Marcos 14
npioncb (NPIONCB) vs VC
1 अब निस्तार चाड र अखमिरी रोटीको चाड आउन दुई दिन मात्र थियो। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए।
1 Ora, dali a dois dias seria a festa da Páscoa e dos {pães} Ázimos; e os sumos sacerdotes e os escribas buscavam algum meio de prender Jesus à traição para matá-lo.
2 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूले हुलदङ्गा मच्चाउन सक्छन्।”
2 Mas não durante a festa, diziam eles, para não haver talvez algum tumulto entre o povo.
3 उहाँ बेथानीमा सिमोन कुष्ठरोगीको घरमा खानका निम्ति बस्नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्।
3 Jesus se achava em Betânia, em casa de Simão, o leproso. Quando ele se pôs à mesa, entrou uma mulher trazendo um vaso de alabastro cheio de um perfume de nardo puro, de grande preço, e, quebrando o vaso, derramou-lho sobre a cabeça.
4 त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको?
4 Alguns, porém, ficaram indignados e disseram entre si: Por que este desperdício de bálsamo?
5 यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे।
5 Poder-se-ia tê-lo vendido por mais de trezentos denários, e os dar aos pobres. E irritavam-se contra ela.
6 येशूले भन्नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे।
6 Mas Jesus disse-lhes: Deixai-a. Por que a molestais? Ela me fez uma boa obra.
7 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।
7 Vós sempre tendes convosco os pobres e, quando quiserdes, podeis fazer-lhes bem; mas a mim não me tendes sempre.
8 यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे।
8 Ela fez o que pode: embalsamou-me antecipadamente o corpo para a sepultura.
9 म तिमीहरूलाई साँच्चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
9 Em verdade vos digo: onde quer que for pregado em todo o mundo o Evangelho, será contado para sua memória o que ela fez.
10 तब बाह्र जनामध्ये एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो।
10 Judas Iscariotes, um dos Doze, foi avistar-se com os sumos sacerdotes para lhes entregar Jesus.
11 यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
11 A esta notícia, eles alegraram-se e prometeram dar-lhe dinheiro. E ele buscava ocasião oportuna para o entregar.
12 अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्ने तपाईं चाहनुहुन्छ?”
12 No primeiro dia dos Ázimos, em que se imolava a Páscoa, perguntaram-lhe os discípulos: Onde queres que preparemos a refeição da Páscoa?
13 यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ।
13 Ele enviou dois dos seus discípulos, dizendo: Ide à cidade, e sair-vos-á ao encontro um homem, carregando um cântaro de água.
14 ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’
14 Segui-o e, onde ele entrar, dizei ao dono da casa: O Mestre pergunta: Onde está a sala em que devo comer a Páscoa com os meus discípulos?
15 उसले तिमीहरूलाई माथिल्लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।”
15 E ele vos mostrará uma grande sala no andar superior, mobiliada e pronta. Fazei ali os preparativos.
16 ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे।
16 Partiram os discípulos para a cidade e acharam tudo como Jesus lhes havia dito, e prepararam a Páscoa.
17 जब साँझ पर्यो, येशू बाह्रै जनासित आइपुग्नुभयो।
17 Chegando a tarde, dirigiu-se ele para lá com os Doze.
18 जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमध्ये मसित खाने एक जनाले मलाई धोका दिनेछ।”
18 E enquanto estavam sentados à mesa e comiam, Jesus disse: Em verdade vos digo: um de vós que come comigo me há de entregar.
19 तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्चय म त होइनँ?”
19 Começaram a entristecer-se e a perguntar-lhe, um após outro: Porventura sou eu?
20 उहाँले भन्नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ।
20 Respondeu-lhes ele: É um dos Doze, que se serve comigo do mesmo prato.
21 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
21 O Filho do homem vai, segundo o que dele está escrito, mas ai daquele homem por quem o Filho do homem for traído! Melhor lhe seria que nunca tivesse nascido...
22 जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।”
22 Durante a refeição, Jesus tomou o pão e, depois de o benzer, partiu-o e deu-lho, dizendo: Tomai, isto é o meu corpo.
23 त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए।
23 Em seguida, tomou o cálice, deu graças e apresentou-lho, e todos dele beberam.
24 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।
24 E disse-lhes: Isto é o meu sangue, o sangue da aliança, que é derramado por muitos.
25 म साँच्चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
25 Em verdade vos digo: já não beberei do fruto da videira, até aquele dia em que o beberei de novo no Reino de Deus.
26 एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
26 Terminado o canto dos Salmos, saíram para o monte das Oliveiras.
27 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ:
27 E Jesus disse-lhes: Vós todos vos escandalizareis, pois está escrito: Ferirei o pastor, e as ovelhas serão dispersas {Zac 13,7}.
