Marcos 14

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 अब निस्तार चाड र अखमिरी रोटीको चाड आउन दुई दिन मात्र थियो। मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई धूर्ततापूर्वक पक्रेर मार्ने मौका खोजिरहेका थिए।
1 Dali a dois dias, era a Páscoa e a Festa dos Pães Asmos; e os principais sacerdotes e os escribas procuravam como o prenderiam, à traição, e o matariam.
2 तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूले हुलदङ्गा मच्‍चाउन सक्छन्।”
2 Pois diziam: Não durante a festa, para que não haja tumulto entre o povo.
3 उहाँ बेथानीमा सिमोन कुष्‍ठरोगीको घरमा खानका निम्ति बस्‍नुभएको थियो, त्यही बेला एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् जटामसीको अत्तर लिएर आइन्। तिनले त्यो भाँडो फोरिन् र त्यो अत्तर उहाँको शिरमा खन्याइदिइन्।
3 Estando ele em Betânia, reclinado à mesa, em casa de Simão, o leproso, veio uma mulher trazendo um vaso de alabastro com preciosíssimo perfume de nardo puro; e, quebrando o alabastro, derramou o bálsamo sobre a cabeça de Jesus.
4 त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको?
4 Indignaram-se alguns entre si e diziam: Para que este desperdício de bálsamo?
5 यसलाई त एक वर्षको ज्यालाभन्दा बढी रकममा बेचेर त्यो पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” अनि तिनीहरूले त्यस स्त्रीलाई हकारे।
5 Porque este perfume poderia ser vendido por mais de trezentos denários e dar-se aos pobres. E murmuravam contra ela.
6 येशूले भन्‍नुभयो, “उसलाई छोडिदेओ। तिमीहरू उसलाई किन सताउँछौ? उसले मेरा लागि एउटा असल काम गरेकी छे।
6 Mas Jesus disse: Deixai-a; por que a molestais? Ela praticou boa ação para comigo.
7 गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।
7 Porque os pobres, sempre os tendes convosco e, quando quiserdes, podeis fazer-lhes bem, mas a mim nem sempre me tendes.
8 यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे।
8 Ela fez o que pôde: antecipou-se a ungir-me para a sepultura.
9 म तिमीहरूलाई साँच्‍चै भन्दछु, संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे कुरा गरेकी छ, त्यो कुरा पनि उसको सम्झनाका निम्ति बताइनेछ।”
9 Em verdade vos digo: onde for pregado em todo o mundo o evangelho, será também contado o que ela fez, para memória sua.
10 तब बाह्र जनामध्ये एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई गयो।
10 E Judas Iscariotes, um dos doze, foi ter com os principais sacerdotes, para lhes entregar Jesus.
11 यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
11 Eles, ouvindo-o, alegraram-se e lhe prometeram dinheiro; nesse meio tempo, buscava ele uma boa ocasião para o entregar.
12 अखमिरी रोटीको चाडको पहिलो दिन, जब चलनअनुसार निस्तार चाडको थुमा बलिदान गर्नुपर्नेथियो, तब येशूका चेलाहरूले उहाँलाई यसरी सोधे, “हामी कहाँ गएर तपाईंका निम्ति निस्तार चाडको भोज तयार पारौँ भन्‍ने तपाईं चाहनुहुन्छ?”
12 E, no primeiro dia da Festa dos Pães Asmos, quando se fazia o sacrifício do cordeiro pascal, disseram-lhe seus discípulos: Onde queres que vamos fazer os preparativos para comeres a Páscoa?
13 यसकारण उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर यरूशलेम पठाउनुभयो, “सहरभित्र जाओ, र गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। उसको पछि-पछि जाओ।
13 Então, enviou dois dos seus discípulos, dizendo-lhes: Ide à cidade, e vos sairá ao encontro um homem trazendo um cântaro de água;
14 ऊ जुन घरमा पस्छ, त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: मेरो पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खाऊँ?’
14 segui-o e dizei ao dono da casa onde ele entrar que o Mestre pergunta: Onde é o meu aposento no qual hei de comer a Páscoa com os meus discípulos?
