Levítico 10

npioncb (NPIONCB)

1 हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए।

2 यसकारण याहवेहको उपस्थितिबाट आगो निस्केर आयो र तिनीहरूलाई भस्म पार्‍यो। अनि तिनीहरू याहवेहको सामु मरे।

3 तब मोशाले हारूनलाई भने, “याहवेहले भन्‍नुभएको कुरा यही हो:

4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मिशाएल र एलसाफानलाई बोलाइपठाए, र तिनीहरूलाई भने, “यहाँ आओ! तिमीहरूका भाइहरूलाई बोकेर छाउनीबाहिर पवित्रस्थानको सामुबाट टाढा लैजाओ।”

5 यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे।

6 त्यसपछि मोशाले हारून र तिनका छोराहरू एलाजार र ईतामारलाई भने, “तिमीहरूका केश खुल्‍ला नछोड्नू र आफ्ना लुगा नच्यात्नू; नत्रता तिमीहरू मर्नेछौ। अनि याहवेह सारा समुदायमाथि रिसाउनुहुनेछ। तर तिमीहरूका आफन्तहरू, इस्राएलका सारा घरानाले याहवेहले आगोद्वारा नष्‍ट गर्नुभएकाहरूका निम्ति विलाप गरून्।

7 समागम पालको प्रवेशद्वारबाट कतै नजानू, नत्रता तिमीहरू मर्नेछौ। किनकि याहवेहको अभिषेकको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूले मोशाले आदेश गरेझैँ गरे।

8 त्यसपछि याहवेहले हारूनलाई भन्‍नुभयो,

9 “तँ र तेरा छोराहरूले समागम पालभित्र पस्दा मद्य अथवा मातिने चीज मिसाएको कुरा नपिउनू; नत्रता तिमीहरू मर्नेछौ। यो भावी पुस्तासम्मका लागि सदा रहिरहने विधि हो।

10 तिमीहरूले पवित्र र अपवित्र, अशुद्ध र शुद्धको बीचमा भिन्‍नता राख्न सक।

11 अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।”

12 मोशाले हारून र तिनका बाँकी रहेका छोराहरू, एलाजार र ईतामारलाई भने, “याहवेहका निम्ति आगोद्वारा चढाइएको अन्‍नबलिबाट उब्रेको भाग, जो खमिरविनाको छ, यसलाई लिएर वेदीको छेउमा खानू; किनकि यो अति पवित्र छ।

13 यसलाई एउटा पवित्रस्थानमा खानू; किनकि यो याहवेहलाई आगोद्वारा चढाइएको भेटी तिमीहरू र तिमीहरूका छोराहरूको भाग हो; किनकि मलाई यस्तै आज्ञा भएको छ।

14 तर तिमीहरू र तिमीहरूका छोराछोरीहरूले विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला र चढाइएको फिला खान सक्छौ। यिनलाई विधिपूर्वक शुद्ध पारिएको ठाउँमा खानू। तिमीहरू र तिमीहरूका सन्तानलाई इस्राएलीहरूका मेलबलिहरूबाट तिमीहरूका भागको रूपमा दिइएको हो।

15 चढाइएको फिला र विशेष भेटीको रूपमा उचालिएको र अर्पण गरिएको ह्‍याकुला भेटीस्वरूप याहवेहको सामु आगोद्वारा चढाइएको बोसोको भागसित ल्याउनुपर्छ। याहवेहले आज्ञा गर्नुभएझैँ यी कुराहरू तिमीहरू र तिमीहरूका सन्तानको नियमित भाग हुनेछ।”

16 जब मोशाले पाप शुद्धीकरण बलिको बोकाको विषयमा सोधखोज गरे, र त्यसलाई जलाइसकेको थाहा पाए, तब हारूनका बाँकी रहेका छोराहरू एलाजार र ईतामारसित तिनी रिसाएर सोधे,

17 “तिमीहरूले पाप शुद्धीकरण बलिलाई पवित्रस्थानमा किन खाएनौ? यो अति पवित्र हो। यो तिमीहरूलाई याहवेहको सामु समुदायका निम्ति प्रायश्‍चित गरेर तिनीहरूको दोष हटाउनका निम्ति दिइएको थियो।

18 त्यसको रगत पवित्रस्थानभित्र नलगिएको कारण मैले तिमीहरूलाई आज्ञा दिएझैँ तिमीहरूले त्यस बोकालाई पवित्रस्थानमा खानुपर्थ्यो।”

19 हारूनले मोशालाई जवाफ दिए, “आज तिनीहरूले आफ्ना पाप शुद्धीकरण बलि र होमबलि याहवेहको सामु चढाए। तर यस्ता कुराहरू ममाथि आइपरे। मैले आज त्यो पाप शुद्धीकरण बलि खाएको भए के याहवेह मसित प्रसन्‍न हुनुहुनेथियो?”

20 तब मोशाले यो कुरा सुनेपछि सन्तुष्‍ट भए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.