Mateus 10
npioncb (NPIONCB) vs ARC
1 येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।
1 E, chamando os seus doze discípulos, deu-lhes poder sobre os espíritos imundos, para os expulsarem e para curarem toda enfermidade e todo mal.
2 ती बाह्र प्रेरितहरूका नाम यिनै हुन्:
2 Ora, os nomes dos doze apóstolos são estes: O primeiro, Simão, chamado Pedro, e André, seu irmão; Tiago, filho de Zebedeu, e João, seu irmão;
3 फिलिप अनि बारथोलोमाइ;
3 Filipe e Bartolomeu; Tomé e Mateus, o publicano; Tiago, filho de Alfeu, e Lebeu, apelidado Tadeu;
4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो।
4 Simão, o Zelote, e Judas Iscariotes, aquele que o traiu.
5 यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस।
5 Jesus enviou estes doze e lhes ordenou, dizendo: Não ireis pelo caminho das gentes, nem entrareis em cidade de samaritanos;
6 बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ।
6 mas ide, antes, às ovelhas perdidas da casa de Israel;
7 तिमीहरू गएर यो समाचार प्रचार गर: ‘स्वर्गको राज्य नजिक आएको छ।’
7 e, indo, pregai, dizendo: É chegado o Reino dos céus.
8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
8 Curai os enfermos, limpai os leprosos, ressuscitai os mortos, expulsai os demônios; de graça recebestes, de graça dai.
9 “आफूसित पटुकामा सुन, चाँदी अथवा तामाको सिक्का नलैजाओ।
9 Não possuais ouro, nem prata, nem cobre, em vossos cintos;
10 यात्राका लागि झोला अथवा दुईसरो लुगा, जुत्ता अथवा लहुरो नबोक; किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ।
10 nem alforjes para o caminho, nem duas túnicas, nem sandálias, nem bordão, porque digno é o operário do seu alimento.
11 तिमीहरू जुन सहर अथवा गाउँमा जान्छौ, त्यस ठाउँमा को योग्यको छ, त्यस व्यक्तिलाई खोज; अनि तिमीहरूले त्यो ठाउँ नछोडेसम्म त्यसकै घरमा अतिथीको रूपमा बस।
11 E, em qualquer cidade ou aldeia em que entrardes, procurai saber quem nela seja digno e hospedai-vos aí até que vos retireis.
12 तिमीहरू त्यस घरमा पस्दा, त्यसलाई अभिवादन गर।
12 E, quando entrardes nalguma casa, saudai-a;
13 यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यस घरमा रहोस्; यदि छैन भने तिमीहरूको शान्ति तिमीहरूकहाँ फर्किआओस्।
13 e, se a casa for digna, desça sobre ela a vossa paz; mas, se não for digna, torne para vós a vossa paz.
14 यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ।
14 E, se ninguém vos receber, nem escutar as vossas palavras, saindo daquela casa ou cidade, sacudi o pó dos vossos pés.
15 म तिमीहरूलाई साँच्चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ।
15 Em verdade vos digo que, no Dia do Juízo, haverá menos rigor para o país de Sodoma e Gomorra do que para aquela cidade.
16 “म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ।
16 Eis que vos envio como ovelhas ao meio de lobos; portanto, sede prudentes como as serpentes e símplices como as pombas.
17 मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिदिनेछन्, र तिनीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछन्।
17 Acautelai-vos, porém, dos homens, porque eles vos entregarão aos sinédrios e vos açoitarão nas suas sinagogas;
18 मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ।
18 e sereis até conduzidos à presença dos governadores e dos reis, por causa de mim, para
19 तर जब तिनीहरूले तिमीहरूलाई पक्रनेछन्, तिमीहरूले के बोल्नुपर्ने वा कसरी बोल्नुपर्छ भनी फिक्री नगर। त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो, सो दिइनेछ।
19 Mas, quando vos entregarem, não vos dê cuidado como ou o que haveis de falar, porque, naquela
20 किनकि त्यो तिमीहरू बोलेका हुनेछैनौ, तर तिमीहरूका पिताको आत्मा नै तिमीहरूद्वारा बोल्नुहुनेछ।
