Levítico 26

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 “ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
1 O Senhor Deus disse ao povo de Israel: — Não façam nenhum ídolo ou imagem, nem coluna sagrada ou pedra com figuras gravadas para adorar. Não adorem nenhum deles; eu, o
2 “ ‘मेरा शब्बाथहरू पालन गर्नू, र मेरो पवित्रस्थानलाई आदर गर्नू। म नै याहवेह हुँ।
2 Guardem o sábado, o meu dia, e respeitem o lugar onde sou adorado. Eu sou o Senhor .
3 “ ‘यदि तिमीहरू मेरा उर्दीअनुसार चल्यौ र मेरा आज्ञाहरू होशियारीसाथ पालन गर्‍यौ भने,
3 — Se vocês obedecerem às minhas leis e aos meus mandamentos, fazendo tudo o que eu ordeno,
4 म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्।
4 eu mandarei chuva no tempo certo, a terra produzirá colheitas, e as árvores darão frutas.
5 अङ्‌गुरको कटनीसम्म तिमीहरू दाइँ गरिरहेका हुनेछौ; र बिउ छर्ने समयसम्म तिमीहरूले अङ्‌गुर टिपिरहेका हुनेछौ। अनि तिमीहरूले आफूले पेटभरि भोजन खानेछौ; र आफ्नो देशमा सुरक्षित रहनेछौ।
5 As colheitas serão tão grandes, que vocês ainda estarão colhendo cereais quando chegar o tempo de colher uvas e estarão colhendo uvas quando chegar o tempo de semear os campos. Haverá bastante comida para todos, e vocês viverão em segurança na sua terra.
6 “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन।
6 — Eu darei paz à terra de vocês. Todos dormirão sossegados, e ninguém os assustará, pois farei desaparecer da terra os animais selvagens e acabarei com as guerras.
7 तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्नेछौ; र तिनीहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
7 Vocês vencerão os seus inimigos e os matarão;
8 तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्।
8 cinco de vocês derrotarão cem deles, e cem de vocês derrotarão dez mil. Todos eles serão mortos.
9 “ ‘म तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु।
9 Eu abençoarei vocês e lhes darei muitos filhos. Cumprirei as promessas da aliança que fiz com vocês.
10 तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ।
10 As colheitas serão tão grandes, que vocês precisarão jogar fora o trigo velho para terem lugar onde guardar o novo.
11 म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ।
11 Morarei no meio de vocês, na minha Tenda Sagrada , e nunca os abandonarei.
12 म तिमीहरूको बीचमा हिँड्‍डुल गर्नेछु, र तिमीहरूका परमेश्‍वर हुनेछु। अनि तिमीहरू मेरा प्रजा हुनेछौ।
12 Estarei sempre com vocês; vocês serão o meu povo, e eu serei o seu Deus.
13 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरू इजिप्टियनहरूका दास हुन नपरोस् भनेर मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाडो पारेर हिँड्न योग्यको तुल्याएको छु।
13 Eu sou o Senhor , o Deus de vocês. Eu os tirei do Egito para que vocês não fossem escravos dos egípcios. Eu os livrei da escravidão e os fiz andar de cabeça erguida.
14 “ ‘तर यदि तिमीहरूले मेरा कुरा सुनेनौ र यी सबै आज्ञापालन गरेनौ,
14 — Porém, se vocês não obedecerem a todos os meus mandamentos,
15 अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्‍यौ र मेरा आज्ञाहरूलाई घृणा गर्‍यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्‍यौ भने,
15 se rejeitarem as minhas leis , se desprezarem as minhas ordens e se quebrarem a aliança que fiz com vocês,
16 म तिमीहरूमा अचानक आतङ्क, निको नहुने रोगहरू र ज्वरो फैलाउनेछु; जसले तिमीहरूका दृष्‍टिलाई नष्‍ट गरिदिनेछन्। अनि तिमीहरूका प्राणलाई शिथिल पार्नेछन्। तिमीहरू व्यर्थैमा रोप्नेछौ; किनकि ती तिमीहरूका शत्रुहरूले खानेछन्।
16 então eu os castigarei. Mandarei desastres, e doenças, e febres que abalam a saúde e enfraquecem o corpo. Não adiantará nada semear os campos, pois os inimigos é que comerão as colheitas.