15 उसले तिमीहरूलाई माथिल्‍लो तलामा एउटा ठूलो कोठा देखाउनेछ, जुनचाहिँ सजाएर तयार पारिएको हुनेछ। त्यहाँ नै हाम्रा लागि तयार गर।”
15 E ele vos mostrará um espaçoso cenáculo mobilado e pronto; ali fazei os preparativos.
16 ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे।
16 Saíram, pois, os discípulos, foram à cidade e, achando tudo como Jesus lhes tinha dito, prepararam a Páscoa.
17 जब साँझ पर्‍यो, येशू बाह्रै जनासित आइपुग्नुभयो।
17 Ao cair da tarde, foi com os doze.
18 जब उहाँहरूले टेबुल वरिपरि बसेर खाँदैहुनुहुन्थ्यो, उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूमध्ये मसित खाने एक जनाले मलाई धोका दिनेछ।”
18 Quando estavam à mesa e comiam, disse Jesus: Em verdade vos digo que um dentre vós, o que come comigo, me trairá.
19 तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म त होइनँ?”
19 E eles começaram a entristecer-se e a dizer-lhe, um após outro: Porventura, sou eu?
20 उहाँले भन्‍नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ।
20 Respondeu-lhes: É um dos doze, o que mete comigo a mão no prato.
21 मानिसको पुत्र त उसको विषयमा लेखिएअनुसार जानु नै पर्छ, तर धिक्‍कार त्यस मानिसलाई, जसले मानिसको पुत्रलाई धोका दिनेछ! त्यो मानिस नजन्मिएकै भए त्यसको लागि असल हुनेथियो।”
21 Pois o Filho do Homem vai, como está escrito a seu respeito; mas ai daquele por intermédio de quem o Filho do Homem está sendo traído! Melhor lhe fora não haver nascido!
22 जब उहाँहरू खाइरहनुभएको थियो, तब येशूले रोटी लिएर धन्यवाद दिनुभयो, भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “लेओ, यो मेरो शरीर हो।”
22 E, enquanto comiam, tomou Jesus um pão e, abençoando-o, o partiu e lhes deu, dizendo: Tomai, isto é o meu corpo.
23 त्यसपछि उहाँले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि तिनीहरूलाई दिनुभयो; अनि तिनीहरू सबैले त्यसबाट पिए।
23 A seguir, tomou Jesus um cálice e, tendo dado graças, o deu aos seus discípulos; e todos beberam dele.
24 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो, जो धेरैका लागि बहाइन्छ।
24 Então, lhes disse: Isto é o meu sangue, o sangue da [nova] aliança, derramado em favor de muitos.
25 म साँच्‍चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्‍वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
25 Em verdade vos digo que jamais beberei do fruto da videira, até àquele dia em que o hei de beber, novo, no reino de Deus.
26 एउटा भजन गाइसक्नुभएपछि उहाँहरू त्यहाँबाट निस्केर जैतुन डाँडातिर जानुभयो।
26 Tendo cantado um hino, saíram para o monte das Oliveiras.
27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ:
27 Então, lhes disse Jesus: Todos vós vos escandalizareis, porque está escrito:
28 तर म जीवित भएर उठेपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।”
28 Mas, depois da minha ressurreição, irei adiante de vós para a Galileia.
29 पत्रुसले घोषणा गरे, “सबैले त्यागे तापनि मचाहिँ त्याग्नेछैनँ।”
29 Disse-lhe Pedro: Ainda que todos se escandalizem, eu, jamais!
30 येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, आजै राति दुईपल्ट भाले बास्‍नुअगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।”
30 Respondeu-lhe Jesus: Em verdade te digo que hoje, nesta noite, antes que duas vezes cante o galo, tu me negarás três vezes.
31 तर पत्रुसले जोडकासाथ भने, “यदि म तपाईंसित मर्नुपरे तापनि म तपाईंलाई कहिल्यै इन्कार गर्नेछैनँ।” अनि अरू सबैले त्यसै भने।
31 Mas ele insistia com mais veemência: Ainda que me seja necessário morrer contigo, de nenhum modo te negarei. Assim disseram todos.
32 त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।”
32 Então, foram a um lugar chamado Getsêmani; ali chegados, disse Jesus a seus discípulos: Assentai-vos aqui, enquanto eu vou orar.
33 उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो।
33 E, levando consigo a Pedro, Tiago e João, começou a sentir-se tomado de pavor e de angústia.
34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ। तिमीहरू यहीँ बस, र जागा रहो।”
34 E lhes disse: A minha alma está profundamente triste até à morte; ficai aqui e vigiai.
35 अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो।
35 E, adiantando-se um pouco, prostrou-se em terra; e orava para que, se possível, lhe fosse poupada aquela hora.
36 उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता, तपाईंका निम्ति सबै थोक सम्भव छन्। मबाट यो कचौरा हटाइदिनुहोस्; तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
36 E dizia: Aba, Pai, tudo te é possível; passa de mim este cálice; contudo, não seja o que eu quero, e sim o que tu queres.
