Levítico 11
npioncb (NPIONCB) vs NTLH
1 याहवेहले मोशा र हारूनलाई भन्नुभयो,
1 O Senhor Deus deu a Moisés e a Arão
2 “इस्राएलीहरूलाई भन्: ‘जमिनमाथि रहने सबै पशुहरूमध्ये तिमीहरूले खान हुने यिनीहरू हुन्:
2 as seguintes leis para os israelitas: Vocês poderão comer a carne de qualquer animal
3 खुर अलग भएका, चिरिएका र उग्राउने जुनसुकै पशु पनि तिमीहरूले खान सक्छौ।
3 que tem casco dividido e que rumina. Mas não poderão comer camelos, coelhos selvagens ou lebres, pois esses animais ruminam, mas não têm casco dividido. Para vocês esses animais são impuros .
4 “ ‘कतिपय पशुहरू, जसले उग्राउँछन् अथवा खुर मात्र चिरिएका हुन्छन्, तर ती नखानू। ऊँट, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका लागि अशुद्ध छ।
4 — ausente —
5 भिर खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ।
5 — ausente —
6 खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ।
6 — ausente —
7 अनि सुँगुर, त्यसको खुर पूरा चिरिएको भए तापनि त्यसले उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध छ।
7 É proibido comer carne de porco. Para vocês o porco é impuro, pois tem o casco dividido, mas não rumina.
8 तिमीहरूले ती अशुद्ध जनावरहरूका मासु खानुहुँदैन। अनि त्यसको सिनो पनि छुनुहुँदैन। ती तिमीहरूका लागि अशुद्ध छन्।
8 Não comam nenhum desses animais, nem mesmo toquem neles quando estiverem mortos. Todos eles são impuros.
9 “ ‘समुद्र र खोलाहरूमा बस्ने जन्तुहरूमध्ये पखेटा र कत्ला भएका जुनसुकै जन्तु तिमीहरूले खान सक्छौ।
9 Vocês poderão comer qualquer peixe que tem barbatanas e escamas,
10 तर समुद्र र खोलाहरूमा बस्ने सबै जन्तुहरू, जसका पखेटा र कत्ला छैनन्—चाहे समूहमा बस्नेहरू होऊन्, वा पानीका अरू जन्तु होऊन्—तिमीहरूका निम्ति घृणित कुरा हुन्।
10 mas não poderão comer os animais que vivem na água e que não têm barbatanas nem escamas. Esses animais são impuros para vocês;
11 ती तिमीहरूका लागि घृणित भएकाले तिमीहरूले तिनीहरूका मासु नखानू। तिनीहरूका सिनोलाई घृणित ठान्नू।
11 não comam nenhum deles e, mesmo quando eles estiverem mortos, não toquem neles.
12 पानीमा बस्ने जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूका लागि घृणित हो।
12 Qualquer animal que vive na água e que não tem barbatanas nem escamas é impuro.
13 “ ‘यी चराचुरुङ्गी घृणित हुनाले तिमीहरूले यी नखानू—गरुड, गिद्ध, कालो गिद्ध;
13 Também são impuras as seguintes aves : águias, urubus, águias-marinhas,
14 रातो चील, सबै थरीका कालो चील,
14 açores, falcões,
15 सबै किसिमका काग;
15 corvos,
16 ठूलो उल्लु, छोटो काने उल्लु, समुद्री चरो, सबै किसिमका बाज;
16 avestruzes, corujas, gaivotas, gaviões,
17 सानो उल्लु, समुद्री बाज, विशाल उल्लु;
17 mochos, corvos-marinhos, íbis,
18 सेतो उल्लु, मरुभूमिको उल्लु, माछा खाने चील;
18 gralhas, pelicanos, abutres,
19 सारस, सबै किसिमका बकुल्ला, फाप्रेचरो र चमेरो।
19 cegonhas, garças e poupas; e também morcegos.
20 “ ‘चारै खुट्टाले हिँड्ने र उड्ने सबै किराहरू तिमीहरूका निम्ति घृणित हुनुपर्छ।
20 É impuro todo inseto que anda e que voa;
21 तरै पनि केही पखेटा भएका जीवहरू, जो चार खुट्टाले हिँड्छन्, ती तिमीहरूले खान सक्छौ—जोर्नीहरूसहित भुइँमा उफ्रि हिँड्नका लागि खुट्टा भएका।
21 mas vocês poderão comer os insetos que têm pernas e que saltam.