17 म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ।
17 Ficarei contra vocês e deixarei que sejam derrotados pelos inimigos. Eles os dominarão, e vocês fugirão mesmo quando ninguém os perseguir.
18 “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु।
18 — Porém, se nem assim vocês me obedecerem, mas continuarem a pecar, eu mandarei um castigo sete vezes pior.
19 म तिमीहरूका हठीपूर्ण अभिमान चुर पार्नेछु। अनि तिमीहरूमाथि भएको आकाशलाई फलामझैँ र तिमीहरूमुनि भएको जमिनलाई काँसोझैँ बनाउनेछु।
19 Acabarei com o seu poder, de que vocês se orgulham; não mandarei chuva, e o chão ficará duro como ferro.
20 तिमीहरूले व्यर्थमा परिश्रम गर्नेछौ; किनकि तिमीहरूका माटोले त्यसको उब्जनी दिनेछैन, न त तिमीहरूका जमिनका रूखहरूले आफ्नो फल दिनेछन्।
20 Não adiantará nada vocês trabalharem e se cansarem; os campos não produzirão colheitas, e as árvores não darão frutas.
21 “ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्‍यौ र मेरो कुरा सुन्‍न इन्कार गर्‍यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्‍टहरू सात गुणा बढी बढाइदिनेछु।
21 — E, se ainda assim vocês teimarem em pecar, em me rejeitar e em desobedecer aos meus mandamentos, eu mandarei um castigo sete vezes pior.
22 म तिमीहरूका विरुद्धमा जङ्गली जनावरहरू पठाइदिनेछु; जसले तिमीहरूका सन्तानलाई खानेछन्। अनि तिमीहरूका गाईबस्तुहरूलाई सखाप पार्नेछन्। तिमीहरूको संख्या यति थोरै पार्नेछन् कि तिमीहरूका बाटा सुनसान हुनेछन्।
22 Mandarei para o meio de vocês animais selvagens que matarão os seus filhos, acabarão com o seu gado e matarão tanta gente, que não haverá ninguém para andar pelas estradas.
23 “ ‘यी सबै भइसकेपछि पनि यदि तिमीहरूले मेरो सुधारलाई ग्रहण गरेनौ र मेरो विरोधी भइरह्‍यौ भने,
23 — E, se mesmo com isso vocês não voltarem para mim, mas continuarem a me desafiar,
24 म आफैँ तिमीहरूका विरुद्धमा हुनेछु। अनि तिमीहरूलाई आफ्ना पापको निम्ति सात गुणा बढी कष्‍ट दिनेछु।
24 eu ficarei contra vocês e por causa dos seus pecados mandarei um castigo sete vezes pior.
25 म तिमीहरूमाथि तरवार ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला लिनेछु। जब तिमीहरू आ-आफ्ना सहरमा जम्मा हुनेछौ, म त्यहाँ तिमीहरूका बीचमा महामारी पठाउनेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ।
25 Ordenarei que povos inimigos os ataquem; e assim vocês serão castigados por terem quebrado a aliança que fiz com vocês. E, se vocês se ajuntarem nas cidades para escaparem dos inimigos, eu farei com que vocês sejam atacados por doenças graves, e os inimigos os prenderão.
26 जब म तिमीहरूका भोजन आपूर्तिलाई बन्द गरिदिनेछु, तब एउटै घरको चुलोमा दश घरका स्त्रीहरूले रोटी पकाउनेछन्, र नापी-नापी थोरै मात्रामा भाग लगाउनेछन्। तिमीहरूले खान त खानेछौ, तर तृप्‍त हुनेछैनौ।
26 Por causa do meu castigo, a comida será tão pouca, que bastará um forno para dez donas de casa assarem pão, e cada pessoa receberá uma porção tão pequena de comida, que ninguém conseguirá matar a fome.