37 तब उहाँ आफ्ना चेलाहरूकहाँ फर्कनुभयो, र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एक घण्टा पनि जागा रहन सकेनौ?
37 Voltando, achou-os dormindo; e disse a Pedro: Simão, tu dormes? Não pudeste vigiar nem uma hora?
38 जागा रहो र प्रार्थना गर; ताकि तिमीहरू परीक्षामा नपर। आत्मा तयार छ, तर शरीर कमजोर छ।”
38 Vigiai e orai, para que não entreis em tentação; o espírito, na verdade, está pronto, mas a carne é fraca.
39 उहाँ फेरि पर जानुभयो र दोहोर्‍याएर उही प्रार्थना गर्नुभयो
39 Retirando-se de novo, orou repetindo as mesmas palavras.
40 जब उहाँ फर्केर आउनुभयो, तब उहाँले फेरि पनि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। उहाँलाई के जवाफ दिनुपर्ने हो, सो तिनीहरूले जानेनन्।
40 Voltando, achou-os outra vez dormindo, porque os seus olhos estavam pesados; e não sabiam o que lhe responder.
41 उहाँ तेस्रोपल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।
41 E veio pela terceira vez e disse-lhes: Ainda dormis e repousais! Basta! Chegou a hora; o Filho do Homem está sendo entregue nas mãos dos pecadores.
42 उठ! हामी जाऔँ! हेर, मलाई पक्राइदिने आइपुगेको छ!”
42 Levantai-vos, vamos! Eis que o traidor se aproxima.
43 उहाँ बोल्दै गर्नुहुँदा नै यहूदा, बाह्र चेलाहरूमध्ये एक, त्यहाँ देखा पर्‍यो। ऊसँग मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरूद्वारा पठाइएका एउटा भीड तरवार र लाठाहरू लिएर आयो।
43 E logo, falava ele ainda, quando chegou Judas, um dos doze, e com ele, vinda da parte dos principais sacerdotes, escribas e anciãos, uma turba com espadas e porretes.
44 त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।”
44 Ora, o traidor tinha-lhes dado esta senha: Aquele a quem eu beijar, é esse; prendei-o e levai-o com segurança.
45 यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो।
45 E, logo que chegou, aproximando-se, disse-lhe: Mestre! E o beijou.
46 ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए।
46 Então, lhe deitaram as mãos e o prenderam.
47 तब त्यहाँ छेउमा उभिरहनेहरूमध्ये एक जनाले तरवार झिकेर प्रधान पुजारीको सेवकलाई प्रहार गर्‍यो र उसको कान च्वाट्टै काटिदियो।
47 Nisto, um dos circunstantes, sacando da espada, feriu o servo do sumo sacerdote e cortou-lhe a orelha.
48 येशूले भन्‍नुभयो, “के मैले विद्रोहको अगुवाइ गरिरहेको छु, र तपाईंहरू तरवार र लाठाहरू लिएर मलाई पक्रन आउनुभएको छ?
48 Disse-lhes Jesus: Saístes com espadas e porretes para prender-me, como a um salteador?
49 म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।”
49 Todos os dias eu estava convosco no templo, ensinando, e não me prendestes; contudo, é para que se cumpram as Escrituras.
50 तब सबैले उहाँलाई त्यागेर भागे।
50 Então, deixando-o, todos fugiram.
51 एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते,
51 Seguia-o um jovem, coberto unicamente com um lençol, e lançaram-lhe a mão.
52 त्यो आफ्नो लुगा छोडेर नाङ्गै भाग्यो।
52 Mas ele, largando o lençol, fugiu desnudo.
53 तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए।
53 E levaram Jesus ao sumo sacerdote, e reuniram-se todos os principais sacerdotes, os anciãos e os escribas.
54 पत्रुस टाढैबाट उहाँलाई पछ्याउँदै प्रधान पुजारीको चोकसम्मै गए। त्यहाँ तिनले सिपाहीहरूसित बसेर आगो ताप्न थाले।
54 Pedro seguira-o de longe até ao interior do pátio do sumo sacerdote e estava assentado entre os serventuários, aquentando-se ao fogo.