20 Porque não sois vós quem falará, mas o Espírito de vosso Pai é que fala em vós.
21 “भाइले भाइलाई, बुबाले आफ्नो छोराछोरीलाई मृत्युका निम्ति धोका दिनेछन्; छोराछोरीहरू आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन्, र तिनीहरूलाई मार्न लाउनेछन्।
21 E o irmão entregará à morte o irmão, e o pai, o filho; e os filhos se levantarão contra os pais e os matarão.
22 मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ।
22 E odiados de todos sereis por causa do meu nome; mas aquele que perseverar até ao fim será salvo.
23 जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ।
23 Quando, pois, vos perseguirem nesta cidade, fugi para outra; porque em verdade vos digo que não acabareis de sem que venha o Filho do Homem.
24 “चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ।
24 Não é o discípulo mais do que o mestre, nem é o servo mais do que o seu senhor.
25 चेलालाई गुरुसमान हुनु र सेवकलाई मालिकसमान हुनु नै पर्याप्त हुन्छ। यदि घरका मुखियालाई बालजिबुल भनेका छन् भने घरका सदस्यहरूलाई त झन् कति बढ्ता गरी भन्लान्!
25 Basta ao discípulo ser como seu mestre, e ao servo ser como seu senhor. Se chamaram Belzebu ao pai de família, quanto mais aos seus domésticos?
26 “यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन।
26 Portanto, não os temais, porque nada há encoberto que não haja de revelar-se, nem oculto que não haja de saber-se.
27 जे मैले तिमीहरूलाई अन्धकारमा भन्छु, त्यो दिनको उज्यालोमा भनिदेओ: तिमीहरूले कानमा जे सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गरिदेओ।
27 O que vos digo em trevas, dizei-o em luz; e o que escutais ao ouvido, pregai-
28 शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ।
28 E não temais os que matam o corpo e não podem matar a alma; temei, antes, aquele que pode fazer perecer no inferno a alma e o corpo.
29 के एक पैसामा दुई भँगेरा बिक्दैनन्? तापनि तीमध्ये तिमीहरूका पिताको इच्छाविना एउटा पनि भुइँमा खस्दैन।
29 Não se vendem dois passarinhos por um ceitil? E nenhum deles cairá em terra sem
30 तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्।
30 E até mesmo os cabelos da vossa cabeça estão todos contados.
31 यसकारण नडराओ; तिमीहरू धेरै भँगेराहरूभन्दा बढी मूल्यवान् छौ।
31 Não temais, pois; mais valeis vós do que muitos passarinhos.
32 “जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु।
32 Portanto, qualquer que me confessar diante dos homens, eu o confessarei diante de meu Pai, que
33 तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु।
33 Mas qualquer que me negar diante dos homens, eu o negarei também diante de meu Pai, que
34 “म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ।
34 Não cuideis que vim trazer a paz à terra; não vim trazer paz, mas espada;
35 किनकि म,
35 porque eu vim pôr em dissensão o homem contra seu pai, e a filha contra sua mãe, e a nora contra sua sogra.
36 मानिसका शत्रुहरू त आफ्नै घरका सदस्यहरू हुनेछन्।’
36 E, assim, os inimigos do homem serão os seus familiares.
37 “जसले मलाई भन्दा आफ्ना बुबा वा आमालाई धेरै प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन; जसले आफ्ना छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्दछ, त्यो मेरो योग्यको हुँदैन।
37 Quem ama o pai ou a mãe mais do que a mim não é digno de mim; e quem ama o filho ou a filha mais do que a mim não é digno de mim.
38 अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।
38 E quem não toma a sua cruz e não segue após mim não é digno de mim.
39 जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ।
39 Quem achar a sua vida perdê-la-á; e quem perder a sua vida por amor de mim achá-la-á.
40 “जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ।
40 Quem vos recebe a mim me recebe; e quem me recebe a mim, recebe aquele que me enviou.
41 जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ।
41 Quem recebe
42 यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्चै भन्दछु, निश्चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”
42 E qualquer que tiver dado só que seja um copo de
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Mateus 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.