Levítico 26
npioncb (NPIONCB) vs NVI
1 “ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
1 "Não façam ídolos, nem imagens, nem colunas sagradas para vocês, e não coloquem nenhuma pedra esculpida em sua terra para curvar-se diante dela. Eu sou o Senhor, o Deus de vocês.
2 “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
2 "Guardem os meus sábados e reverenciem o meu santuário. Eu sou o Senhor.
3 “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्यौ भने,
3 "Se vocês seguirem os meus decretos e obedecerem aos meus mandamentos, e os colocarem em prática,
4 म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्।
4 eu lhes mandarei chuva na estação certa, e a terra dará a sua colheita e as árvores do campo darão o seu fruto.
5 अङ्गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ।
5 A debulha prosseguirá até a colheita das uvas, e a colheita das uvas prosseguirá até a época da plantação, e vocês comerão até ficarem satisfeitos e viverão em segurança na terra de vocês.
6 “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन।
6 "Estabelecerei paz na terra, e vocês se deitarão, e ninguém os amedrontará. Farei desaparecer da terra os animais selvagens, e a espada não passará pela terra de vocês.
7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
7 Vocês perseguirão os seus inimigos, e estes cairão à espada diante de vocês.
8 तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
8 Cinco de vocês perseguirão cem, cem de vocês perseguirão dez mil, e os seus inimigos cairão à espada diante de vocês.
9 “ ‘म तिमीहरूलाई निगाहको दृष्टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु।
9 "Eu me voltarei para vocês e os farei prolíferos; e os multiplicarei e guardarei a minha aliança com vocês.
10 तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ।
10 Vocês ainda estarão comendo da colheita armazenada no ano anterior, quando terão que se livrar dela para dar espaço para a nova colheita.
11 म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ।
11 Estabelecerei a minha habitação entre vocês e não os rejeitarei.
12 म तिमीहरूको बीचमा हिँड्डुल गर्नेछु, र तिमीहरूका परमेश्वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ।
12 Andarei entre vocês e serei o seu Deus, e vocês serão o meu povo.
13 म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।
13 Eu sou o Senhor, o Deus de vocês, que os tirou da terra do Egito para que não mais fossem escravos deles; quebrei as traves do jugo que os prendia e os fiz andar de cabeça erguida. "
14 “ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ,
14 "Mas, se vocês não me ouvirem e não colocarem em prática todos esses mandamentos,
15 अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्यौ र मेरा आज्ञाहरूलाई घृणा गर्यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्यौ भने,
15 e desprezarem os meus decretos, rejeitarem as minhas ordenanças, deixarem de colocar em prática todos os meus mandamentos e forem infiéis à minha aliança,
16 म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्टिलाई नष्ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्।
16 então assim os tratarei: eu lhes trarei pavor repentino, doenças e febre que tirarão a visão e lhes definharão a vida. Vocês semearão inutilmente, porque os seus inimigos comerão as suas sementes.
17 म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ।
17 O meu rosto estará contra vocês, e vocês serão derrotados pelos inimigos; os seus adversários os dominarão, e vocês fugirão mesmo quando ninguém os estiver perseguindo.
18 “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु।
18 "Se depois disso tudo vocês não me ouvirem, eu os castigarei sete vezes mais pelos seus pecados.
19 म तिमीहरूका हठीपूर्ण अभिमान चुर पार्नेछु। अनि तिमीहरूमाथि भएको आकाशलाई फलामझैँ र तिमीहरूमुनि भएको जमिनलाई काँसोझैँ बनाउनेछु।
19 Eu lhes quebrarei o orgulho rebelde e farei que o céu sobre vocês fique como ferro e a terra de vocês fique como bronze.
20 तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्।
20 A força de vocês será gasta em vão, porque a terra não lhes dará colheita, nem as árvores da terra lhes darão fruto.
21 “ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्यौ र मेरो कुरा सुन्न इन्कार गर्यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्टहरू सात गुणा बढी बढाइदिनेछु।
21 "Se continuarem se opondo a mim e recusarem ouvir-me, eu os castigarei sete vezes mais, conforme os seus pecados.