27 “ ‘यदि यी सबै भएर पनि तिमीहरूले मेरा कुरा सुनेनौ, तर मेरो विरोधी भइरह्‍यौ भने,
27 — E, se nem assim vocês me obedecerem, mas continuarem a me desafiar,
28 म आफ्नो क्रोधमा तिमीहरूको विरोधमा हुनेछु। अनि म आफैँ तिमीहरूका पापहरूका लागि सात गुणा बढी दण्ड दिनेछु।
28 cheio de ira eu ficarei contra vocês e por causa dos seus pecados mandarei um castigo sete vezes pior.
29 तिमीहरूले आफ्नै छोराहरूका मासु खानेछौ र आफ्नै छोरीहरूका मासु खानेछौ।
29 Haverá tanta falta de comida, que vocês devorarão os seus próprios filhos.
30 म तिमीहरूका अग्ला देवस्थानहरू भत्काउनेछु। तिमीहरूका धूपका वेदीहरू ढालिदिनेछु; अनि तिमीहरूका मृत शरीरलाई तिमीहरूका निर्जीव मूर्तिहरूमाथि थुप्रो लगाइदिनेछु। अनि म तिमीहरूलाई अति घृणा गर्नेछु।
30 Eu ficarei tão irado com vocês, que destruirei os lugares onde vocês adoram deuses pagãos, quebrarei os altares em que é queimado incenso e jogarei os corpos de vocês em cima dos ídolos caídos.
31 म तिमीहरूका सहरहरूलाई उजाड पार्नेछु, र तिमीहरूका पवित्रस्थानहरूलाई शून्य पारिदिनेछु। अनि तिमीहरूले चढाएका बलिदानहरूका बास्‍नाले मलाई प्रसन्‍न पार्नेछैन।
31 Destruirei as cidades e as deixarei em ruínas; derrubarei os seus templos e não aceitarei os sacrifícios que vocês me oferecerem.
32 म देशलाई उजाड पारिदिनेछु; र त्यहाँ बस्‍ने तिमीहरूका शत्रुहरू पनि छक्‍क पर्नेछन्।
32 Arrasarei tão completamente a terra em que vocês moram, que os inimigos que vierem morar nela ficarão espantados.
33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु। अनि नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका सहरहरू उजाड हुनेछन्।
33 Eu farei com que haja guerra, e vocês serão espalhados pelas outras nações; na terra de vocês não haverá moradores, e as cidades ficarão em ruínas.
34 तब देशले त्यसका शब्बाथ वर्षहरू त्यस उजाड रहेको समयभरि र तिमीहरू आफ्ना शत्रुका देशमा हुँदाखेरि उपभोग गर्नेछ; तब देशले बिसाएर आफ्नो शब्बाथहरूका आनन्द लिनेछ।
34 Assim, a terra terá os seus anos de descanso. Enquanto estiver sem moradores e vocês estiverem espalhados pelas nações estrangeiras, a terra terá os seus anos de descanso;
35 आफू उजाड रहेको समयभरि देशले तिमीहरू त्यसमा बस्दा नपाएको शब्बाथ पाउनेछ।
35 pois ela não descansou durante o tempo em que vocês moraram nela.
36 “ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्।
36 — Quanto aos que continuarem vivos em terras estrangeiras, eu farei com que eles fiquem com tanto medo, que até mesmo o som de folhas caindo no chão os fará fugir; fugirão como se viessem inimigos atrás deles e cairão sem que ninguém os persiga.