55 मुख्य पुजारीहरू र सम्पूर्ण महासभाले येशूलाई मार्नका लागि उहाँको विरुद्धमा प्रमाणहरू खोजिरहेका थिए; तर तिनीहरूले एउटै पनि पाएनन्।
55 E os principais sacerdotes e todo o Sinédrio procuravam algum testemunho contra Jesus para o condenar à morte e não achavam.
56 धेरैले उहाँको विरुद्धमा झूटो साक्षी दिए, तर तिनीहरूको बयान आपसमा मिलेन।
56 Pois muitos testemunhavam falsamente contra Jesus, mas os depoimentos não eram coerentes.
57 तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए:
57 E, levantando-se alguns, testificavam falsamente, dizendo:
58 “यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।”
58 Nós o ouvimos declarar: Eu destruirei este santuário edificado por mãos humanas e, em três dias, construirei outro, não por mãos humanas.
59 तर तिनीहरूको गवाही पनि आपसमा मिलेन।
59 Nem assim o testemunho deles era coerente.
60 तब प्रधान पुजारीले तिनीहरूका सामु उभिएर येशूलाई सोधे, “के तँ जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको साक्षी के हो?”
60 Levantando-se o sumo sacerdote, no meio, perguntou a Jesus: Nada respondes ao que estes depõem contra ti?
61 तर येशू चुप रहनुभयो, र केही जवाफ पनि दिनुभएन।
61 Ele, porém, guardou silêncio e nada respondeu. Tornou a interrogá-lo o sumo sacerdote e lhe disse: És tu o Cristo, o Filho do Deus Bendito?
62 येशूले भन्‍नुभयो, “म हुँ; अनि तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्‌को दाहिने हातपट्टि बसिरहेको र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
62 Jesus respondeu: Eu sou, e vereis o Filho do Homem assentado à direita do Todo-Poderoso e vindo com as nuvens do céu.
63 प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो?
63 Então, o sumo sacerdote rasgou as suas vestes e disse: Que mais necessidade temos de testemunhas?
64 तिमीहरूले ईश्‍वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?”
64 Ouvistes a blasfêmia; que vos parece? E todos o julgaram réu de morte.
65 तब कसै-कसैले उहाँलाई थुक्न थाले; तिनीहरूले उहाँका आँखा छोपे, र मुक्‍का लगाएर भने, “लौ अगमवाणी गर्!” अनि सिपाहीहरूले थप्पड लगाउँदै उहाँलाई लगे।
65 Puseram-se alguns a cuspir nele, a cobrir-lhe o rosto, a dar-lhe murros e a dizer-lhe: Profetiza! E os guardas o tomaram a bofetadas.
66 त्यस बेला पत्रुस तल चोकमा हुँदा प्रधान पुजारीका सेविकाहरूमध्ये एउटी त्यहाँ आई।
66 Estando Pedro embaixo no pátio, veio uma das criadas do sumo sacerdote
67 त्यसले पत्रुसलाई आगो तापिरहेको देखेर नियाल्दै हेरी।
67 e, vendo a Pedro, que se aquentava, fixou-o e disse: Tu também estavas com Jesus, o Nazareno.
68 तर तिनले अस्वीकार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म त केही जान्दिनँ।” भन्दै बाहिरको मूलढोकातिर गए।
68 Mas ele o negou, dizendo: Não o conheço, nem compreendo o que dizes. E saiu para o alpendre. [E o galo cantou.]
69 जब त्यस सेविकाले तिनलाई त्यहाँ देखेर त्यहाँ उभिरहेकाहरूलाई फेरि भनी, “यो मानिस तिनीहरूमध्येकै एक हो।”
69 E a criada, vendo-o, tornou a dizer aos circunstantes: Este é um deles.
70 तिनले फेरि पनि इन्कार गरे।
70 Mas ele outra vez o negou. E, pouco depois, os que ali estavam disseram a Pedro: Verdadeiramente, és um deles, porque também tu és galileu.
71 तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर भने, “तिमीहरूले भनिरहेका मानिसलाई त म चिन्दै चिन्दिनँ।”
71 Ele, porém, começou a praguejar e a jurar: Não conheço esse homem de quem falais!
72 त्यतिखेरै भाले दोस्रोपल्ट बास्यो। तब पत्रुसले तिनलाई येशूले भन्‍नुभएको यो वचन सम्झे: “दुईपल्ट भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।” अनि तिनी धुरुधुरु रोए।
72 E logo cantou o galo pela segunda vez. Então, Pedro se lembrou da palavra que Jesus lhe dissera: Antes que duas vezes cante o galo, tu me negarás três vezes. E, caindo em si, desatou a chorar.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Marcos 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.