22 म तिमीहरूका विरुद्धमा जङ्गली जनावरहरू पठाइदिनेछु; जसले तिमीहरूका सन्तानलाई खानेछन्। अनि तिमीहरूका गाईबस्तुहरूलाई सखाप पार्नेछन्। तिमीहरूको संख्या यति थोरै पार्नेछन् कि तिमीहरूका बाटा सुनसान हुनेछन्।
22 Mandarei contra vocês animais selvagens que matarão os seus filhos, acabarei com os seus rebanhos e reduzirei vocês a tão poucos que os seus caminhos ficarão desertos.
23 “ ‘यी सबै भइसकेपछि पनि यदि तिमीहरूले मेरो सुधारलाई ग्रहण गरेनौ र मेरो विरोधी भइरह्यौ भने,
23 "Se apesar disso vocês não aceitarem a minha disciplina, mas continuarem a opor-se a mim,
24 म आफैँ तिमीहरूका विरुद्धमा हुनेछु। अनि तिमीहरूलाई आफ्ना पापको निम्ति सात गुणा बढी कष्ट दिनेछु।
24 eu mesmo me oporei a vocês e os castigarei sete vezes mais por causa dos seus pecados.
25 म तिमीहरूमाथि तरवार ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला लिनेछु। जब तिमीहरू आ-आफ्ना सहरमा जम्मा हुनेछौ, म त्यहाँ तिमीहरूका बीचमा महामारी पठाउनेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ।
25 E trarei a espada contra vocês para vingar a aliança. Quando se refugiarem em suas cidades, eu lhes mandarei uma praga, e vocês serão entregues em mãos inimigas.
26 जब म तिमीहरूका भोजन आपूर्तिलाई बन्द गरिदिनेछु, तब एउटै घरको चुलोमा दश घरका स्त्रीहरूले रोटी पकाउनेछन्, र नापी-नापी थोरै मात्रामा भाग लगाउनेछन्। तिमीहरूले खान त खानेछौ, तर तृप्त हुनेछैनौ।
26 Quando eu lhes cortar o suprimento de pão, dez mulheres assarão o pão num único forno e repartirão o pão a peso. Vocês comerão, mas não ficarão satisfeitos.
27 “ ‘यदि यी सबै भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ, तर मेरो विरोधी भइरह्यौ भने,
27 "Se apesar disso tudo vocês ainda não me ouvirem, mas continuarem a opor-se a mim,
28 म आफ्नो क्रोधमा तिमीहरूको विरोधमा हुनेछु। अनि म आफैँ तिमीहरूका पापहरूका लागि सात गुणा बढी दण्ड दिनेछु।
28 então com furor me oporei a vocês, e eu mesmo os castigarei sete vezes mais por causa dos seus pecados.
29 तिमीहरूले आफ्नै छोराहरूका मासु खानेछौ र आफ्नै छोरीहरूका मासु खानेछौ।
29 Vocês comerão a carne dos seus filhos e das suas filhas.
30 म तिमीहरूका अग्ला देवस्थानहरू भत्काउनेछु। तिमीहरूका धूपका वेदीहरू ढालिदिनेछु; अनि तिमीहरूका मृत शरीरलाई तिमीहरूका निर्जीव मूर्तिहरूमाथि थुप्रो लगाइदिनेछु। अनि म तिमीहरूलाई अति घृणा गर्नेछु।
30 Destruirei os seus altares idólatras, despedaçarei os seus altares de incenso e empilharei os seus cadáveres sobre os seus ídolos mortos, e rejeitarei vocês.
31 म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्नाले मलाई प्रसन्न पार्नेछैन।
31 Deixarei as cidades de vocês em ruínas e arrasarei os seus santuários, e não terei prazer no aroma das suas ofertas.
32 म देशलाई उजाड पारिदिनेछु; र त्यहाँ बस्ने तिमीहरूका शत्रुहरू पनि छक्क पर्नेछन्।
32 Desolarei a terra a ponto de ficarem perplexos os seus inimigos que vierem ocupá-la.
33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु। अनि नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका सहरहरू उजाड हुनेछन्।
33 Espalharei vocês entre as nações e desembainharei a espada contra vocês. Sua terra ficará desolada, e as suas cidades, em ruínas.