28 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
28 Mas depois que eu ressurgir, eu vos precederei na Galiléia.
29 पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि मचाहिँ त्याग्नेछैनँ।”
29 Entretanto, Pedro lhe respondeu: Ainda que todos se escandalizem de ti, eu, porém, nunca!
30 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आजै राति दुईपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
30 Jesus disse-lhe: Em verdade te digo: hoje, nesta mesma noite, antes que o galo cante duas vezes, três vezes me terás negado.
31 तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने।
31 Mas Pedro repetia com maior ardor: Ainda que seja preciso morrer contigo, não te renegarei.E todos disseram o mesmo.
32 त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।”
32 Foram em seguida para o lugar chamado Getsêmani, e Jesus disse a seus discípulos: Sentai-vos aqui, enquanto vou orar.
33 उहाँले पत्रुस, याकोब र यूहन्नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्न र विचलित हुनुभयो।
33 Levou consigo Pedro, Tiago e João; e começou a ter pavor e a angustiar-se.
34 उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
34 Disse-lhes: A minha alma está numa tristeza mortal; ficai aqui e vigiai.
35 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो।
35 Adiantando-se alguns passos, prostrou-se com a face por terra e orava que, se fosse possível, passasse dele aquela hora.
36 उहाँले भन्नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
36 Aba! {Pai!}, suplicava ele. Tudo te é possível; afasta de mim este cálice! Contudo, não se faça o que eu quero, senão o que tu queres.
37 तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ?
37 Em seguida, foi ter com seus discípulos e achou-os dormindo. Disse a Pedro: Simão, dormes? Não pudeste vigiar uma hora!
38 जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
38 Vigiai e orai, para que não entreis em tentação. Pois o espírito está pronto, mas a carne é fraca.
39 उहाँ फेरि पर जानुभयो र दोहोर्याएर उही प्रार्थना गर्नुभयो
39 Afastou-se outra vez e orou, dizendo as mesmas palavras.
40 जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्।
40 Voltando, achou-os de novo dormindo, porque seus olhos estavam pesados; e não sabiam o que lhe responder.
41 उहाँ तेस्रोपल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।
41 Voltando pela terceira vez, disse-lhes: Dormi e descansai. Basta! Veio a hora! O Filho do homem vai ser entregue nas mãos dos pecadores.
42 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
42 Levantai-vos e vamos! Aproxima-se o que me há de entregar.
43 उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्र चेलाहरूमध्ये एक, त्यहाँ देखा पर्यो। ऊसँग मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएका एउटा भीड तरवार र लाठाहरू लिएर आयो।
43 Ainda falava, quando chegou Judas Iscariotes, um dos Doze, e com ele um bando armado de espadas e cacetes, enviado pelos sumos sacerdotes, escribas e anciãos.
44 त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।”
44 Ora, o traidor tinha-lhes dado o seguinte sinal: Aquele a quem eu beijar é ele. Prendei-o e levai-o com cuidado.
45 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो।
45 Assim que ele se aproximou de Jesus, disse: Rabi!, e o beijou.
46 ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए।
46 Lançaram-lhe as mãos e o prenderam.
47 तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्यो र उसको कान च्वाट्टै काटिदियो।
47 Um dos circunstantes tirou da espada, feriu o servo do sumo sacerdote e decepou-lhe a orelha.
48 येशूले भन्नुभयो, “के मैले विद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठाहरू लिएर मलाई पक्रन आउनुभएको छ?
48 Mas Jesus tomou a palavra e disse-lhes: Como a um bandido, saístes com espadas e cacetes para prender-me!
49 म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।”
49 Entretanto, todos os dias estava convosco, ensinando no templo, e não me prendestes. Mas isso acontece para que se cumpram as Escrituras.
