo dentre os túmulos. Eles eram tão furiosos, que ninguém podia passar por aquele caminho.
29 तिनीहरूले चिच्याउँदै यसो भने, “हे परमेश्वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अगि नै हामीलाई सताउन आउनुभएको हो?”
29 E eis que gritaram: — O que você quer conosco, Filho de Deus? Você veio aqui nos atormentar antes do tempo?
30 त्यस ठाउँदेखि केही टाढा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेका थिए।
30 Ora, uma grande manada de porcos estava pastando não longe deles.
31 ती भूतआत्माहरूले येशूसित यसरी बिन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र जाने अनुमति दिनुहोस्।”
31 Então os demônios pediram a Jesus com insistência: — Se você vai nos expulsar, mande-nos para a manada de porcos.
32 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे। तब सम्पूर्ण बगाल भिरबाट हुर्रिँदै गएर तालमा खसे, र पानीमा डुबेर मरे।
32 Jesus disse: E eles, saindo, entraram nos porcos; e eis que toda a manada se precipitou, despenhadeiro abaixo, para dentro do mar, e morreram nas águas.
33 अनि सुँगुर चराउनेहरू भागेर सहरमा पुगे, र त्यो भूत लागेको मानिसलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई बताइदिए।
33 Os que tratavam dos porcos fugiram e, chegando à cidade, anunciaram todas estas coisas e o que tinha acontecido com os endemoniados.
34 तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे।
34 Então a cidade toda saiu para encontrar-se com Jesus. E, ao vê-lo, pediram-lhe com insistência que se retirasse da terra deles.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Mateus 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.