37 कसैले नखेदे तापनि तिनीहरू तरवारदेखि भागेझैँ एक-अर्कामाथि ठक्‍कर खाएर लोट्नेछन्। यसरी तिमीहरू आफ्ना शत्रुहरूका सामु खडा हुन सक्नेछैनौ।
37 Uns cairão em cima dos outros, como se estivessem combatendo, mesmo que não haja inimigos por perto. E, quando os inimigos chegarem, vocês não terão forças para lutar contra eles.
38 तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ।
38 Vocês morrerão em terras estrangeiras e ali serão sepultados.
39 बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्‍ट भएर जानेछन्।
39 Os que ficarem vivos naquelas terras serão finalmente destruídos pelos seus próprios pecados e pelos pecados dos seus antepassados.
40 “ ‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पितापुर्खाका पाप, अर्थात् मेरो विरुद्धमा तिनीहरूले गरेका विश्‍वासघात र मप्रति देखाएका शत्रुताको व्यवहार स्वीकार गरे भने,
40 — Mas os descendentes de vocês confessarão os seus pecados e também os pecados dos seus antepassados, isto é, daqueles que foram infiéis a mim e desobedeceram às minhas ordens,
41 जसले गर्दा म तिनीहरूप्रति शत्रु भएँ; अनि मैले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका देशमा पठाएँ। यदि आफ्ना खतना नभएको हृदय नम्र तुल्याई आफ्ना पापका लागि सजाय भोगे भने,
41 fazendo com que eu ficasse contra eles e os espalhasse pelos países dos seus inimigos. Portanto, se eles se arrependerem das suas ideias e dos seus costumes pagãos e se aceitarem o castigo pelos seus pecados,
42 याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु।
42 então eu lembrarei das alianças que fiz com Jacó e com Isaque e com Abraão e lembrarei também da Terra Prometida .
43 किनकि देश तिनीहरूद्वारा त्यागिनेछ। तिनीहरू नभएकाले देश उजाड भएको बेला त्यसले आफ्ना शब्बाथहरू उपभोग गर्नेछ। तिनीहरूले आफ्ना पापहरूका मूल्य चुकाउनुपर्नेछ; किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई तिरस्कार गरे, र मेरा उर्दीहरूलाई घृणा गरे।
43 — Mas, enquanto os descendentes de vocês estiverem espalhados por terras estrangeiras, a Terra Prometida ficará deserta e terá os seus anos de descanso. Os seus descendentes desobedeceram às minhas leis e desprezaram os meus mandamentos; por isso pagarão pelos seus pecados.
44 तर यी सबै भएर पनि तिनीहरू आफ्ना शत्रुहरूका देशमा हुँदा तिनीहरूसित मैले गरेको करार भङ्ग गरेर तिनीहरूलाई सम्पूर्ण तवरले नष्‍ट गर्ने हिसाबले म तिनीहरूलाई तिरस्कार गर्नेछैनँ; अनि घृणा गर्नेछैनँ। म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ।
44 Mas, mesmo quando estiverem em terras estrangeiras, eu não os abandonarei, nem os destruirei, pois não quebrarei a aliança que fiz com eles. Eu sou o Senhor , o Deus deles.
45 तर म तिनीहरूका खातिर तिनीहरूका पुर्खाहरूसित बाँधेको करारलाई सम्झनेछु; जसलाई मैले जातिहरूका दृष्‍टिमा तिनीहरूका परमेश्‍वर हुनलाई इजिप्टबाट निकालेर ल्याएँ। म नै याहवेह हुँ।’ ”
45 Pelo contrário, eu lembrarei da aliança que fiz com os seus antepassados, quando os tirei do Egito a fim de ser o seu Deus, mostrando assim o meu poder às outras nações. Eu sou Deus, o Senhor .
46 याहवेहले सीनै पर्वतमा मोशाद्वारा आफ्नै र इस्राएलीहरूको बीचमा स्थापित गर्नुभएका उर्दीहरू, व्यवस्थाहरू र नियमहरू यिनै हुन्।
46 São esses os mandamentos, as leis e as ordens que o Senhor Deus deu aos israelitas por meio de Moisés, no monte Sinai.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.