22 यिनीहरूमध्ये तिमीहरूले सबै किसिमका सलह, खुइले सलह, किथ्रो वा फट्याङ्ग्रा खान सक्छौ।
22 Poderão comer toda espécie de gafanhotos e grilos.
23 तर पखेटा भएका अरू सबै जीवहरू, जसका चार खुट्टाहरू छन्, ती तिमीहरूले घृणित ठान्नू।
23 Mas todos os outros insetos que andam e que voam são impuros.
24 “ ‘यिनीहरूको कारणले गर्दा तिमीहरूले आफूलाई अशुद्ध पार्छौ; जसले यिनीहरूको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
24 — ausente —
25 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ, र त्यो साँझसम्म अशुद्ध हुनेछ।
25 — ausente —
26 “ ‘प्रत्येक जीवजन्तु, जसको खुर चिरिएको छ, तर पूर्ण रूपमा फारिएको छैन, अथवा जसले उग्राउँदैन, त्यो तिमीहरूका लागि अशुद्ध हो। यिनीहरूमध्येका कुनैको सिनो जसले छुन्छ, त्यो अशुद्ध हुनेछ।
26 — ausente —
27 चार खुट्टाले हिँड्ने सबै जीवजन्तुहरूमध्ये, जसले आफ्ना पन्जाले टेकेर हिँड्छन्, ती तिमीहरूका लागि अशुद्ध छन्। जसले तिनको सिनो छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
27 — ausente —
28 जसले तिनीहरूको सिनो उठाउँछ, त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। यी जनावरहरू तिमीहरूका निम्ति अशुद्ध छन्।
28 — ausente —
29 “ ‘जमिनमा हिँड्डुल गर्ने जीवहरूमा यी तिमीहरूका निम्ति अशुद्ध छन्—न्याउरीमुसो, मुसा, सबै किसिमका ठूलो छेपारो;
29 — ausente —
30 छेपारो, गोहोरो, माउसुली, भालेमुङ्ग्रो, र रङ्ग बदल्ने छेपारो।
30 — ausente —
31 जमिनमा हिँड्डुल गर्ने यी सबै जीवजन्तु तिमीहरूका लागि अशुद्ध छन्। यी मरेकालाई जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।
31 Ficará impuro até o pôr do sol quem tocar nesses animais depois de mortos.
32 जब तीमध्ये कुनै एउटा मर्छ, र कुनै चीजमाथि खस्छ भने त्यो चीज जुनसुकै काममा प्रयोग हुने भए तापनि चाहे त्यो काठबाट बनिएको होस्, अथवा लुगा, छाला अथवा भाङ्ग्रा होस्, त्यो अशुद्ध हुनेछ। त्यसलाई पानीमा हाल्नू। त्यो साँझसम्म अशुद्ध रहनेछ; त्यसपछि त्यो शुद्ध हुनेछ।
32 E, se o corpo de qualquer um desses animais cair em cima de alguma coisa, essa coisa ficará impura. Isso inclui qualquer objeto de madeira, tecido, couro ou saco, ou qualquer outra coisa. Para purificar esse objeto, será preciso colocá-lo na água, mas ele ficará impuro até o pôr do sol.
33 तीमध्ये एउटा माटोको भाँडाभित्र खस्यो भने त्यसमा भएका प्रत्येक चीज अशुद्ध हुनेछ। अनि तिमीहरूले त्यो भाँडा फोरिदिनू।
33 E, se o corpo de um desses animais cair num pote de barro, tudo o que estiver dentro do pote se tornará impuro; será preciso quebrar o pote.
34 कुनै खाने कुरामा त्यस भाँडाको पानी परेको छ भने त्यो अशुद्ध हुनेछ। अनि त्यसबाट पिउने कुनै पनि तरल पदार्थ अशुद्ध हुनेछ।
34 E, se a água daquele pote cair em cima de qualquer comida, essa comida ficará impura. E qualquer líquido que estiver no pote ficará impuro também.