34 तब देशले त्यसका शब्बाथ वर्षहरू त्यस उजाड रहेको समयभरि र तिमीहरू आफ्ना शत्रुका देशमा हुँदाखेरि उपभोग गर्नेछ; तब देशले बिसाएर आफ्नो शब्बाथहरूका आनन्द लिनेछ।
34 Então a terra desfrutará os seus anos sabáticos enquanto estiver desolada e enquanto vocês estiverem na terra dos seus inimigos; e a terra descansará e desfrutará os seus sábados.
35 आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ।
35 Enquanto estiver desolada, a terra terá o descanso sabático que não teve quando vocês a habitaram.
36 “ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्।
36 "Quanto aos que sobreviverem, eu lhes encherei o coração de tanto medo na terra do inimigo, que o som de uma folha levada pelo vento os porá em fuga. Correrão como quem foge da espada, e cairão, sem que ninguém os persiga.
37 कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ।
37 Tropeçarão uns nos outros, como que fugindo da espada, sem que ninguém os esteja perseguindo. Assim vocês não poderão subsistir diante dos inimigos.
38 तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ।
38 Vocês perecerão entre as nações, e a terra dos seus inimigos os devorará.
39 बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्ट भएर जानेछन्।
39 Os que sobreviverem apodrecerão na terra do inimigo por causa dos seus pecados, e também por causa dos pecados dos seus antepassados.
40 “ ‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पितापुर्खाका पाप, अर्थात् मेरो विरुद्धमा तिनीहरूले गरेका विश्वासघात र मप्रति देखाएका शत्रुताको व्यवहार स्वीकार गरे भने,
40 "Mas, se confessarem os seus pecados e os pecados dos seus antepassados, sua infidelidade e oposição a mim,
41 जसले गर्दा म तिनीहरूप्रति शत्रु भएँ; अनि मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशमा पठाएँ। यदि आफ्ना खतना नभएको हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने,
41 que me levaram a opor-me a eles e a enviá-los para a terra dos seus inimigos; se o seu coração obstinado se humilhar, e eles aceitarem o castigo do seu pecado,
42 याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु।
42 eu me lembrarei da minha aliança com Jacó e da minha aliança com Isaque e da minha aliança com Abraão, e também me lembrarei da terra,
43 किनकि देश तिनीहरूद्वारा त्यागिनेछ। तिनीहरू नभएकाले देश उजाड भएको बेला त्यसले आफ्ना शब्बाथहरू उपभोग गर्नेछ। तिनीहरूले आफ्ना पापहरूका मूल्य चुकाउनुपर्नेछ; किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई तिरस्कार गरे, र मेरा उर्दीहरूलाई घृणा गरे।
43 que por eles será abandonada e desfrutará os seus sábados enquanto permanecer desolada. Receberão o castigo pelos seus pecados porque desprezaram as minhas ordenanças e rejeitaram os meus decretos.
44 तर यी सबै भएर पनि तिनीहरू आफ्ना शत्रुहरूका देशमा हुँदा तिनीहरूसित मैले गरेको करार भङ्ग गरेर तिनीहरूलाई सम्पूर्ण तवरले नष्ट गर्ने हिसाबले म तिनीहरूलाई तिरस्कार गर्नेछैनँ; अनि घृणा गर्नेछैनँ। म याहवेह नै तिनीहरूका परमेश्वर हुँ।
44 Apesar disso, quando estiverem na terra do inimigo, não os desprezarei, nem os rejeitarei, para destruí-los totalmente, quebrando a minha aliança com eles, pois eu sou o Senhor, o Deus deles.
45 तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसित बाँधेको करारलाई सम्झनेछु; जसलाई मैले जातिहरूका दृष्टिमा तिनीहरूका परमेश्वर हुनलाई इजिप्टबाट निकालेर ल्याएँ। म नै याहवेह हुँ।’ ”
45 Mas por amor deles eu me lembrarei da aliança com os seus antepassados que tirei da terra do Egito à vista das nações, para ser o Deus deles. Eu sou o Senhor. "
46 याहवेहले सीनै पर्वतमा मोशाद्वारा आफ्नै र इस्राएलीहरूको बीचमा स्थापित गर्नुभएका उर्दीहरू, व्यवस्थाहरू र नियमहरू यिनै हुन्।
46 São esses os decretos, as ordenanças e as leis que o Senhor estabeleceu no monte Sinai entre ele próprio e os israelitas, por intermédio de Moisés.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Levítico 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.