50 तब सबैले उहाँलाई त्यागेर भागे।
50 Então todos o abandonaram e fugiram.
51 एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते,
51 Seguia-o um jovem coberto somente de um pano de linho; e prenderam-no.
52 त्यो आफ्नो लुगा छोडेर नाङ्गै भाग्यो।
52 Mas, lançando ele de si o pano de linho, escapou-lhes despido.
53 तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए।
53 Conduziram Jesus à casa do sumo sacerdote, onde se reuniram todos os sacerdotes, escribas e anciãos.
54 पत्रुस टाढैबाट उहाँलाई पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्न थाले।
54 Pedro o foi seguindo de longe até dentro do pátio. Sentou-se junto do fogo com os servos e aquecia-se.
55 मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्।
55 Os sumos sacerdotes e todo o conselho buscavam algum testemunho contra Jesus, para o condenar à morte, mas não o achavam.
56 धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन।
56 Muitos diziam falsos testemunhos contra ele, mas seus depoimentos não concordavam.
57 तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए:
57 Levantaram-se, então, alguns e deram esse falso testemunho contra ele:
58 “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।”
58 Ouvimo-lo dizer: Eu destruirei este templo, feito por mãos de homens, e em três dias edificarei outro, que não será feito por mãos de homens.
59 तर तिनीहरूको गवाही पनि आपसमा मिलेन।
59 Mas nem neste ponto eram coerentes os seus testemunhos.
60 तब प्रधान पुजारीले तिनीहरूका सामु उभिएर येशूलाई सोधे, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”
60 O sumo sacerdote levantou-se no meio da assembléia e perguntou a Jesus: Não respondes nada? O que é isto que dizem contra ti?
61 तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन।
61 Mas Jesus se calava e nada respondia. O sumo sacerdote tornou a perguntar-lhe: És tu o Cristo, o Filho de Deus bendito?
62 येशूले भन्नुभयो, “म हुँ; अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
62 Jesus respondeu: Eu o sou. E vereis o Filho do Homem sentado à direita do poder de Deus, vindo sobre as nuvens do céu.
63 प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो?
63 O sumo sacerdote rasgou então as suas vestes. Para que desejamos ainda testemunhas?!, exclamou ele.
64 तिमीहरूले ईश्वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?”
64 Ouvistes a blasfêmia! Que vos parece? E unanimemente o julgaram merecedor da morte.
65 तब कसै-कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपे, र मुक्का लगाएर भने, “लौ अगमवाणी गर्!” अनि सिपाहीहरूले थप्पड लगाउँदै उहाँलाई लगे।
65 Alguns começaram a cuspir nele, a tapar-lhe o rosto, a dar-lhe socos e a dizer-lhe: Adivinha! Os servos igualmente davam-lhe bofetadas.
66 त्यस बेला पत्रुस तल चोकमा हुँदा प्रधान पुजारीका सेविकाहरूमध्ये एउटी त्यहाँ आई।
66 Estando Pedro embaixo, no pátio, veio uma das criadas do sumo sacerdote.
67 त्यसले पत्रुसलाई आगो तापिरहेको देखेर नियाल्दै हेरी।
67 Ela fixou os olhos em Pedro, que se aquecia, e disse: Também tu estavas com Jesus de Nazaré.
68 तर तिनले अस्वीकार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म त केही जान्दिनँ।” भन्दै बाहिरको मूलढोकातिर गए।
68 Ele negou: Não sei, nem compreendo o que dizes. E saiu para a entrada do pátio; e o galo cantou.
69 जब त्यस सेविकाले तिनलाई त्यहाँ देखेर त्यहाँ उभिरहेकाहरूलाई फेरि भनी, “यो मानिस तिनीहरूमध्येकै एक हो।”
69 A criada, que o vira, começou a dizer aos circunstantes: Este faz parte do grupo deles.
70 तिनले फेरि पनि इन्कार गरे।
70 Mas Pedro negou outra vez. Pouco depois, os que ali estavam diziam de novo a Pedro: Certamente tu és daqueles, pois és galileu.
71 तिनले आफूलाई धिक्कार्दै शपथ खाएर भने, “तिमीहरूले भनिरहेका मानिसलाई त म चिन्दै चिन्दिनँ।”
71 Então ele começou a praguejar e a jurar: Não conheço esse homem de quem falais.
72 त्यतिखेरै भाले दोस्रोपल्ट बास्यो। तब पत्रुसले तिनलाई येशूले भन्नुभएको यो वचन सम्झे: “दुईपल्ट भाले बास्नुभन्दा अगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी धुरुधुरु रोए।
72 E imediatamente cantou o galo pela segunda vez. Pedro lembrou-se da palavra que Jesus lhe havia dito: Antes que o galo cante duas vezes, três vezes me negarás. E, lembrando-se disso, rompeu em soluços.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Marcos 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.