35 जुनसुकै कुरोमाथि तिनीहरूमध्ये एउटाको सिनो खस्यो भने त्यो अशुद्ध हुन्छ। चुल्हो अथवा पकाउने भाँडालाई फुटाउनुपर्छ। ती अशुद्ध हुन्छ, र तिमीहरूले तिनीहरूलाई अशुद्ध ठहराउनुपर्छ।
35 Se o corpo de um desses animais cair sobre alguma coisa, ela ficará impura. Se for um forno ou um fogão de barro, então ele se tornará impuro e deverá ser quebrado;
36 तरै पनि खोला अथवा पानी जम्मा गर्ने कुण्ड शुद्ध रहनेछ। तर यस्ता कुनै पनि सिनो छुने व्यक्ति अशुद्ध हुनेछ।
36 se for uma fonte ou uma caixa de água, a água ali dentro continuará pura, mas quem tocar no corpo ficará impuro.
37 कुनै रोप्नुपर्ने बिउहरूमाथि सिनो खस्यो भने ती शुद्ध नै रहन्छन्।
37 Se o corpo de um desses animais cair em cima de sementes que vão ser plantadas, elas continuarão puras ;
38 तर त्यस बिउमा पानी हालिएको छ, र त्यसमाथि सिनो खस्यो भने त्यो, तिमीहरूका लागि अशुद्ध हो।
38 mas, se as sementes estiverem de molho na água, e o corpo cair na água, então elas se tornarão impuras.
39 “ ‘तिमीहरूले खान हुने कुनै पशु मर्यो र कसैले त्यसको सिनो छुन्छ भने त्यो साँझसम्म अशुद्ध रहनेछ।
39 Se um animal que se pode comer tiver morte natural, a pessoa que tocar no corpo ficará impura até o pôr do sol.
40 कसैले सिनोबाट केही खान्छ भने त्यसले आफ्नो लुगा धुनुपर्छ। अनि त्यो साँझसम्म अशुद्ध हुनेछ। कसैले सिनो उठाउँछ भने त्यसले आफ्नो लुगा धुनुपर्छ; र त्यो साँझसम्म अशुद्ध रहनेछ।
40 E, se alguém comer a carne desse animal, deverá lavar a roupa que estiver vestindo e ficará impuro até o pôr do sol; e, se alguém carregar o corpo do animal, precisará lavar a roupa e ficará impuro até o pôr do sol.
41 “ ‘जमिनमा घस्रने प्रत्येक जन्तु घृणित हो; त्यसलाई नखानू।
41 É proibido comer qualquer animal que se arrasta pelo chão; esses animais são impuros.
42 जमिनमा घस्रने जुनसुकै प्राणी, चाहे त्यो पेटको भरले घस्रने होस्, अथवा चार खुट्टाले अथवा धेरै खुट्टाहरूले घस्रने होस्, तिमीहरूले नखानू: तिनीहरू घृणित हुन्।
42 É proibido comer qualquer um deles, tanto aqueles que se arrastam como aqueles que andam com quatro patas ou mais.
43 तिमीहरूले यस्ता कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार्नू। तिमीहरूले आफूलाई तिनीहरूको कारण अथवा तिनीहरूद्वारा अशुद्ध नपार्नू।
43 Não fiquem impuros e nojentos por comerem qualquer um desses animais.
44 म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; तिमीहरूले आफूलाई शुद्ध पार। अनि पवित्र होओ; किनकि म पवित्र छु। जमिनमा घस्रने कुनै प्राणीद्वारा आफूलाई अशुद्ध नपार।
44 Eu sou o Senhor . Dediquem-se a mim, o Deus de vocês, e sejam completamente fiéis a mim, pois eu sou santo. Não fiquem impuros por causa de qualquer animal que se arrasta pelo chão.
45 तिमीहरूका परमेश्वर हुनलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म नै याहवेह हुँ। यसकारण पवित्र होओ; किनकि म पवित्र छु।
45 Eu sou o Senhor , que os trouxe do Egito a fim de ser o Deus de vocês. Portanto, sejam santos , pois eu sou santo.
46 “ ‘पशुहरू, चराचुरुङ्गीहरू, पानीमा बस्ने प्रत्येक जीवित प्राणी र जमिनमा घस्रने प्रत्येक प्राणीको विषयमा नियमहरू यिनै हुन्।
46 São essas as leis a respeito dos animais e das aves, de todos os animais que vivem na água e de todos os animais que se arrastam pelo chão.
47 तिमीहरूले अशुद्ध र शुद्धको बीचमा, खान हुने र खान नहुने जीवित प्राणीको बीचमा भिन्नता राख्नुपर्छ।’ ”
47 Elas mostram a diferença entre o que é puro e o que é impuro, entre os animais que podem ser comidos e os que não podem ser comidos.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Levítico 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.